Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : वैदेशिक रोजगार बोर्डले रोजगारीका क्रममा विदेशमा मृत्यु भएका श्रमिकका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने भएको छ। यसअघि बोर्डले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका श्रमिकको मृत्यु भएको अवस्थामा मृतकका परिवारलाई ७ लाख दिँदै आएको थियो। यस्तो सहायता वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकले वैदेशिक रोजगार कल्याणकारी कोषमा जम्मा गरेको रकमबाट बोर्डले प्रदान गर्दै आएको छ। वैदेशिक रोजगारीमा जाने श्रमिकले तीन वर्षसम्मको श्रम स्वीकृति लिँदा एक हजार पाँच सय र तीन वर्षभन्दा बढीको श्रम स्वीकृतिका लागि दुई हजार पाँच सय रुपैयाँ अनिवार्य रूपमा कल्याणकारी कोषमा रकम जम्मा गर्नुपर्ने व्यवस्था छ।

Read More

काठमाडौं : बालुवाटारस्थित ललिता निवास प्रकरणमा पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ। अदालतले ललिता निवास प्रकरणमा पक्राउ परेका २० जनालाई थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बताएको हो। ब्युरोले ललिता निवासको जग्गा अनियमितता आशंकमा हालसम्म २० जनालाई पक्राउ गरेर संगठित किर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आँखा पाक्ने रोग (भाइरल कन्जङ्क्टिभाइटिस) लागे आत्तिनु नपर्ने जनाएको छ । मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीले अहिले मुलुकभरका विभिन्न ठाउँमा आँखा पाक्ने रोग देखिएकाले नआत्तिई घरमा बसेर उपचार गर्न आग्रह गरे। उनले घरमा आँखाको स्याहार गरे सङ्क्रमण एकदेखि दुई हप्ताभित्रमा निको हुने बताए। हाल नेपालका विभिन्न जिल्लामा आँखा पाक्ने रोग देखिएकाले देशभरिका आँखा अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको मन्त्रालयले जनाएको छ । सङ्क्रमित व्यक्तिसँग नजिकको सम्पर्कमा नजाने, विद्यालय, बजार र सङ्क्रमित व्यक्ति भिडभाडमा हुने ठाउँ/सार्वजनिक स्थानमा नजाने, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रुमाल, टावेल, सिरानी, तन्ना प्रयोग गर्न नहुने उनले बताए ।

Read More

काठमाडौँ : सरकारले अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रम र श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका लागि आवश्यक पर्ने राजपत्राङ्कित अधिकृतस्तरका ७१५ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय भएको हो ।

Read More

एजेन्सी: इटालीको लाम्पेडुसा टापुमा डुङ्गा पल्टिँदा कम्तीमा ४१ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा बाँचेका चार जनाले आफूहरू ट्युनिसियाबाट इटाली जानका लागि डुङ्गा चढेको बताएका बीबीसीले जनाएको छ । उद्धार गरेर बाँच्न सफल चार जना आप्रवासी आइभोरी कोस्ट र गिनीका बासिन्दा हुन् । एक कार्गो जहाजले उनीहरूलाई उद्धार गरी इटालीको तट रक्षकलाई बुझाएको थियो । ट्युनिसियाको स्फ्याक्स बन्दरगाहबाट ४५ जना डुङ्गामा चढेकोमा केही घण्टापछि डुबेको खबरमा उल्लेख छ । अवैध आप्रवासीका लागि प्रमुख ‘ट्रान्जिट’ मानिने ट्युनिसियाको स्फ्याक्स बन्दरगाह सहर इटालीको लाम्पेडुसा टापुबाट एक सय ३० किलोमिटर टाढा रहेको छ । यो वर्ष अहिलेसम्म उत्तर अफ्रिकाबाट युरोप जाने क्रममा एक…

Read More

धनगढीः धनगढीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका-८ का २६ वर्षीय रोहित राना र सोही ठाउँका १८ वर्षीय किशोर रहेका छन् । उनीहरुलाई धनगढी-२ त्रिनगरबाट ६५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Read More

पर्सा: १६ वर्षीया किशोरीलाई १७ वर्षीय किशोरले टेलिफोनमार्फत जिस्क्याएको विषयलाई लिएर कुटपिट हुँदा एक युवकको मृत्यु भएको छ । पर्सागढी नगरपालिका–४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन महमद अन्सारीको मृत्यु भएको हो । कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मिया अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारीलाई पक्राउ गरेको छ । वकिल महमद र अली महमद अन्सारीबीच शनिबार राति झै–झगडा तथा कुटपिट हुँदा अबतुल्लाह मिया अन्सारीले चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएका जमुदिनको एलएस न्युरो अस्पताल बारामा बुधबार बिहान मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पर्साले थप अनुसन्धान गरिरहेको छ ।

Read More

धनगढीः बैतडीमा सर्पको टोकइबाट एक किशोरीको मृत्यु भयो। जिल्लाको पञ्चेश्वर गाउँपालिका–४ फ्याउलीकी १६ वर्षीया अनिता चन्दको सर्पको टोकाइबाट मृत्यु भएको थियो। तर केही मिडियाले भने त्यसलाई छाउपडीको रंग दिएर प्रस्तुत गरेको आफन्तले आरोप लगाएका छन्। विभिन्न सरकारी तथा गैरसरकारी मिडियाले अनितालाई महिनावारी भएको बेला गोठमा बसाइएको र सर्पले टोकेर ज्यान गएको भन्दै प्रसारण तथा प्रकाशन गरेका थिए। तर वास्तविकतामा भने त्यसो नभएको पाइएको छ। जिल्ला प्रशासन कार्यालय बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले मंगलबार घरभित्र नै सुतेको अवस्थामा सर्पले टोकेको र बुधबार बिहान अनिताको ज्यान गएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। आफूले परिवारका सदस्यलाई सम्पर्क गरेर बुझ्दा मृतक अनिता छाउपडी नभएको र…

Read More

दार्चुला: दार्चुलाको एक पसलमा आगलागी भएको छ । जिल्लाको महाकाली नगरपालिका-४ रिङन ताल नजिक तिंकर सडकखण्डमा रहेको जमन सिंह धामीको धामी ट्रेडर्स एण्ड ईलेक्ट्रोनिक पसलमा आगलागी हो । मंगलवार राति १० बजेतिरको समयमा अचानक विद्युतको तार सर्ट भई आगलागी भएको प्रहरीले बताएको छ । आगलागी राति नै प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक (डीएसपी) तर्कराज पाण्डेयले बताए । पसलका ईलेक्ट्रिक सामानहरू जलेका र क्षतिको विवरण खुल्न बाँकी रहेको उनले बताए ।

Read More

कृष्णनगर: कपिलवस्तुको कृष्णनगर नगरपालिका–५ बगहीका एकै घरका दाजुभाइको पोखरीमा डुबेर मृत्यु भएको छ । यादव दाजुभाइको मृत्युपछि बगही गाउँ शोकमा डुबेको छ । उक्त गाउँका रामअवतार यादवका छोरा सात वर्षीय साजन र पाँच वर्षीय राजनको घर नजिकैको पोखरीमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मण ओलीले जानकारी दिए । खोजतलास गर्ने क्रममा आज बिहान ७ बजे डुबेको अवस्थामा शव फेला परेको थियो । माटो निकालेर पानी जमेको पोखरीमा दाजुभाइको शव फेला परेको उनले बताए । मङ्गलबार बेलुकादेखि हराएका दाजुभाइको शव घर नजिकैको पोखरीमा फेला परेपछि तौलिहवा जिल्ला अस्पतालमा शव परीक्षण गरी परिवारको जिम्मा लगाइएको र घटनाको विषयमा थप…

Read More