Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : परराष्ट्रमन्त्री एनपी साउदले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई गतिशील बनाइने बताएका छन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले सार्क राष्ट्रका विदेशमन्त्रीको अनौपचारिक बैठक राखेर सार्कलाई गतिशीलता दिनेबारेमा छलफल गरिने बताए। मन्त्री साउदले भने, ‘केही दिनमा नै संयुक्त राष्ट्र सङ्घको महासभामा भाग लिन नेपाली राष्ट्रिय प्रतिनिधिमण्डल जाँदैछ, सो अवसरमा अनौपचारिक रुपमा भए पनि सार्क राष्ट्रका विदेशमन्त्रीको बैठक राखेर सार्कलाई गतिशीलता तथा पुनः जीवन दिइने बारेमा छलफल गरिनेछ ।’ उनले सीमा र सुरक्षाका बारेमा सरकार संवेदनशील रहँदै आएको उल्लेख गर्दै यस सम्बन्धमा आवश्यक काम हुँदै आएको बताए । सीमा सम्बन्धमा दुवै देशको संयुक्त समितिमार्फत…

Read More

काठमाडौँ : नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् । काँग्रेसको शेखर कोइराला-गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिन चाहे । देउवाले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् । संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो । उनले आफू सभापति नबन्ने बताएका छन् ।

Read More

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न ३ देशमा राजदूत नियुक्त गरेका छन् । राष्ट्रपतिले संविधानको धारा २८२ को उपधारा १ अनुसार राजदूतहरूको नियुक्ति गरेका हुन् । जसअनुसार सुधीर भट्टराई फ्रान्स, तेजबहादुर क्षेत्री संयुक्त अरब इमिरेट्स (युएई) र घनश्याम लम्साल कुवेतको राजदूत नियुक्त भएका छन् ।

Read More

बझाङः बझाङमा आमाछोरामाथि छुरा प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। बझाङ सदरमुकाम चैनपुरको प्रशासन रोडस्थित चौगाउँटोलमा गत मंगलबार राति भएको उक्त घटनामा तीन जना घाइते भएका थिए। घटनामा संलग्न कैलाली जिल्ला कैलारी गाउँपालिका वडा नम्बर– १, का स्यानु चौधरीलाई प्रहरीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ। सदरमुकाम चैनपुरमा निर्माणको काममा मजदुरी गर्दै आएका उनले प्रहार गरेको छुराबाट चैनपुरमा कोठा भाडामा लिएर बस्दै आएकी सुर्मा गाउँपालिकाकी २७ वर्षीया सुनिता विक र उनका छोराहरू ७ वर्षीय आदित्य र ४ वर्षीय एबल विक घाइते भएका थिए। चौधरीले अपराधमा आफ्नो संलग्नता स्वीकार गरिसकेका छन। राति १२ बजेतिर अनुहार मास्कले ढाकेर लुटपाट गर्ने उद्धेश्यले कोठाभित्र…

Read More

धनगढीः धनगढीमा सुदूरपश्चिम प्रादेशिक डेउडा प्रतियोगिता हुने भएको छ। सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठान र डेउडा प्रतिष्ठानको संयुक्त आयोजनामा यही भदौ १४, १५ र १६ गते धनगढी —उपमहानगरपालिकाको प्राङ्गणमा सुदूरपश्चिम गौरा महोत्सव तथा प्रादेशिक डेउडा प्रतियोगिता सञ्चालन हुने भएको हो। स्थानीय ‘भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो।’ भन्ने मुल नाराका साथ २०७३ साल देखि निरन्तर गर्दै आएको र २०८० मा पनि ८ औं पटक गर्न लागेको डेउडा प्रतिष्ठानका महासचिव तोयाप्रसाद भट्टले बताए। डेउडा प्रतियोगिताबाट प्रथम हुनेलाई २१ हजार, द्वितीयलाई १५ हजार, तृतीयलाई ९ हजार र सान्त्वनालाई ५ हजारका साथै प्रमाणपत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ।

Read More

धनगढीः दार्चुलामा एक बृद्ध महिलाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। मालिकार्जुन गाउँपालिका–७ टोपालीकी ७५ वर्षीया भागरथी चन्दको धारिलो हतियार चक्कु प्रहार गरेर हत्या गरिएको प्रहरीले जनाएको छ। दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेले घर नजिकै मृत अवस्थामा भेटिएकी चन्दको हत्या भएको हुनसक्ने आशंका गरिएको बताए । घटनापछि चन्दका नाती फरार भएकाले हत्या गरेर भागेको हुनसक्ने बताउदै अनुसन्धान भइरहेको जानकारी दिए। प्रहरीकाअनुसार चन्दको घाँटी र छातीमा चक्कु प्रहार गरिएको छ। उनी घरमा एक्लै बस्दै आएकी थिइन् भने कहिले कही नाती आएर पैँसा मागेर दुःख दिने गरेका थिए।

Read More

धनगढी: सेती प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्ट डा. हेमराज पाण्डेयको सरुवा भएको छ । सुदूरपश्चिम प्रदेश सरकारको ६ भदौंमा बसेको मन्त्रिपरिषद् बैठकले डा पाण्डेको सरुवा गरेको हो । डा पाण्डेलाई महाकाली प्रादेशिक अस्पतालको मेडिकल सुपरिडेन्टेन्टमा सरुवा गरिएको हो । डा पाण्डे ११ औं तहका चिकित्सक हुन् । वि.सं. २०७५ साउनमा डा. पाण्डेलाई स्वास्थ्य निर्देशनालयले मेडीकल सुपरीडेन्टेन्टको जिम्मेवारी दिएको थियो ।

Read More

काठमाडौं : नेपाल वायुसेवा सञ्चालक संघका अध्यक्ष रामेश्वर थापालाई नेपाल नागरिक उड्डयन प्राधिकरणले १० हजार रुपैयाँ जरिवाना तोकेको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि प्राधिकरणले उनलाई जरिवाना तिराउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार प्राधिकरणले हवाई तथा उडान सुरक्षा प्रभावित बनाउने गरी अभिव्यक्ति दिएको तथा समाचार सामग्री छपाएको भन्दै सिम्रिक एयरका समेत सञ्चालक थापालाई स्पष्टीकरण सोधेको थियो । प्राधिकरणले लिएको रात्रि बिसान, मनसुनमा उडान समत तोक्नेसहितका विषयमा अध्यक्ष थापा र प्राधिकरणबीच विवाद हुँदै आएको छ ।

Read More

धनगढी: बाजुरामा एक गर्भवती बाटोमै सुत्केरी भएकी छन्। जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ जारिमतोलाकी ३२ वर्षीया उज्जली सुनार बाटोमै सुत्केरी भएकी हुन्। बाजुराको बुढीगंगा नगरपालिका-१० वडाध्यक्ष डेभिड क्षेत्रीका अनुसार प्रसूति व्यथा लागेपछि अस्पताल पुर्‍याइएकी सुनारले अस्पतालबाट फर्किने क्रममा बाटोमै शिशुलाई जन्म दिएकी हुन्। वडाध्यक्ष, स्थानीय र स्वास्थ्य इन्चार्जको रोहबरमा बाटोमै उनले बाटोमै शिशुलाई जन्म दिएको बताइएको छ। स्थानीयका अनुसार उनी व्यथा लागेपछि अछामको बयलपाटा अस्पताल पुगेकी थिइन्। अस्पतालमा चिकित्सकले उनको स्वास्थ्य जाँच गर्ने क्रममा बच्चा पाउने अवधि दुई साता नाघिसकेको भन्दै तत्काल शल्यक्रिया गरेर बच्चा जन्माउनुपर्ने सुझाव दिएका थिए। तर, डाक्टरको सल्लाहपछि अप्रेसनको डरले उनी घर फर्किने क्रममा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका तीन अस्पताललाई दुर्गा दशरथ भट्ट स्मृति प्रतिष्ठानले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । सोमबार अत्तरियास्थित प्रतिष्ठानमा आयोजित औपचारिक कार्यक्रमकाबीच डडेल्धुरा अस्पताल, सेती प्रादेशिक र महाकाली प्रादेशिकलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो । प्रतिष्ठानका संरक्षक तथा पूर्वमन्त्री नेकपा एमालेका केन्द्रीय सचिव एवंम् कर्णाली इन्चार्ज लेखराज भट्टले तीनै अस्पताललाई एक करोड २२ लाख बराबरको स्वास्थ्य सामाग्री उपलब्ध गराएका हुन् । भट्टले उक्त सामाग्री हस्तान्तरण गरेको पत्र सेती अस्पताल व्यवस्थापन समितिका अध्यक्ष निर्मल शाह, डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझा र महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टलाई प्रदान गरे । अस्पतालका अध्यक्षहरुले प्रतिष्ठानले गरेको सहयोग प्रती धन्यवाद दिँदै…

Read More