Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीमा झन्डै दुईलाखका सामान बरामद गरिएको छ। कैलालीको धनगढी उपमहानगरपालिका–२ भन्सार रोड नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी ५० हजार ५ सय मुल्य बराबरको चिनी, भाईरल साडी, कुर्ती लगायतका सामान र कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट अन्दाजी १५ हजार मुल्य बराबरको प्लाष्टिक झिल्ली सोमवार साँझ प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यस्तै धनगढी उपमहानगरपालिका–२ राष्ट्रिय वाणिज्य बैंक नजिकबाट भन्सार छलि ल्याएका अन्दाजी १ लाख २९ हजार मुल्य बराबरको बिडी, साडी, कुर्ती, लेडिज सुट लगायतका सामानहरु आज बिहान (मंगलवार) प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। 

Read More

धनगढी: कैलालीको घोडाघोडी नगरपालिकाको पशुसेवा शखा प्रमुख छत्रा रावत न्यूरेको निधन भएको छ। हृदयघातका कारण उनको नगरपालिका-१ स्थित आफ्नै घरमा निधन भएको नगर प्रमुख खडकबहादुर रावतले बताए। उनका अनुसार न्यूरेको राति करिब १ बजेपछि निधन भएको थियो। मृतक छत्राको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका र सम्बन्धित वडा कार्यालयहरुमा शोक बिदा दिएको छ। 

Read More

दार्चुलाः दार्चुलाको शैल्यशिखर नगरपालिकामा आज शोक बिदा दिइएको छ। नगरपालिकामा कार्यरत नायब प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परी निधन भएको शोकमा बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ। शैल्यशिखर नगरपालिबाट कार्यालयको कामले डडेल्धुरा गइरहेका कपाडीको आइतबार मोटरसाइकल दुर्घटनामा परी निधन भएको थियो। बैतडीको दोगडाकेदार गाउँपालिका ५ सलसेनामा उनी सवार मोटरसाइकल दुर्घटनामा परेको थियो। कपाडीको निधनमा शोक व्यक्त गर्दै नगरपालिकाले आज नगरपालिका क्षेत्रभित्रका सबै कार्यालयहरुमा शोक बिदा रहेको उल्लेख गरेको छ। 

Read More

धनगढीः कैलालीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टिकापुर नगरपालिका-९ खक्रौलाबाट २ ग्राम लागुऔषध खैरो हेरोइनसहित सोही नगरपालिका वडा नम्बर-७ बस्ने २२ वर्षीय रोशन बुढालाई सोमवार साँझ प्रहरीले पक्राउ गरेको हो। प्रहरी चौकी कालाकुण्डाबाट खटिइएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

Read More

डडेल्धुरा: डडेल्धुरामा एकजना वडा सचिव मृत भेटिएका छन्। जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर १ का सचिव खगेन्द्रप्रसाद पन्त मृत अवस्थामा फेला परेका हुन्। अमरगढी नगरपालिकाकै स्याउले नजिक उनी खाल्डोमा मृत भेटिएका हुन्। पन्तको से ५ प २८०३ नम्बरको मोटरसाइकल पनि खाल्डोमै भेटिएकाले दुर्घटनामा मृत्यु भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक कुसुम नायकले बताए। पन्तको शव अहिले डडेल्धुरा अस्पतालमा लगिदैछ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पन्त पहिले वडा नम्बर १० का सचिव थिए। ५८ वर्षीय पन्तको घर बैतडीको पाटन नगरपालिका २ हो।

Read More

धनगढी: समाजवादी मोर्चा नेपालले सुदूरपश्चिमको धनगढीमा आज मंगलबार गर्ने भनिएको सन्देशसभा स्थगित भएको छ। संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयाघातबाट निधन भएपछि आजको कार्यक्रम स्थगित गरिएको हो। नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज गरिमा शाहले सभा स्थगित भएको जानकारी दिइन्। आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल, नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लव र जनता समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ आउने कार्यक्रम तय भएको थियो।

Read More

काठमाडौँ: कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हाल राष्ट्रिय निकुञ्ज)बाट विस्थापित भएका पीडितहरुले संघीय राजधानी काठमाडौंको माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका छन्। आरक्षबाट विस्थापित भएको २२ वर्ष बितिसक्दा पनि पुनर्स्थापनामा राज्यले बेवास्ता गरेको भन्दै पीडितहरुले सोमबारदेखि माइतीघर मण्डलामा भोक हड्ताल सुरु गरेका हुन्। पीडितहरुले प्रतिपरिवार १० कठ्ठा जग्गा उपलब्ध गराउनुपर्ने, २०५८ देखि अहिलेसम्म २२ वर्षको क्षतिपूर्ति दिनुपर्ने, घरगोठलगायत खोसिएको सम्पत्तिको मुआब्जा दिनुपर्ने, पीडित परिवारका लागि शिक्षा, स्वास्थ्य, विद्युत, खानेपानीको ग्यारेन्टी गर्नुपर्ने, पीडित परिवारका बालबालिकालाई राज्यको मूलधारमा रोजगारी सुनिश्चित हुनुपर्ने माग गरेका छन्। तत्कालीन आरक्ष विस्तारका क्रममा २०५८ सालमा राज्यले सयौं परिवार विस्थापित गरे पनि अझै उनीहरुको पुनर्स्थापना हुन सकेको छैन।

Read More

कञ्चनपुरः कञ्चनपुरमा एक बालिका बलात्कारको आरोपमा तीन जना पक्राउ परेका छन्। जिल्लाको दोधारा चाँदनी नगरपालिकामा सामूहिक बलात्कारको आरोपमा तीन युवक पक्राउ परेका हुन्। १५ वर्षीया बालिकालाई ललाई फकाई पटक पटक बलात्कार गरेको आरोपमा उनीहरुलाई आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ। पक्राउ पर्नेमा दोधारा चाँदनी नगरपालिका–३ का १९ वर्षीय अरविन महता, १८ वर्षीय खेमसिंह साउँद र एक जना १७ वर्षीय किशोर रहेका छन्। उनीहरुलाई पीडित बालिकाकी आमाको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। दोधारा चाँदनी–५ की किशोरीलाई तीनै जनाले विभिन्न प्रलोभन दिएर जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख छ। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा…

Read More

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ। श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा लैजाने तयारी भइरहेको इलाम क्षेत्र नं. १ का सांसद् महेश बस्नेतले बताए। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई गएराति हृदयघात भएपछि  उपचारका लागि राति १ः ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकामा उपचारको क्रममा त्यहीँ निधन भएको उनका स्वकीय सचिव  कृष्णप्रसाद काफलेले जानकारी दिए।

Read More

काठमाडौं: नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन्। नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो। तर चिकित्सकले मृत घोषणा गरेका छन्। उनको मृत्युको खबरपछि खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन्।

Read More