Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: प्रदेश लोक सेवा आयोग कर्णाली प्रदेशले वन सेवाका ५२ पद संख्यामा विज्ञापन आह्वान गरेको छ। मंगलवार प्रकाशित विज्ञापनअनुसार वन रक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन आह्वान गरिएको हो। अनलाइन दरखास्त प्रणालीमार्फत दरखास्त दिन सकिने सूचनामा उल्लेख छ। भदौ २५ गतेसम्म दरखास्त दिने समय तोकिएको छ।

Read More

मुगु: मुगुमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या चार पुगेको छ। मृतक र घाइते सबैको पहिचान खुलेको मुगुका प्रहरी नायब उपरीक्षक महेश बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार मृत्यु हुनेमा हुम्ला जिल्ला सर्केगाड–२ रिपगाउँका एकै नाम थारका दुईजना राम परियार, सोही ठेगानाका प्रकाश बोहोरा र पिउस परियार रहेका छन्। गम्भीर घाइतेहरूमा मुगु जिल्ला सोरु गाउँपालिका–७ सिप गाउँका चालक दिनेश लावड, सोरु–५ का गोविन्दा शाही र सोही वडाका वडा सदस्य लोकजङ्ग नेपाली रहेका छन्। त्यस्तै, सोरु–६ कै सेरे रोकाया र हुम्ला सिमीकोट–२ का उदीप बोहोरा पनि घाइते भएका छन्। सोमबार बेलुका ४ बजे सोरु गाउँपालिकाबाट मुगु जिल्ला सदरमुकाम गमगढीतर्फ आउँदै गरेको ग१ज ७७६२ नंको…

Read More

काठमाडौं: मकवानपुरको मनोहरा गाउँपालिका–३ की ५० वर्षीया अप्सरा भनेर चिनिने नारायणी तिमिल्सिना हत्याका अभियुक्तलाई प्रहरीले केन्द्रीय कारागार सुन्धाराबाटै फेला पारेको छ। झन्डै ६ वर्षअघि नारायणीको हत्या गरेपछि प्रहरीबाट लुक्दैछिप्दै हिंडेका धादिङ मूलपानीका ४६ वर्षीय शिवराम अधिकारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले केन्द्रीय कारागार सुन्धाराबाट फेला पारेको हो। चोरी मुद्दामा अर्कै नाममा कैद भुक्तान गरिरहेको अवस्थामा उनलाई फेला पारिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। प्रहरीले हत्या अभियोगमा पनि अब अनुसन्धान अगाडि बढाएको छ।

Read More

काठमाडौं: एसिया कप क्रिकेटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १७ सदस्यीय टोली घोषणा गरेको हो। अगष्ट ३१ मा सुरु हुने एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा संयुक्त रुपमा आयोजना हुँदैछ। नेपाल, भारत र पाकिस्तान समूह एमा छन्। नेपालले पहिलो खेल पाकिस्तानसँग उसकै मैदान मुल्तानमा अगष्ट ३१ मा खेल्नेछ।  रोहित पौडेलको कप्तानीमा (कप्तान),सन्दीप लामिछाने, कुशल भुर्तेल, करण केसी, ललित राजबंशी, कुशल मल्ल, भीम सार्की, दीपेन्द्रसिंह ऐरी, गुल्सन झा, आरिफ शेख, आसिफ शेख, सोमपाल कामी, किशोर महतो,  प्रतिस जिसी, सन्दिप जोरा, अर्जुन साउद र श्याम ढकाल रहेका छन्।

Read More

काठमाडौँ : मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतिर रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र मधेस प्रदेशका एक-दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमाडौँ : राष्ट्रिय युवा सङ्घ नेपाल धनुषाले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन आयोग गठन, प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै राँके जुलुस निकालेको छ । सोमबार साँझ जिल्ला अध्यक्ष रोशन यादवको अध्यक्षतामा निस्केको जुलुस भानुचौकबाट सुरु भएर शिव चौकमा कोणसभामा परिणत भएको थियो । प्रदर्शन प्रधानमन्त्री र गृहमन्त्रीको पुतला दहन गरेर समापन भएको थियो । सो क्रममा सरकारले अबिलम्ब छानबिन आयोग गठन नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी सङ्घले दिएको छ । नेकपा एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै संसद् अवरोध गरिरहेको छ ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी बरिष्ठ हवल्दारका लागि बढुवा सिफारिस गरेको छ । बढुवा समितिको सोमबारको निर्णयबाट एकैपटक सशस्त्र प्रहरीको साधारण समूहतर्फ खाली रहेको बरिष्ठ हवल्दार पदका लागि ११८ जनाको सिफारिस गरेको हो । सशस्त्रका अनुसार सिफारिस भएका ११८ जना विरुद्ध कुनै उजुर बाजुर भएमा ७ दिनभित्र उजुरी गर्न पनि समयावधि रहेको जनाइएको छ । पछिल्लो समय सशस्त्र प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा हुँदै गइरहेकाे छ । सूचीः

Read More

काठमाडौँ : सुदूरपश्चिम प्रदेशको धनगढीमा पहिलो पटक शारीरिक सुगठन प्रतियोगिता आयोजना हुने भएको छ । फारवेष्ट फिटनेस एन्ड स्पोटर्स क्लबको आयोजनामा आगामी असोज १२ र १३ गते प्रतियोगिता आयोजना गरिने भएको हो । प्रतियोगितामा प्रथम हुने खेलाडीलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ । दोस्रोलाई १५ हजार र तेस्रो हुने खेलाडीलाई १० हजार रुपैयाँसहित अन्य जिन्सी सामान पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा सहभागी हुने खेलाडीले एक हजार रुपैयाँ दर्ता शुल्क बुझाउनु पर्ने जानकारी क्लबका अध्यक्ष मोहन तामाङले दिए । सहभागिताका लागि भदौ १५ गतेदेखि असोज ५ गतेसम्म नाम दर्ता गराउन सकिने पनि उनले बताए ।…

Read More

डोटीः अविरल वर्षाका कारण डोटीमा एक घर भत्किएको छ। जिल्लाको शिखर नगरपालिका–२ खचडाका घनश्याम कामीको ढुङ्गा, माटो, काठले बनेको स्लेटले छाएको ३ कोठे घर आइतबार राति भत्किएको हो। घरभित्र रहेका सरसामान, खाद्यान, लत्ताकपडा लगाएत फर्निचरमा क्षति पुगेको छ। घर भत्किदा मानवीय र चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : सत्तारुढ दलहरूका शीर्ष नेताको बैठकले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने एमालेको मागलाई अस्वीकार गरेको छ । सीआइबीले गरिरहेको अनुसन्धानलाई नै प्रभावकारी बनाउनुपर्ने निष्कर्ष बैठकले निकालेको हो । बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले दिएको जानकारीअनुसार एमालेले अनुसन्धान डाइभर्ट गर्नमात्रै यो मुद्दा उठाएको भन्दै नेताहरूले उच्चस्तरीय समिति आवश्यक नरहेको बताएका थिए । सुन प्रकरणमा जोडिएका माओवादी नेता कृष्णबहादुर महराका बाबुछोराको पनि बैठकमा चर्चा भएको थियो । गृहमन्त्री नारायणकाजी श्रेष्ठले यो विषयमा ठोस जवाफ दिएनन् । उनले दोषीहरू कोही पनि नछुट्ने बताएका छन् । यसैगरी गौर हत्याकाण्डका विषयमा पनि बैठकमा छलफल भएको थियो । मारिएका…

Read More