धनगढी: कैलालीको धनगढीबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन्। मंगलबार दिउँसो प्रहरीले धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट १ ब्राउनसुगरसहित सोही ठाँउका २२ वर्षीय रोहित तामाङलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरको संयुक्त टोलीले शङ्काको आधारमा चेकजाँच गर्दा तामाङको साथबाट उक्त पदार्थ फेला परेको बताइएको छ ।
Facebook Comments Box