Author: महेन्द्रनगर पोष्ट

कैलाली: आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागक थोरै स्थानहरू तथा देशका बाँकी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौं: भारतसँग १० विकेटको पराजय भएसँगै नेपाल एसिया कपबाट बाहिरिएको छ। सोमबार बेलुकाको खेलमा वर्षाले बीचमै खेल अवरुद्ध भएपछि ५० ओभरको खेल २३ ओभरमा झारिएको थियो। ओभर घटाएपछि भारतले १४५ रनको लक्ष्य पाएको थियो। भारतले विना विकेट क्षति ‍‍‍२०.१ ओभरमा लक्ष्य पूरा गर्यो।  हिजो भएको खेलमा भारतको जितका लागि कप्तान रोहित शर्माले ५९ बलमा ७४ र शुभमन गिलले ६२  बलमा ६७ रन जोड्न सफल भए। यसअघिकाे पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असोजको पहिलो साता चीन भ्रमणमा जाँदैछन् । न्यूयोर्कमा हुन लागेको राष्ट्रसङ्घीय महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री ‘प्रचण्ड’ असोज ५ गते चीन जाने कार्यक्रम छ । अमेरिकालगत्तै चीन जाने तयारीमा रहेका प्रधानमन्त्री ‘प्रचण्ड’को भ्रमणको तयारी तीव्र भइरहेको छ । चीन भ्रमणको एजेण्डाबारे अहिले छलफल भइरहेको परराष्ट्रमन्त्री एनपी साउदले बताए । सोमबार सोलुखुम्बुमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘आगामी असोजमा प्रधानमन्त्रीको चीन भ्रमण हुँदैछ । त्यो भ्रमणमा कृषि विकाससम्बन्धी एजेन्डा पनि छन् । चीनका राष्ट्रपति सी चिनफिङ नेपालमा आउनुभएको बेला चीनले प्रतिबद्धता जनाएका अनुदानका राशिहरूको लागि प्राथमिकताका आधारमा योजना छुट्याउने विषयमा पनि हामी गृहकार्यमा लागिरहेका छौँ ।’…

Read More

काठमाडौँ : नेपालले टेस्ट राष्ट्र भारतविरुद्ध शानदार ब्याटिङ गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४८.२ ओभरमा सबै विकेट गुमाउँदै २३० बनाएको छ । एसिया कपमा भारतविरुद्ध नेपालका ओपनर आसिफ शेखले अर्धशतक बनाए । ओपनर कुशल भुर्तेलसँग पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरेका आसिफले ८ चौकाको मद्दतमा ५८ रन बनाए । अलराउण्डर सोमपाल कामीले महत्त्वपूर्ण इनिङ खेले । दिपेन्द्रसिं ऐरी र सन्दीप लामिछाने साझेदारी गरेका सोमपालले दुई छक्का र एक चौका सहित ४८ रन जोडे । ओपनर कुशल भुर्तेलले २५ बलमा दुई छक्का र तीन चौकाको मद्दतमा २५ बलमै ३८ रन जोडे । दिपेन्द्र सिंह ऐरी २९…

Read More

धनगढीः कैलालीबाट भन्सार छलिका सामानसहित एक जना पक्राउ परेका छन्। जिल्लाको धनगढी उप–महानगरपालिका–३ त्रिनगर ब्यारेलबाट भन्सार छलिका अन्दाजी २८ हजार मुल्य बराबरका साडी, धोती, ब्लाउज लगायतका सामानसहित डोटीको शिखर नगरपालिका –८ का ३० वर्षीय करन कार्कीलाई आज (सोमवार) दिउँसो प्रहरीले पक्राउ गरेको जनाएको छ।

Read More

बैतडीः बैतडीमा सोमवार करेन्ट लागेर गम्भीर घाइते भएकी एक महिलाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर–६ की ४३ वर्षीया कलावती नाथको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। सोमवार बिहान घाँस काटेर भारी उठाउने क्रममा विद्युतको हाइटेन्सन लाइनको पोलमा छोइएर करेन्ट लागेर गम्भीर घाइते भएकी नाथलाई उपचारका लागि नेपालगञ्ज लगिएको छ।

Read More

काठमाडौँ: वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले वन मन्त्रालयको कार्यभार सम्हालेको सय दिन अवधिको प्रगति विवरण सार्वजनिक गरेका छन् । मन्त्रालयमा आज अयोजित पत्रकार सम्मेलनमा उनले यस अवधिमा भए गरेका कार्यका बारेमा जानकारी गराउँदै नेपाल सरकारबाट नेपाल वन सेवा (गठन, समूह तथा श्रेणी विभाजन र नियुक्ति) नियम, २०८० (दोस्रो संशोधन) स्वीकृत भएको बताए । यसले वन सेवाअन्तर्गत संस्थागत हुने गरी वातावरण समूह थप भएको र वन सेवाका पद नाममा समसामयिक सुधार गरेको छ । यसैगरी मन्त्रिपरिषदबाट वन (पहिलो संशोधन) नियमावली, २०८० स्वीकृत गरिएको, जलवायु परिवर्तन न्यूनीकरण तथा अनुकूलन राष्ट्रिय कार्यान्वयन योजना, २०८० स्वीकृत भएको, ‘वन्यजन्तु अपराध नियन्त्रण आदेश, २०८०’ र…

Read More

कञ्चनपुर : कञ्चनपुरमा डुबेर एक जनाको मृत्यु भएको छ। भीमदत्त नगरपालिका–१० सुकासाल स्थित पानीको ट्याङ्कीमा नुहाउने क्रममा डुबेर सोही ठाँउका ३५ वर्षीय नरेश जोशीको सोमबार दिउँसो मृत्यु भएको हो। कर्णबहादुर चन्दको घरको पश्चिम पट्टी रहेको बोरिङको ट्याङ्कीमा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

Read More

धनगढीः धनगढीको बाल्मिकी स्कुल नजिकै स्कुटरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । सोमबार बिहान धनगढी उपमहानगरपालिका–१ बाल्मिकी स्कुल नजिकै सुदूरपश्चिम प्रदेश ०१०११ प ९१०५ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोश बस्यालले ठक्करबाट गम्भीर घाइते भएका धनगढी–५ जाई बस्ने ४० वर्षीय जिउधन चौधरीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए । प्रहरी निरीक्षक बस्यालकाअनुसार चौधरीको उपचारका क्रममा निसर्ग अस्पतालमा मृत्यु भएको हो । चालक लक्ष्मी शाही र स्कुटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौँ : हत्या अभियोगमा दोषी ठहरिएका मधेश प्रदेशका स्वतन्त्र सांसद अनिरुद्ध सिंह यादवलाई पक्राउ गरिएको छ । सप्तरी प्रहरीले उनलाई राजविराजबाट पक्राउ गरेर अदालतमा बुझाएको हो । यादव सप्तरीको प्रदेश क्षेत्र नम्बर ४ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी नेता गोविन्द चौधरीको हत्या गरेको मुद्दामा सांसद यादवलाई जिल्ला, उच्च र सर्वोच्च तीनै तहका अदालतले दोषी ठहर गरिसकेको छ । सप्तरी जिल्ला अदालतका जिल्ला न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले २०७१ चैत ११ गते यादवसमेतलाई चार वर्ष कैदको फैसला गरेको थियो । उच्च अदालत जनकपुरधाम, राजविराज इजलासका न्यायाधीश नारायणप्रसाद श्रेष्ठ र शेखरचन्द्र अर्यालको संयुक्त इजलासले २०७५ भदौ ९ गते यादवको हकमा जिल्ला…

Read More