काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव कञ्चनपुरको दोधाराचाँदनी पुगेका छन् ।
राजदूत श्रीवास्तव प्रस्तावित सुख्खा बन्दरगाहस्थलको अवलोकनको निम्ति त्यहाँ गएको बताइएको छ ।
राजदूतसँगै प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री रमेश लेखक पनि प्रस्तावित बन्दरगाहको अवलोकनमा सहभागी भएका हुन् । महाकाली नदी पारिको दोधाराचाँदनीमा बन्न लागेको बन्दरगाह भारत सरकारको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो ।
२०६४ मा प्रस्ताव गरिएको उक्त बन्दरगाह निर्माणबारे चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा राखिएको छ । स्थानीय मायापुरी र गौरीशंकर मध्यवर्ती सामुदायिक वन क्षेत्रको दुई सय ८० बिगाहामा बन्दरगाह निर्माण हुने जनाइएको छ ।
Facebook Comments Box