Author: महेन्द्रनगर पोष्ट

कैलाली : कैलालीको अत्तरिया उधोग बाणिज्य संघविरुद्द अख्तियार उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय कैलालीलाई छानबिन गर्न निर्देशन दिइएको छ । सोही अनुसार छानबिनको लागि प्रसाशन कार्यालय कैलालीले बाणिज्य तथा आपुर्ती कार्यालयका प्रतीनिधी संयोजक रहने गरी ४ सदस्ययी समिती गठन गरेको छ । समितीलाई श्राबण २५ देखि १० दिन भित्र काम सक्न भनिएको छ। अख्तियार महेन्द्रनगर कार्यालयमा ५ वटा बुँदासहित उजुरी परेको छ। जस अनुसार संस्थाको बिधान बिपरित कार्य समितीको साधारण सभा ५ बर्ष सम्म पनि नगरेको, संघले सन्चालन गरेको महोत्सबमा नक्कली टिकट छापेर ब्यापक भ्राष्टाचार गरेको सो सम्बन्धी हरहिसाब कार्य समितीका पदाधिकारी तथा सदस्यलाई समेत जानकारी नदिएको, सदस्यता थप तथा…

Read More

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएर बाहिएको ब्रेक शुमा बरामद गरिएको सुनको तौल ६० किलो ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यका अनुसार साउन २ गते सिनामंगलबाट बरामत गरिएको सुन आज ब्रेक शुबाट छुट्याएर जोख्दा ६० किलो ७८९ ग्राम भएको हो । राष्ट्र बैंक, अनुसन्धान विभाग र सिआइबीको रोहबरमा सुनको पगालेर जोखेको थियो । राजश्व अनुसन्धान विभागले सुनसहितको १५५ किलो ‘ब्रेक शु’ बरामद गरेको थियो । मोटरसाइकल र स्कुरको ब्रेक शुभित्र लुकाएर सुन ल्याएको पाइएको थियो । अब त्यो सुनलाई यिनै निकायका प्रतिनिधिको रोहबरमा भोलि मंगलबार बिहान साढे १० बजे…

Read More

बैतडीः पहिरोका कारण गएरातिबाट अवरुद्ध भएको बैतडीको जयपृथ्वी र दशरथ राजमार्ग पुनःसञ्चालन आएका छन्। गए राति खसेको पहिरोले जयपृथ्वी राजमार्गको झौलेक र श्रीभावर तथा दशरथचन्द राजमार्गको सतबाँझ नजिक अवरुद्ध भएको थियो। सडक माथिबाट खसेको तीनवटै स्थानको पहिरो पन्छाएपछि राजमार्ग सञ्चालनमा आएको हो ।

Read More

धनगढीः कैलालीको अत्तरियाबाट एक महिलाको उद्धार गरिएको छ। गोदावरी नगरपालिका–२ तेघरीबाट सरस्वती अधिकारी विष्ट नाम बताउने २६ वर्षीया महिलाको उद्धार गरिएको स्थानीय युवा दिपक ओझाले बताए। ठेगाना भने खुलेको र मानसिक अवस्था ठिक नभएकी ती महिलाको उद्धार गरेर धनगढीमा रहेको दृष्टि फाउण्डेशनमा राखिएको छ।

Read More

कञ्चनपुर : कैद भुक्तान गरिरहेका कैलालीको गोदावरी नगरपालिका–५ गेटाका सुवास भट्टमाथि कुटपिट भएको भन्दै उनको परिवारले सोमबार कारागार कार्यालय कञ्चनपुर घेराउ गरेको छ। कारागारभित्र भट्टमाथि निर्घात कुटपिट भएको उनका दाई किरण भट्टले आरोप लगाए। ‘जेलभित्र कैदीहरु मिलेर कहिले पाइपले पिट्छन्, कहिले पासो देखाएर मारिदिन्छौँ भनेर धम्काउँछन् भनेर फोन ग(यो,’ उनले भने, ‘त्यसपछि हामी भेट्न कारागार आयौँ, तर भाइलाई भेट्नै दिइएन।’ कारागारका चौकीदार र नाइकेले कैदीबाट रकम असुल्ने गरेको समेत उनको आरोप छ। भाइले फोन गरेर सुत्न र खाना नदिएको र पैसा माग्ने गरेको उनको आरोप छ। ‘३र४ दिनमा मार्दैछन्, २० हजार दिए म बाच्छु भनेर फोन गरेको थियो’, दाइ किरणले…

Read More

काठमाडौँ : नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा सिटिजन्स बैंकका ६ जना कर्मचारी पक्राउ परेका छन् । बैंकका विभिन्न बैंकका कार्यरत कर्मचारीलाई नक्कली प्रमाणपत्रको आधारमा जागिर खाएको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी कुमोद ढुंगेलले जानकारी दिए । उनका अनुसार पक्राउ पर्नेमा मनिषा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमन्दा गौतम र दीपक विष्ट रहेका छन् । प्रहरीले उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

धनगढी: कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोला क्षेत्रमा रुख ढलेर अवरुद्ध भएको भीमदत्त राजमार्ग सञ्चालनमा आएको छ। ढलेको रुख सडकबाट हटाइएसँगै सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग सञ्चालनमा आएको हो । साउन २२ गते राति पहिरो जाँदा अवरुद्ध भएको भीमदत्त राजमार्ग हिजो साँझबाट एक सातापछि सञ्चालनमा आएको थियो। सोही क्षेत्रभन्दा २०० मिटरको दुरीमा रुख ढलेर फेरि अवरुद्ध हुन पुगेको राजमार्ग पुन: सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

Read More

दोलखा: अविरल वर्षाका कारण आइतबार दिउँसो आएको भेलले बगाउँदा दोलखाको विगु गाउँपालिका–७ राखामका बाबुछोरा बेपत्ता भएकामा छोरा पासाङ शेर्पाको शव भेटिएको छ । आइतबार बिहान घरबाट झण्डै एक घण्टाको दूरीमा रहेको तीनपाटेमा निगुरो टिप्न गएका ३५ वर्षीय बाबु निमदोर्जे शेर्पा र उनका छोरा १२ वर्षीय पासाङलाई वर्षासँगै आएको पहिरोको भेलले बगाउँदा बेपत्ता भएका थिए । निमदोर्जे अझै फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक राजेस सिग्देलले बताए । आइतबार १२ बजेतिर तीनपाटेमा निगुरो टिप्ने क्रममा अविरल वर्षासँगै माथिबाट आएको भेलले बाबुछोरोलाई अम्बाटोल मुलखोलाले बगाए पछि उनीहरू बेपत्ता भएका थिए । उनका अनुसार बाबु शेर्पा नभेटिए पनि छोरा पासाङ भने…

Read More

काठमाडौँ: ललितपुरस्थित बुंगमतीमा रहेको ब्लेस हाउस एण्ड चाइल्ड केयर सेन्टरका सञ्चालक बालयौन दुरुपयोग गरेको आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरले संस्थाका सञ्चालक हुम्लाको सिमिकोट गाउँपालिका–८ स्थायी घर भइ ललितपुर बस्दै आएका ४१ वर्षीय दत्तसिंह बुढालाई पक्राउ गरेको हो । ललितपुर प्रहरीका एसपी नवराज कार्कीका अनुसार, उनले असारदेखि २६ साउनसम्म सोही चाइल्ड केयरमा बस्दै आएकी ८ वर्षीया नाबालिगलाई यौन दुव्र्यवहार गरेको पाइएको छ । ‘प्रतिकार गर्न खोज्दा उनले बालिकालाई निलडाम हुने गरी कुटपिट गरेर शारीरिक यातना दिएको पनि पाइएको छ’, कार्कीले भने, ‘उनविरुद्ध थप अनुसन्धानका लागि अदालतले ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।’ पीडित नाबालिगलाई उद्धार…

Read More

कैलाली: कफीखेतीका लागि सुदूरपश्चिम प्रदेशमा प्रचुर सम्भावना भए पनि व्यावसायिक रुपमा खेती सुरु हुन सकेको छैन । सुदूरपश्चिमलाई हेरिने दृष्टिकोण, स्पष्ट नीतिगत व्यवस्थाको अभाव, लगानीकर्ताको कमी, उद्योगी, व्यापारी एवं निजी क्षेत्रले यसतर्फ चासो नदिनुलगायत कारणले प्रशस्त सम्भावना भए पनि खेती सुरु हुन नसकेको कृषि प्राविधिक बताउँछन् । प्रदेशमा कफीखेतीको प्रशस्त सम्भावना हुँदाहुँदै पनि यहाँका किसानले लगानी गर्न चासो नदिँदा व्यावसायिक खेती हुन नसककेको कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले बताए । “अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादित कफीको माग उच्च छ । यसबाट मनग्य आम्दानी गर्न सकिन्छ”, उनले भने, “विश्व बजारमा भइरहेको माग अनुसार कफी एक प्रतिशत र चिया दश प्रतिशत…

Read More