Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको टिकापुर नगरपालिकाबाट लागुऔषधसहित एक जना पक्राउ परेका छन्। टिकापुर नगरपालिका-१ पानी ट्याङ्की नजिकबाट १५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका २९ वर्षीय कुवेरराज वनलाई आईतवार साँझ प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारि पक्राउ गरेको बताएको छ। 

Read More

अछाम: अन्तर्राष्ट्रिय सम्मेलनका लागि भनेर अछामको प्रमुख पर्यटकीय क्षेत्र रामारोशन जान धेरै पर्यटक आएका छन्। तर, भारत, अमेरिका, क्यानडा, पोल्यान्ड, इटाली, रुस, स्विडेन, इजरायल, फ्रान्स, स्पेन, जर्मनी र थाइल्यान्डलगायतका देशबाट आएका उनी अहिले अलपत्र परेका छन्। विभिन्न देशबाट २ हजारभन्दा बढी व्यक्ति रामारोशनमा आएर बृहत् सम्मेलनमा सहभागी हुने सूचना सार्वजनिक भएको थियो तर त्यसको आधिकारिता भने हालसम्म कहीँकतैबाट पुष्टि नहुँदा विदेशी नागरिक अन्योलमा परेका हुन्। अछाम प्रवेश गरिसकेका र रामारोशन जाँदै गरेको अवस्थामा उनीहरु जयगढ बजारमा रोकिएका छन्। सरकारको इजाजतबिना आएका उनीहरु प्रवेश नाका चौखुट्टेमा रोकिएका छन् भने कोही सम्मेलन हुने भनिएको स्थलमा त्रिपाल टाँगेर बसेका छन्। यता सम्मेलनबारे तीनै…

Read More

कैलाली: कैलालीमा साइकलबाट नालामा खस्दा एक जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार लम्कीचुहा नगरपालिका–४ का ३४ वर्षीय नरेन्द्र थापाको साइकलबाट लडेर नाला खस्दा हिजो(आइतबार) मृत्यु भएको हो। सोही नगरपालिकाको ४ नम्बर वडाको गिदिनिया नालामा साइकलबाट लडेर गम्भीर घाइते भएका थापाको भल्का अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ

Read More

काठमाडौं: पछिल्लो समयमा तीजका नाममा उच्छृङ्खलता र तडक भडक हुँदै आएको छ। एक महिना अघिदेखि दर खाने, गरगहना एवं पोशाक प्रदर्शन गर्नेजस्ता गतिविधिले तीजको संस्कृतिलाई विकृतिका रुपमा लैजान खोजेको  छ। त्यसैलाई मध्येनजर गर्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना जारी गर्दै तीजका नाममा अनावश्यक तडक भडक नगर्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी किरण जोशीले अनावश्यक तडक भडक तथा फजुल खर्च नगरी असल संस्कारको विकास गर्न सूचनमार्फत आग्रह गरेकी छिन्। साथै उनले अनावश्यक तडक भडक तथा खर्चिलो हुनेगरी तीजका कार्यक्रम गरे/गराएमा सुरक्षा निकायबाट निगरानी गरि कानुन अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएकी छिन्।

Read More

काठमाडौँ: धर्मशास्त्रीय रुपमा महिला, पुरुष दुवैले हरितालिका (तीज) को व्रत गर्नुपर्ने भए पनि सामाजिक चर्चा भने महिलाले श्रीमान्को दीर्घायुको कामनाका लागि गर्ने बुझाइ छ। व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने, नारीले अटल सौभाग्य र अविवाहित केटा, केटीले गुण सम्पन्न वर वा वधु पाउने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य अध्यक्ष प्रा डा देवमणि भट्टराई बताउछन्। भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ। सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा…

Read More

काठमाडौँ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल राजस्थानको दक्षिण पूर्वी भू-भाग र मध्य प्रदेशको पश्चिमी भू-भाग आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। सोमबार देशभर आंशिक देखि सामान्य बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा र देशका बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

Read More

काठमाडौं : ६० किलो सुन तस्करी प्रकरणमा २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ । सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालत काठमाडौँमा अभियोग पत्र दर्ता गरेको हो । २९ जनालाई प्रतिवादी बनाएर दायर भएको अभियोग पत्रमा ३ अर्ब ५० करोड ३० लाख ९१ हजार बिगो दाबी गरिएको छ । प्रतिवादी बनाइएकामध्ये ३ जना फरार छन् । मोटरसाइकलको ब्रेक सुमा लुकाएर हङकङबाट कार्गो गरि नेपाल ल्याइएको ६० किलो ७१६ ग्राम सुन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बाहिरबाट समातिएको थियो । राजस्व अनुसन्धानको टोलीले बरामद गरेको सुनसहित अनुसन्धानको जिम्मा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)लाई दिइएको थियो । सिआइबीले २९ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको…

Read More

काठमाडौं : शुक्रबार राति काठमाडौंको तीनकुने गैरीगाउँमा भएको सामूहिक हत्या प्रकरणका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ। अनुसन्धान सुरु गरेको दोस्रो दिन आज आइतबार प्रहरीले मुख्य अभियुक्त पक्राउ गरी सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका सञ्जय भण्डारी रहेका छन्। हत्यापछि खुकुरीसहित भागेका उनलाई प्रहरीले सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको हो। सिन्धुपाल्चोक जाने तयारी गरिरहेका उनलाई पेप्सीकोलाबाट नियन्त्रणमा लिइएको हो। उनी बोल्न नसक्ने र सांकेतिक भाषामा कक्षा १२ उत्तीर्ण गरेको प्रहरीले जनाएको छ। पक्राउपछि उनले कापीमा ‘आइ किल्ड फोर पिपल’ लेखेका थिए। वैदेशिक रोजगारीका लागि काठमाडौं आएर दाइ नाता पर्ने दीपेन्द्र राईसँग बस्दै आएका २० वर्षीय नवीन राईसँग अभियुक्त भण्डारीको…

Read More

काठमाडौं : एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । श्रीलंकालाई १० विकेटले हराउँदै भारतले एसिया कप क्रिकेटको उपाधि जितेको हो । फाइनलमा प्राप्त ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६ ओभर १ बलमा बिना विकेटको क्षतीमा पुरा गर्यो । भारतका लागि इशान किशनले २३ र शुभमन गिलले २७ रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंका १५ दशमलब २ ओभरमा ५० रनमा अलआउट भयो । श्रीलंकाका लागि कुशल मेन्डिसले १७ तथा दुशान हेमन्थाले १३ रन बनाए । श्रीलंकाका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । भारतका लागि मोहमद सिराजले ७ ओभरमा २१ रन खर्चिएर ६ विकेट…

Read More

धनगढीः कैलालीको धनगढीमा एक घरमा चट्याङ परेको छ। आइतबार परेको चट्याङबाट धनगढी उपमहानगरपालिका–२ शिखर टोलस्थित तेजबहादुर ऐरको घरमा आंशिक क्षति पुगेको छ। दुई तले ८ कोठे पक्की घरमा चट्याङ पर्दा विद्युतको तार जलेर सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ। चट्याङबाट मानवीय तथा पशुचौपायमा क्षति पुगेको छैन्।

Read More