Author: महेन्द्रनगर पोष्ट

धनगढीः सशस्त्र प्रहरीको कारण एक जना बालकको आँखा फुटेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का निवासी जैयद हाश्मीको आँखा फुटेको हो। भदौ १४ गते चौलिक्का चोकमा स्थानीयबासीसँग भएको झडपमा सशस्त्र प्रहरीले बोकेको बन्दुकको कुन्दाले लागेपछि बालकले आँखा गुमाउनुपरेको बताइएको छ। तर, बालकको परिवारले झडपमा नभई सशस्त्र प्रहरीको निर्घात कुटाइबाट आँखा फुटेको आरोप लगाएका छन्। सो दिन राति चौलिका नजिकको ठेलामा माछा खाने क्रममा ३० नम्बर गणबाट खटिएको टोलीले राइफलको कुन्दाले हान्दा आँखा फुटेको बालकको भनाई छ। बालकका अनुसार सशस्त्र प्रहरीहरुले उनलाई तस्कर भन्दै कुटेका थिए। उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको हालसम्म पनि पहिचान हुन सकेको छैन। घाइते बालकको…

Read More

कैलाली: कैलालीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । बुधवार जिल्लाको गोदावरी नगरपालिका-१ भरतपुरका २२ वर्षीय नरेश चौधरी र धनगढी उपमहानगरपालिका-११ का २७ वर्षीय अर्जुन चौधरी लागुऔषधसहित पक्राउ परेका हुन् । नरेशको घरबाट दुबै जनालाई लागुऔषध सेवन गरिरहेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनीहरुको साथबाट २०० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ फेला पारी बरामद गरिएको र दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

चितवन: नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उनको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने लागिनसके जानकारी दिए । विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईँ हुने सम्भावना कत्तिको छ ? भन्ने प्रश्नमा उनले भने, “सम्भावना छ, किन छैन ? नहुने भन्ने के छ ?” पार्टीका साथीहरुसँग सल्लाह गरेर…

Read More

धनगढी: धनगढीमा नगर प्रहरीलाई अग्नी नियन्त्रण तालिम दिइँदै छ । धनगढी उपमहानगरपालिकाद्वारा सञ्चालित सुपर परियोजनाको आयोजनामा उपमहानगरभित्र कार्यरत नगर प्रहरी र दमकल इकाईमा कार्यरत कर्मचारीहरूलाई अग्नी नियन्त्रण सम्बन्धी तालिम दिन लागिएको हो । मंगलबारदेखि सुरु भएको चार दिने आधारभूत अग्नी नियन्त्रण तथा उद्दार तालिम शुक्रबारसम्म चल्ने उपमहानगरले जनाएको छ ।

Read More

काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२)ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ । कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो । परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का…

Read More

काठमाडौँ: नेपाली कांग्रेसका पूर्व सह–महामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएपछि प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार नुवाकोटको विदुर नगरपालिकाका श्यामबाबु सापकोटालाई खुकुरीसहित पक्राउ गरिएको हो । बुधवार रिपोर्टर्स क्लब नेपालको साक्षात्कार कार्यक्रममा सहभागी भई निस्किने क्रममा यादवमाथि खुकुरी प्रहार भएको थियो । उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Read More

कञ्चनपुर: कञ्चनपुरका थारु समुदाय हर्षोल्लासपूर्वक आज अष्टिम्की (श्रीकृष्णजन्माष्टमी) पर्व मनाइरहेका छन् । सो समुदायले पृथक शैलीले अष्टम्की पर्व मनाउने गरेका छन् । थारु समुदायका घरमा भगवान श्रीकृष्णसहित मानव जातीको जन्मदेखि मृत्युसम्मका क्रियाकललाप दर्शाउने चित्र कोरेर पूजा गरेर पर्व मनाइने गरिन्छ । सो अवसरमा घर–घरमा पूजा गर्नका लागि परापूर्वकालदेखिनै चित्र कोर्नुपर्ने चलन चल्दै आएको छ । थारु समुदायका घर–घरमा रहेका बैठक कोठामा अष्टिम्कीका अवसरमा मानव जातीको जन्मदेखि मृत्युसम्म गर्ने क्रियाकलापको चित्रको माध्यमबाट देखाउने गरिएको वडघर रामप्रसाद चौधरीले बताए । महिला पुरुष दुवै जनाले अष्टम्कीका अवसरमा चित्र कोर्ने गरेका छन् । विशेष गरी व्रतालु महिलालाई चित्र बनाउनमा बेफुर्सदिला बनेका छन् । “ब्रम्ह…

Read More

कैलाली: कैलालीमा झण्डै १५ लाख रुपैयाँको अवैध सामान फेला परेको छ । बुधवार प्रहरीले १४ लाख ६६ हजार रुपैयाँ बराबरको भन्सार छलीको अवैध सामान फेला पारेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी उप–महानगरपालिका-२ मिलन चोकमा भारतबाट भन्सार छली ल्याइएका अन्दाजी ११ लाख ४ हजार मूल्यका मोटर पाट्सहरु र कपडा बेवारिसे अवस्थामा फेला परेका हुन् । त्यस्तै, धनगढी-४ ओमशान्ति टोलबाट अन्दाजी ९१ हजार मूल्यका कपडा, भजनी नगरपालिका-५ कुटीबाट २ लाख ७१ हजार मूल्यका कपडा र से.प.२७५ नम्बरको मोटरसाइकल बेवारिसे अवस्थामा फेला परेबका हुन् । बेवारिसे अवस्थामा फेला परेका ती सामान बरामद गरी भन्सार कार्यालय त्रिनगर र सत्तीमा बुझाएको कैलाली…

Read More

बैतडी: बैतडीको पाटन र दशरथचन्द नगरपालिकामा भोलि बिदा दिइएको छ । गौरा पर्वको अवसरमा बिहीवार २१ गते एक दिन बिदा दिएको हो । ७ गते गौरा पर्व नमनाएका ठाउँमा भोलि मुख्य दिन गौराष्टमी मनाइँदैछ ।

Read More

डडेल्धुराः डडेल्धुरामा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह सहभागी एक कार्यक्रमको मञ्च ढलेको छ । बुधवार डडेल्धुरा बहुमुखी क्याम्पसको २८औँ वार्षिकोत्सव कार्यक्रमको मञ्च अचानक ढलेको हो । वार्षिकोत्सव कार्यक्रममा मुख्यमन्त्री शाह प्रमुख अतिथि रहेका थिए । मञ्चमा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संसदीय दलका नेता खगराज भट्ट, प्रदेशसभा सरस्वती खड्का, डडेल्धुराका प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपाने, सुरक्षा निकायका प्रमुख, जिल्लास्थित राजनीतिक दलका प्रमुखलगायत रहेका थिए । मञ्च ढलेपछि अतिथिहरूको भागाभाग परेको थियो । मञ्च भत्किँदा चोट कसैलाई पनि नलागेको र कार्यक्रम भने केही समयका लागि स्थगित भएको थियो ।

Read More