Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिँदै गर्दा बरामद भएको ६० किलो सात सय १६ ग्राम सुन प्रकरणमा आज विमानस्थल भन्सार कार्यालयका तीन जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्ने भन्सार अधिकृत पुष्पा जोशी, नायब सुब्बा वीरेन्द्र नेपाली र कमल परियार रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुवेर कडायतले जानकारी दिए । उनका अनुसार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विमानस्थल भन्सार कार्यालयबाट बाहिरिएको सुन राजस्व अनुसन्धान विभागको टोलीले गएको साउन ३ गते सिनामङ्गल क्षेत्रबाट नियन्त्रणमा लिएको थियो । उक्त प्रकरणमा हालसम्म पक्राउ पर्नेको सङ्ख्या ३० जना पुगेको प्रहरीको भनाइ छ ।

Read More

मलङ्गवा : सर्लाही सदरमुकाम मलङ्गवामा कर्फ्यु जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले आज साँझ ५ बजेदेखि भोलि विहान ८ बजेसम्म कर्फ्यु जारी गरिएको जानकारी दिए । शुक्रबार साँझ मलङ्गवा नगरपालिका चोकमा कृष्ण जन्माष्टमीको अवसरमा निर्माण गरिएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरी फर्किने क्रममा विवाद भएको थियो । दुई पक्षबीच दुढुङ्गा हानाहान झडपमा परिणत भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । ढुङ्गा लागेर लागेर मूर्ति विसर्जनमा सहभागी भएका केही व्यक्ति र प्रहरी समेत घाइते भएका छन् ।…

Read More

काठमाडौँ : सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई आज डोटेली समाज, काठमाडौँका तर्फबाट अभिनन्दन गरिएको छ । डोटेली समाज, काठमाडौँका तर्फबाट प्रधानन्यायाधीश श्रेष्ठलाई बालुवाटारमा आज एक कार्यक्रमको आयोजना गरी अभिनन्दन गरिएको समाजका सहकोषाध्यक्ष टेकबहादुर बमले जानकारी दिए । उनका अनुसार प्रधानन्यायाधीश श्रेष्ठ डोटीवासी तथा डोटेली समाजका आजीवन सदस्यसमेत रहेकाले उनलाई अभिनन्दन गरिएको हो । विसं २०४८ मा डोटेली समाजको स्थापना भएको संस्थाका अध्यक्ष जगदिश केसीले बताए । आजको कार्यक्रममा पूर्वमन्त्री तथा डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आले, पूर्वमन्त्री तथा कांग्रेसका नेता भक्तबहादुर बलायर, पूर्वप्रदेशसभा सदस्य भरतबहादुर खड्का, लालबहादुर खड्का, सचिव विनोशप्रकाश सिंह, नेकपा(एमाले) का नेता लक्ष्मण मलासी लगायतको उपस्थिति रहेको थियो ।…

Read More

काठमाडौँ : समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौँडामा गर्ने भएको छ। शनिबार मकवानपुरमा पत्रकार सम्मेलनमार्फत समाजवादी मोर्चामा आबद्ध दलहरूले उक्त सन्देश सभाबारे जानकारी गराएका हुन्। सातै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भएको र सोही अनुसार बागमती प्रदेशको हेटौँडामा सभा हुने नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश अध्यक्ष सावित्रा भुसालले जानकारी दिइन्। आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्नेसमेत तयारी छ। आइतबार आयोजना गर्न लागिएको भेलालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका…

Read More

काठमाडौँ : सार्वजनिक कार्यक्रममा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङलाई प्रश्न गर्ने एक युवक पक्राउ परेका छन् । धरान उपमहानगरपालिका-१५ का अशोक लिम्बूलाई प्रहरीले पक्राउ गरी एक रात हिरासतमा राखेर छाडेको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले मेयरलाई दुर्व्यवहार गरेको सूचना आएपछि लिम्बूलाई नियन्त्रणमा लिएको बताए । तर मुद्दा चलाउनुपर्ने कारण नभएकाले उनलाई छाडिएको उनको भनाइ छ । मेयर साम्पाङले धरानमा हरेक शुक्रबार लागू औषधविरुद्ध सचेतना अभियान सञ्चालन गर्दै आएका छन् । शुक्रबार अपराह्न उनी धरान उपमहानगरपालिका-१५ मा पुगेका थिए । उनले हाते माइक लिएर सम्बोधन गर्दै स्थानीय वासिन्दालाई सरसफाइमा ध्यान दिन आग्रह गर्दै थिए ।…

Read More

बझाङ: बझाङमा एक पुरुष मृत भेटिएका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–१ जिप्लीका ६० वर्षीय बर्म विष्ट मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ । उनी हिजो छबिसपाथिभेरा–४ स्थित तिलेली खोलाको किनारमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

बझाङः बझाङको बित्थडचिर गाउँपालिका-९ धारिका प्रवेश विष्टकी श्रीमती जमुना विष्ट बेपत्ता भएकी छिन् । भारतको ब्याङ्लोरमा श्रीमानसँगै रहेकी उनी सँगै सुतिरहेको ३ वर्षको छोरालाई छोडेर बेपत्ता भएकी हुन् । भदौ २० गते राती रासन किनेर फर्किँदा उनी कोठामा ताल्चा लगाएर छोरा भित्र सुतेकै अवस्थामा छोडेर गएकी उनका श्रीमान प्रवेशले बताए । जमुनाले कोठाबाट ४० हजार नगदसहित लुगा कपडा समेत लगेर गएकी उनले बताए । भारतमा रोजगारी गर्दै आएका प्रवेश श्रीमती र छोरासहित बस्दै आएका थिए ।

Read More

बैतडी: बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकाका-६ पन्ज्युनयाँस्थित कबिर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको बताए । प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौ १९ गते अनुगमन गरेको थियो । अनुगमनका क्रममा मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको थियो । उनीविरुद्ध मुद्दा दर्ता भएर म्याद थप भइसकेको प्रवक्ता खत्रीले बताए ।

Read More

दमक: झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज भएको सवारी दुर्घटनामा एकको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले दिएको जानकारीअनुसार कमल गाउँपालिका–३ बोहोरा टोलमा भएको दुर्घटनामा सोही स्थानका ३० वर्षीय वीरेन्द्र सहनीको मृत्यु भएको हो । दक्षिणबाट उत्तरतर्फ आइरहेको मे११प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे२प ५९२३ नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा मे२प ५९२३ नं मोटरसाइकल चालक सहनीको मृत्यु भएको प्रहरी सहायक निरीक्षक खड्काले बताए । उनका अनुसार दुर्घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ । रासस

Read More

कञ्चनपुर: कञ्चनपुरमा लागुऔषधसहित एक सब इन्जिनियर पक्राउ परेका छन् । जिल्लाको बेलौरी नगरपालिका–१० सडकघाटबाट बेलौरी-३ का २५ वर्षीय हरिश रेग्मी शनिवार बिहान पक्राउ परेका हुन् । उनलाई सुप्रप्र ०३००१ प ०४५६ नम्बरको मोटरसाइकलसहित ९ दशमलव ४२ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला पारी पक्राउ गरिएको कञ्चनपुर प्रहरीले बताएको छ । रेग्मी सडक डिभिजन कार्यालयका अछामका सब इन्जिनियर हुन् । यसबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Read More