धनगढी : तेस्रो संस्करणको एसईई आईडलको घोषणा गरिएको छ ।
प्रभात मिडिया एण्ड ईभेन्ट प्रालिको आयोजनामा हुुने आईडलको सोमबार पत्रकार सम्मेलन मार्फत तेस्रो संस्करणको एसईई आईडल घोषणा गरिएको हो ।
प्रभात मिडियाका प्रबन्ध निर्देशक प्रकाशबहादुर छेडालले असोजदेखि सुरु हुुने नयाँ संस्करण अगामी असारसम्म चल्ने बताए । सुदुूरपश्चिम प्रदेशका ९ जिल्लाका २५ भन्द बढि स्थानमा आयोजना हुुने अडिसनमा एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् ।
नयाँ संस्करणमा पनि अघिल्ला वर्ष जस्तै नृत्य र गायन विधातर्फ प्रतिभा प्रदर्शन गर्न पाउने व्यवस्था गरिएको छ । असोजदेखि फागुनसम्म प्रदेशका ९ जिल्लामा अडिसन प्रतियोगिता संचालन हुनेछन् ।
नृत्य र गायन विधातर्फका उत्कृष्ट ३०–३० जना प्रतिस्पधिले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाका १५–१५ जनाले असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १–१ जना विजेता र १–१ जना उपविजेता बन्नेछन् ।
दुवै विधाका विजेता र उपविजेताले क्रमश ५०–५० हजार रुपैयाँ र २५–२५ हजार रुपैयाँसहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पधिले कक्षा ११–१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भइरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । प्रभात मिडिया प्रालिले यसअघिका दुई संस्करण भव्य रुपले सम्पन्न गरेको छ ।