काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहालले मुस्ताङमा जलवायु परिवर्तनबाट हुने क्षति रोक्नका लागि झण्डै ५० करोड सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्। आज (बुधबार) मुस्ताङको जोमसोममा राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्रको आयोजनामा आयोजित जलवायु संवाद कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन्।
‘पछिल्लोसमय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ। हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ। मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें। मैले संयुक्त राष्ट्रसंघको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छ,’ प्रधानमन्त्रीले भने।
Facebook Comments Box