Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: नेकपा एमालेका सचिव योगेश भट्टराईले ‘एैंचो पैंचो’ देशभक्तिपूर्ण फिल्म रहेको बताएका छन् । बुधवार फिल्म हेरिसकेपछि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् । उनले फिल्मले राजनीतिभित्र देएिका केही खराब प्रवृत्तिहरुलाई पनि समेटेको बताए । ‘एैंचो पैंचो’ सामाजिक फिल्म पनि भएको बताउँदै उनले यसले समाजलाई सही बाटोमा अगाडि बढाउन प्रेरणा दिएको बताए । सिनेमा ‘ऐंचो पैंचो’ बिहीबारबाट प्रदर्शनमा आएको हो ।

Read More

कञ्चनपुर: कञ्चनपुरको कृष्णपुर नगरपालिकामा भेलि (शुक्रवार) शोक बिदा दिइएको छ । नगरपालिकाका पशु विकास अधिकृत गोपाल सिंह बोहराको निधनमा शोक बिदा दिइएको हो । बैतडीको पाटन नगरपालिका-१ घर भएका बोहराको हिजो राति हृदयघातबाट निधन भएको बताइएको छ ।

Read More

काठमाडौँ: वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यो तिथिलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले भाद्रकृष्ण अष्टमीको मध्यरातमा पूजा आराधना गर्ने भक्तजन पनि धेरै हुन्छन् । यस रात भजनकीर्तन गरेर वर्तालु रातभर जाग्राम बस्छन् । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा…

Read More

डडेल्धुरा: डडेल्धुरामा आज ‘जोगेनी जाँत’ मनाइँदै छ । जिल्लाको भागेश्वर गाउँपालिका–२ रुपालमा मनाइने यो जाँतलाई चौंसठ्ठी माताको रुप पनि भनिन्छ । यस क्षेत्रकै प्रसिद्ध ‘जोगेनी जाँत’ प्रत्येक तीन वर्षमा मनाइने गरिन्छ । जाँतमा विभिन्न ‘चौला’ हुने गर्दछन् । अधिकांशले हातमा खुकुरी तरवार लिएर जात्राको आनन्द लिने गर्दछन् । उक्त जात्रामा जातीय भेदभाव हुँदैन । किरियामा बसेका व्यक्ति र रजस्वला भएका महिलाहरु पनि सो जात्रामा जान पाउँछन् । स्थानीयका अनुसार जात्रामा सुनी, तिरुवा र सार्की थर भएकाले पूजाआजा र व्यवस्थापन गर्नुपर्छ । यो जात्रा नागीमल्ल राजाका पालामा सुरु भएको बताइन्छ । जोगेनी जाँतको अवसरमा आज भागेश्वर गाउँपालिकाले सार्वजनिक बिदा दिएको छ…

Read More

दोधारा चाँदनी: सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ । यस वर्ष तिथि परिवर्तनका कारण दुई पटक गौरा मनाइँदै छ । यही भदौ ७ गते गौरा पर्व नमनाउनेहरुले आज धुमधामका साथ गौरा मनाउँदै छन् । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने यो पर्वको पहिलो दिन घरघरमा बिरुडा (पाँच प्रकारका अन्न तथा गेडागुडी) राखेर सुरु हुन्छ । पहिलो दिनलाई बिरुडा पञ्चमीसमेत भन्ने गरिन्छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग…

Read More

धनगढीः भारतले सुदूरपश्चिमसँग नाका जोडिएका स्थानमा कडाइ गरेको छ। सुदूरपश्चिमका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट लगायतका सीमा नाकामा भारतीय सीमा सुरक्षा बलले कडाइ गरेको हो। जहाँबाट नेपालीहरु भारत जाने र नेपाल फर्किने गर्दै आएका छन्। उसरी नेपालीका लागि भारत प्रवेश र स्वदेश फर्किन कुनै परिचय पत्रको आवश्यक हुँदैन। तर, पछिल्लो समय भने एसएसबीले नेपाली नागरिक भएको परिचय खुल्ने कागजपत्र अनिर्वाय गरेको बताइन्छ। भारतले नेपालबाट चिनियाँ नागरिकसमेत प्रवेश गर्ने जोखिम भएकाले कडाइ गरेको जनाएको छ। तर, नेपालसँग भने भारतीय सुरक्षा बलले कुनै समन्वय नगर्दा नेपालीलाई सास्ती भइरहेको छ। नाकामा यस्तो भैरहेकोबारे स्थानीय प्रशासनलाई समेत आधिकारिक रुपमा जानकारी छैन। सीमा क्षेत्रमा नागरिकता अथार्त परिचयपत्र…

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । जिल्लाको लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट सोही ठाँउका ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी पक्राउ परेका हुन् । उनीहरुलाई २५० मिलिग्राम लागुऔषधसहित इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More

काठमाडौँ : चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न निर्देशन दिएको छ । चीनले विदेशी प्रविधिमा निर्भरता घटाउन र साइबर सुरक्षा बढाउनमा जोड दिँदै गर्दा यो कदम चालेको हो । चीनले कुनै पनि प्रकारको संवेदनशील जानकारी विदेशी ब्रान्डका उपकरणहरू मार्फत देशको सीमा बाहिर लैजान चाहँदैन । उसले सूचनालाई सीमित गर्न काम गरिरहेको छ। चीनले विदेशी ब्रान्डका फोनमार्फत जासुसी गर्न सकिने ठानेको छ । चिनियाँ सरकारले चालेको कदमका कारण चीनमा रहेका एप्पललगायत विदेशी ब्राण्डलाई ठूलो नोक्सान हुनसक्छ । एप्पल चीनमा सबैभन्दा लोकप्रिय मोबाइल फोन ब्रान्ड हो ।

Read More

काठमाडौँ : अमेरिकी सेनाको एक टुकडी आज काठमाडौँ आउँदैछ । दुई देशका सेनाबीच सञ्चालन हुँदै आएको ज्वाइन्ट कम्बाइण्ड एक्सचेन्ज ट्रेनिङ(जेसीईटी) ब्यालेन्स नेलको ४०औं संस्करणमा सहभागी हुन अमेरिकी सेना आज काठमाडौँ आउन लागेको हो । यो अभ्यास भदौ २४ गतेदेखि असोज १२ गतेसम्म काठमाडौँ उपत्यकामा सञ्चालन हुने नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । नेपाली सेनाका ३० जना तथा अमेरिकी सेनाका १२ जना गरी जम्मा ४२ जनाको सहभागिता रहने उक्त संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायतका विषयहरूमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–१ टिकापुर रोडबाट २५० मिलिग्राम लागुऔषधसहित सोही ठाँउका ४७ वर्षीय सुरेश शाही र १९ वर्षीय रोहित चौधरी पक्राउ परेका हुन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिईएको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेका बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More