Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: उदयपुरकाे चौदण्डीगढी नगरपालिका–९ मा पर्ने मदन भण्डारी लोकमार्ग खण्डको ज्यामिरेमा ट्रककाे ठक्करबाट प्रहरी सहायक निरीक्षक(असई) काे ज्यान गएकाे छ।  हिजाे दिउँसाे  ना ४ ख ६१८३ नम्बरको ट्रकले ठक्कर दिँदा बेलका नगरपालिका–२ भागलपुर प्रहरीचौकीका प्रमुख प्रहरी सहायक निरीक्षक श्रीकुमार बस्नेतको ज्यान गएकाे हाे। प्रहरी कार्यालयको प्रत्येक महिनामा हुने नियमित छलफलमा भाग लिइ प्रहरीचौकी भागलपुरतर्फ फर्कँदै गर्दा उनलाई ट्रकले ठक्कर दिएकाे हाे। ट्रक चालक विशाल परियार र ट्रकलाई इलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएको छ।

Read More

धनगढी: कैलालीको कैलाली भन्सार कार्यालयभित्रैबाट एकजना भैँसी तस्कर फरार भएका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले भैँसीसहित बुझाएका एक व्यक्ति भन्सार कार्यालयबाट फरार भएका हुन्। हिजो दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका-६ बैसागाबाट इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्यायाउँदै गरेका दुई भैँसीसहित भैँससहित हर्कबहादूर खत्रीलाई पक्राउ गरेको थियो। दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय बेलौरीले उनलाई भैँसीसहित कैलाली भन्सार कार्यालयमा बुझाएको थियो। भन्सार कार्यालय कैलालीले भैँसी र पक्राउ परेका खत्रीको निगरानी राख्न सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो। तर, सशस्त्र प्रहरीको शुरक्षा घेराभित्रैबाट खत्री फरार भएका छन्।

Read More

धनगढीः  कैलालीको धनगढी उपमहानगरपालिकाका केही स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। उपमहानगरपालिकाको हसनपुर फिडरको विद्युत सेवा शुक्रवार(आज)देखि अवरुद्ध हुने भएको हो। क्षेत्रीय शहरी विकास आयोजनाबाट निर्माणाधीन कैलाली पुल देखि चौराहासम्मको सडक विस्तार भइरहेको छ। सडक विस्तारको क्रममा सडकका विद्युतीय संरचना स्थानान्तरण गर्नुपर्ने भएकाले विद्युत अवरुद्ध हुने भएको हो। आज भदौ २९ गते बिहान ६ बजेदेखि ११ बजेसम्म असोज १ गते बाहेक ३ गतेसम्म चार दिन विद्युत अवरुद्ध हुने नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र धनगढीले जनाएको छ। 

Read More

बझाङ: साउथ एशियन कराते प्रतियोगिता–२०८० मा बझाङका सुदीप कठायतले नेपाललाई प्रथम स्थान दिलाएका छन्। भारतको चेन्नईमा सम्पन्न भएको कराते कपमा नेपालको तर्फबाट खेलेका कठायतले ५५ केजी तौलबाट प्रथम भएका हुन्। जापान कराते डो कोशीकाई सितोरियो सङ्घबाट नेपालको प्रतिनिधित्व गरेका कठायतले साउथ एशियन कराते प्रतियोगितामा प्रथम स्थान हासिल गरेका हुन्। १८ वर्षीय कठायतले फाइनल खेलमा ५५ केजी तौल समूहबाट प्रतिस्पर्धामा उत्रेको बङ्लादेशलाई हराएर प्रथम स्थान हासिल गरे। समूहको फाइनलमा प्रथम नेपाल, दोस्रो बङ्गलादेश र तेस्रो भारत भएका छन्। कठायत बझाङको मष्टा गाउँपालिका–२ बाडेगाउँको स्थायी निवासी हुन्।

Read More

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले स्युचाटार-टेकु लाइन  तीन दिन सट डाउन गर्ने भएको छ। टेकु सबस्टेशन स्तरोन्नती गरी टेकू स्युचाटार ६६ केभी लाइनमा चार्ज गर्नेगरी काम भइरहेको र त्यसका लागि ६६ केभी स्युचाटार-टेकु लाइन शुक्रबार बिहान ८ बजेदेखि सोमबार बिहान ८ बजेसम्म सटडाउन गर्नुपर्ने प्राधिकरणले जनाएको छ। त्यस्तै ६६ केभी स्युचाटार-पाटन प्रसारण लाइन शनिबार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म र ६६ केभी स्युचाटार-के३ लाइन शनिबार दिउँसो ३ बजेदेखि साँझ ५ बजेसम्म सटडाउन गरिने प्राधिकरणले जनाएको छ।

Read More

काठमाडौँ: नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ। सरकारले आज शोक बिदा दिने निर्णय गरेको छ। शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट पुर्‍याइने बताइएको छ। नेवाङको सोमबार राति हृदयाघातबाट निधन भएको थियो। 

Read More

काठमाडौँ: हाल मनसुनको न्यून चापीय रेखा  सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल  भारतको उत्तर प्रदेशआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो  सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेश लगायत देशका  पहाडी  भूभागमा आंशिक देखि सामान्य बदली र बाँकी भूभागमा आंशिक  बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली  र लुम्बिनी प्रदेशका  केही  स्थानहरू लगायत देशका  पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी  भूभागका  एक–दुई  स्थानमा  चट्याङ्गसहित  हल्का देखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  छ। राति भने कोशी,  मधेस,  बागमती, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका  एक–दुई  स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको…

Read More

धनगढी: डडेल्धुरामा अटो दुर्घटनामा परेको छ। भीमदत्त राजमार्ग अन्तरगत जिल्लाको आलिताल गाउँपालिका-१ मेलखर्क नजिक बुधबार साँझ अटो दुर्घटनामा परेको हो। कैलालीको अत्तरियाबाट डोटीतर्फ जाँदै गरेको अटो दुर्घटनामा परेको डडेल्धुरा प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता, प्रहरी निरीक्षक कुसुम नायकका अनुसार अटोमा तीन जना सवार रहेकोमा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। उनका अनुसार दुर्घटनामा डोटीको शिखर नगरपालिकाका पदम बलायर र केशब महराको मृत्यु भएको हो। यस्तै अटोमा सवार बिरबहादुर कुँवर घाइते छन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पतालमा पुगाइएको छ। दुर्घटनाको कारण खुलेको छैन।

Read More

रूपन्देही : हुम्लाबाट पोखरा जाँदै गरेको हेलिकप्टर दाङको स्कुलमा आकस्मिक अवतरण गरिएको छ । हेलिकप्टर भोलि बिहीबार मौसममा सुधार आएपछि मात्रै उड्ने भएको छ । बुधवार बेलुका दाङस्थित राप्ती गाउँपालिकामा रहेको आदर्श नमुना माध्यमिक विद्यालयको प्रांगणमा आकस्मिक अवतरण गरिएको थियो । हुम्लाबाट पोखरा जाँदै गरेको कैलाश हेलिकप्टर सर्भिस कम्पनीको हेलिकप्टर खराब मौसमका कारण अवतरण गरिएको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । पाइलट, इञ्जिनियर र दुईजना यात्रुसहित चार जना सवार रहेको प्रहरीले बताएको छ । एकरात भालुबाङस्थित होटल पौवामा बास बस्ने र भोलि बिहीबार मात्रै हेलिकप्टरले उडान भर्ने जनाइएको छ । हेलिकप्टरमा पाइलट दिलिप थापा, इन्जिनियर अरुण चौधरी, भारतीय मूलका…

Read More

काठमाडौं : नेपाल प्रहरीले आफ्नो पोसाकको दुरुपयोग बढेपछि ध्यानाकर्षण गराएको छ । केही समययता नेपाली चलचित्र, टेलिचलचित्र, सांगितिक भिडियो एवम् फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जाल तथा स्टेज कार्यक्रमहरूमा नेपाल प्रहरीले प्रयोग गर्ने पोसाकको दुरुपयोग भइरहेको प्रहरीले जनाएको छ । प्रहरीको पोसाकमा सांगठनिक मर्यादाविपरीतका अपशब्द एवम् संवादलाई प्रस्तुत गरेको र केही व्यक्ति एवम् समूहबाट प्रहरीले व्यावसायिक रूपमा सम्पादन गरेका कार्यलाई अपव्याख्या गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले आफ्नो पोसाक प्रयोग गर्नुपूर्व प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखा नक्सालमा पोसाकको प्रयोग गर्नुको प्रयोजन तथा आवश्यकता अनुसार उक्त भिडियोको स्क्रिप्ट समेत खुलाई पूर्वस्वीकृति लिनुपर्ने जनाएको छ । पूर्वस्वीकृति नलिई वा स्वीकृत प्रयोजन तथा…

Read More