Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ: चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको पुरुष क्रिकेटको सेमिफाइनलमा पुग्न नेपालले दुई सय तीन रन बनाउनुपर्ने भएको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई दुई सय तीन रनको लक्ष्य दिएको हो। टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर दुई सय दुई रन बनाएको थियो। भारतका लागि ओपनर ब्याट्सम्यान यशस्वी जैसवालले एक सय रन बनाए। जैसवाल र रुतुराज गाइकवाडले ओपनिङ विकेटका लागि एक सय तीन रनको साझेदारी गरेका थिए। गाइकवाड २५ रन बनाउँदै आउट भए। भारतका लागि शिवम दुबेले अविजित २५ रन र रिन्कु सिंहले अविजित ३७ रन बनाए । नेपाली बलर दीपेन्द्र सिंह ऐरीले…

Read More

धनगढी : आज सुदूरपश्चिम प्रदेश सभा बैठक बस्दैछ। एक महिनादेखि अनिश्चित हुँदै आएको बैठक मंगलबारका लागि आह्वान गरिएको हो। सो बैठक आज दिउँसो १ बजे बस्ने गरि बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागी हुन अनुरोध गरिएको हो। आज बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

Read More

बैतडी : भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट कैद सजाय र जरिवाना सुनाइएका २ जना फरार प्रतिवादी बैतडीमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा दोगडाकेदार गाउँपालिका–३ श्रीकोटका देवराज कपाडी र सोही गाउँपालिका–४ भण्डारीगाडका रतनसिंह भण्डारी रहेको प्रहरीले जनाएको छ। दुवैलाई उनीहरुकै घरबाट पक्राउ गरिएको हो। २०७६ सालमा भ्रष्टाचार मुद्दा दर्ता भई २०८० वैशाख १४ गते विशेष अदालतले कपाडीलाई ३० हजार ९ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजाय र भण्डारीलाई १६ हजार ५ सय ५० रुपैयाँ जरिवाना तथा ४ महिना कैद सजायको फैसला सुनाएको थियो।

Read More

बझाङः बझाङमा जबरजस्तीकरणी मुद्दामा फरार प्रतिवादी पाँच वर्षपछि पक्राउ परेका छन्। मस्टा गाउँपालिका–१ कोटदेबलका ३८ वर्षीय डम्मर बोहरा पाँच वर्षपछि पक्राउ परेका हुन्। अदालतले २०७५ चैत ४ गते बोहरालाई जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय सुनाएको थियो। तर उनी २०७५ चैत १२ गतेदेखि फरार थिए। प्रहरीले गत शुक्रबार मात्र उनलाई पक्राउ गरेर जिल्ला अदालत बझाङमा पेस गरेको हो।

Read More

काठमाडौँ : शङ्कास्पद कागजात पेसशगरेर श्रम स्वीकृति लिएका १४ वटा म्यानपावर कम्पनी निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शङ्कास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो । वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ । जापानी भाषा तथा संस्कृति सम्बन्धी तालिमको शङ्कास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

Read More

महेन्द्रनगर : प्रथम सुदूरुपश्चिम श्री शारिरीक सुगठनको उपाधी बिजेता महेन्द्रनगरका सुनिल चन्दलाई सोमबार गृहनगरमा सम्मान एवं बधाई ज्ञापन गरिएको छ । सुदूरपश्चिम फिट्नेश एण्ड फारवेष्ट स्पोर्टस क्लबको आयोजनामा शनिबार धनगढीमा सम्पन्न प्रतियोगिता अन्तरगत शारिरीक सुगठन विधामा चन्द र मेन्स फिजिकतर्फ लक्ष्मीदत्त पन्तले उपाधि जितेका थिए । उपाधी बिजेताद्धय चन्द र पन्तलाई महेन्द्रनगरस्थित रोयल व्यामशालामा आयोजित एक कार्यक्रममा सम्मान गरिएको हो ।सम्मान समारोहमा महेन्द्रनगरका युवा व्यवसायी मदन भट्ट, राससका कार्यालय प्रमुख शेरबहादुर सिंह, व्यायमशालाका सञ्चालक किशन चन्द लगायत व्यामशालामा आवद्ध सदस्यहरु सहभागी थिए । उपाधी बिजेता चन्दले यसअघि पनि राष्ट्रिय स्तरमा शारिरीक सुगठनमा पदक प्राप्त गरिसकेका छन् । रोयल व्यामशालाका सञ्चालक…

Read More

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको अध्यक्ष पदमा गुलाबजङ्ग शाहको प्यानल नै निर्वाचित भएको छ । अध्यक्षका उम्मेदवारद्धय मीनबहादुर शाही र प्रकाश रोकायलाई पछि पार्दै शाह ३६९ मत प्राप्त गर्दै प्रदेश कमिटीको अध्यक्षमा निर्वाचित भएका हुन् । शाहका प्रतिस्पर्धी शाहीले २०७ र रोकायले ४ मत मात्र पाएका छन् । त्यस्तै उपाध्यक्षमा टेकराज पछाइ निर्वाचित भएका छन् । उनले ३४६ मत पाएका छन् । उपाध्यक्षका अर्का उम्मेदवार लाल बहादुर महतराले १७६ मत प्राप्त गरेका छन् । सचिव पदमा ध्रुव शाही निर्वाचित भएका छन् । शाहीले ४०४ मत प्राप्त गरेका छन् । सचिवका अर्का उम्मेदवार रुद्र शाहीले १६९ मत पाएका छन्…

Read More

काठमाडौं : सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा उनले १९ जेठमा दुर्वयवहार गरेको भन्दै एक जना महिला सहायक हवल्दारले उजुरी दिएकी थिइन् । त्यसक्रममा छानबिनका लागि प्रहरी नायब महानिरीक्षक (डीआईजी) सुरेन्द्र मैनालीको नेतृत्वमा छानबिन समिति बनेको थियो । समितिले उनलाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेलगत्तै पालको राजीनामा आएको हो । पाललाई यसअघि नै गृह मन्त्रालयले निलम्बन गरेको थियो । बिदामा जान लागेकी महिला कर्मचारीलाई दुर्व्यवहार गरिएको प्रकरणमा प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समितिले दोषी ठहर गरेपनि फौजदारी कसूरमा भने पालविरुद्ध अनुसन्धान भएको…

Read More

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको मतगणनामा अध्यक्षका उम्मेदवार गुलाबजङ्ग शाहको अग्रता कायमै रहेको छ । ४ सय मत गणना हुँदा शाहले २५० मतसहित अग्रता कायम गरिरहेका छन् भने अध्यक्षका अर्का उम्मेदवार मीनबहादुर शाहीले १३० मत प्राप्त गरेका छन् । त्यस्तै अर्का अध्यक्ष पदका उम्मेदवार दिपक रोकायाले ३ मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षका उम्मेदवार टेकराज पछाइले २३० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उपाध्यक्षका अर्का दुई उम्मेदवार लाल बहादुर महतराले १२२ मत र दानसिंह परियारले ३० मत पाएका छन् । त्यसैगरी सचिव पदका उम्मेदवार ध्रुव शाहीले २७६ मतसहित अग्रता लिइरहेका छन् भने सचिवका अर्का उम्मेदवार रुद्र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभा बैठक मंगलबारका लागि आह्वान गरिएको छ। एक महिना भन्दा बढी समयदेखि अनिश्चित बनेको सभाको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी बोलाइएको छ। सोमबार प्रदेश सभा सचिवालयमा सूचना टाँस तथा प्रदेश सभा सदस्यको मोबाइलमा सन्देश पठाएर बैठकमा सहभागि हुन अनुरोध गरिएको हो। प्रदेश सभा सचिव देबबहादुर बोगटीले जारी गरेको सूचनामा भनिएको छ, ‘१६ गते मंगलबार दिनको १: ०० बजे प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण प्रदेश सभा सदस्यज्यहरुको उपस्थितिका लागि अनुरोध छ।’ भोलि बस्ने बैठकमा संविधान सभाका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन प्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूची रहेको छ।

Read More