काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूलाई सत्ता गठबन्धनबाट बाहिर निकाल्ने षड्यन्त्र भइरहेको बताएका छन्।
सोमबार पार्टी निकट नेवाः संघको कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री नेपालले सत्ता गठबन्धन आफूहरूकै पहलमा बनाएको दाबी गरे।
‘आज गठबन्धनलाई धारे हात लगाएर कमजोर पार्न र यसबाट हाम्रो पार्टीलाई बाहिर निकाल्नको लागि जुनसुकै किसिमको षड्यन्त्र भइरहेको छ। त्यसबाट होसियार हुनुपर्छ। गठबन्धनलाई बलियो बनाउनुपर्छ। यो बनाउन हामीले नै भूमिका खेलेका हौं , उनले भने।
Facebook Comments Box