Author: महेन्द्रनगर पोष्ट

धनगढी: नेपाल प्रहरीको सुदूूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को नयाँ टिम गठन भएको छ। प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भरतबहादुर बोहराले नयाँ टिम गठन गरेका हुन्। स्रोतका अनुसार एक साताअघि मात्रै उक्त टिम गठन गरिएको हो। यसअघि कञ्चनपुरको बेलौरीमा होटल सञ्चालकमाथि आरआइटीमा कार्यरत प्रहरीले आक्रमण गरेको आरोप लागेपछि दरबन्दी फिर्ता गर्दै आरआइटीको टिम नै खारेज गरिएको थियो। सो घटनापछि दरबन्दी फिर्ता गर्दै प्रदेश अनुसन्धान समूहका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक केशवराज जोशीसहितका ७ जना प्रहरीलाई सम्बन्धीत ठाउँमा रमाना गरेर पठाइएको थियो।आक्रमणको आरोप दुई जना प्रहरीमाथि मात्रै लागेकोमा टिम नै खारेज गरिएको थियो। त्यसबेला सहायक हवलदार दिप पाण्डे…

Read More

डडेल्धुराः डडेल्धुराका निर्माण व्यवसायी आन्दोलित बनेका छन् । सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सबै आयोजनाको एकमुष्ट रुपले म्याद थप हुनु पर्ने लगायतका ९ बुँदे माग अघि सार्दै निर्माण व्यवसायीहरूको राष्ट्रिय भेलाले दिएको म्यान्डेट अनुसार निर्माण व्यवसायी संघ डडेल्धुराले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् । ‘निर्माण व्यवसायी एकता जिन्दावाद, अव्यवहारिक मालस्टोन खारेज गर, जुनसुकै अवधिका ठेक्काको मूल्य समायोजन गर, उपभोक्ता समितिबाठ निर्माण कार्य गर्ने नियम खारेज गर, विभिन्न निकायमा काम गरे बाफतको रकम तुरुन्त भुक्तानी गर’ लगाएतका माग अगाडि सारेका छन्। जिल्ला प्रशासन अगाडि आन्दोलकारीहरूले प्लेकार्डसहित नाराबाजी समेत गरेका थिए। निर्माण व्यवसायी संघ डडेल्धुराका अध्यक्ष भवानीदत्त अवस्थीले निर्माण व्यवसायीलाई सरकारले…

Read More

डडेल्धुरा : डडेल्धुरा सदरमुकामको बसपार्कमा रहेको एनएमबी बैंकको शाखा नयाँ ठाउँमा स्थानान्तरण भएको छ। जिल्ला सदरमुकामको मुख्य बजारमा सडक विस्तार भएसँगै एनएमबि बैंक पनि विस्थापित भएको थियो। अहिले सो शाखा नयाँ व्यवस्थापनका साथ बगरबाटा सडक खण्डमा रहेको पुरानो गार्डेन मार्ट रहेका भवनबाट सेवा विस्तार गरेको हो। एनएमबी बैंक लिमिटेड डडेल्धुरा शाखा विगत लामो समयदेखि डडेल्धुरा बसर्पाकबाट आफ्नो सेवा दिँदै आएको थियो। आइतबारदेखि नयाँ ठाउँमा स्थानान्तरण भई सेवा सुचारु गरिसकेको छ। ग्राहकहरूलाई सेवा दिनका लागि थप व्यवस्थापनका साथ नयाँ भवनमा कार्यालय सारेको हो। यस ठाउँबाट ग्राहकलाई सन्तुष्टि दिन र सेवालाई दु्रत गतिमा लैजाने किसमले कर्मचारी समेत परिचालन र निर्देशन गरिएको सेवा…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टी र नेपाल सदभावना पार्टीबीच एकता भएको छ । आज जनकपुरधाममा दुबैतिरका शीर्ष नेतासहित ठूलो संख्यामा कार्यकर्ता उपस्थितिमा पार्टी एकीकरण घोषणा गरिएको हो । नागरिक उन्मुक्तिका नेता रेशमलाल चौधरी र सदभावना पार्टीका केन्द्रीय अध्यक्ष रामकुमार महतोबीच तीन बुँदे सहमति भएको छ । सहमतिअनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाममा नागरिक उन्मुक्ति पार्टी हुनेछ । त्यस्तै, महाधिवेशमसम्म झण्डा, चुनाव चिन्ह्र, छाप र विधान नागरिक उन्मुक्ति पार्टीले प्रयोग गर्दै आएको हुने सहमति पत्रमा उल्लेख छ । केन्द्रीय निकायदेखि स्थानीय तहसम्म पदाधिकारी तथा सदस्यहरुको समायोजन दुवै पार्टीबीचको आन्तरिक सहमतिअनुसार हुने जनाइएको छ ।

Read More

काठमाडौँ : आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौँको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो। प्रहरीले अनुसन्धानको लागि उनको फोन प्रहरी प्रधान कार्यालय नक्सालको डिजिटल फरेन्सिक ल्याबमा पठाएको थियो। त्यहाँबाट पठाएको उक्त रिपोर्टबाट सुसाइड नोट भएको खुलेको हो। सुसाइड नोटमा उनले आफ्नै गल्तीका कारण आत्महत्या गरेको र कसैलाई पनि दोषी नबनाउन उल्लेख गरेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : हवाई टिकटमा भ्याट (मूल्य अभिवृद्धि कर) लगाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले टिकटमा भ्याट लगाउने सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले दायर गरेको रिटमा आज बहसपछि सर्वोच्चले तत्काल उक्त निर्णय कार्यान्वयन नगर्न आदेश दिँदै सरकारी पक्षलाई छलफलका लागि बोलाएको छ । नाट्टाले हवाई टिकटमा भ्याट लगाउने सरकारको निर्णय गैरकानुनी र अव्यवहारिक भएको भन्दै यसले नेपालको पर्यटन उद्योगलाई थप संकटमा पार्ने जिकिर गर्दै उत्प्रेषणक आदेशले बदर गर्न माग गरेको थियो ।

Read More

धनगढी : कैलालीको कैलारी गाउँपालिकाले ११ जना कर्मचारीलाई सेवाबाट हटाएको छ । गाउँपालिकामा झण्डै छ वर्षदेखि करारमा कार्यरत कर्मचारीहरुलाई साउन १ गतेदेखि सेवाबाट हटाएको हो । कैलारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐरले गाउँ कार्यपालिकाले करार कर्मचारीको करार म्याद साउनदेखि नवीकरण नगर्ने निर्णय गरेको जानकारी दिए । गाउँपालिकाले करारमा रहेका सब इन्जिनियरदेखि कार्यालय सहयोगीलाई सेवाबाट हटाएको हो । सेवाबाट हटाइएका कर्मचारीले भने बिना कारण आफूहरुलाई निष्कासन गरिएको भन्दै आपत्ति जनाएका छन् ।

Read More

काठमाडौँ – बागमती प्रदेश सरकारले विभिन्न कार्यालय तथा निकायका लागि दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। आइतबार बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले सरकार मातहत काम गर्दै आएका अस्थायी र करारका एक हजार पाँच सय ९५ दरबन्दी स्वीकृत गरेको प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले जानकारी दिए।।

Read More

काठमाडौँ : चितवनको मुग्लिन-नारायणगढ सडक-खण्डमा पुनः दुईतर्फी सञ्चालनमा आएको छ। पहिरो खसेर नारायणगढ-मुग्लिन सडक खण्ड बिहान ९ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको भएको थियो। इच्छाकामना गाउँपालिका-६ स्थित कालिखोलामा माथिबाट लेदोसहितको पहिरो खसेर अवरुद्ध भएको सडक पन्छाएपछि सञ्चालनमा आएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ। आइतबार दिउँसो करिब ३ बजेदेखि दुईतर्फी नै यातायातका साधन सञ्चालन गराइएको सो कार्यालयले जानकारी दिएको छ।

Read More

धनगढीः कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव सामुदायिक वनभित्र फेला परेको छ। जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। खुट्टा, मेरूदण्डलगायत शरिरका भाग फेला परेको स्थानीयले बताए । ढुंगाले चेपेर राखेको अवस्थामा अस्थिपञ्जर फेला परेको हो। मन्जुलाई श्रीमानतर्फका आफन्तले मारेर जंगलमा फालेको आरोपसमेत लागेको छ। उनको हत्या गरेको हुन सक्ने अनुमान छ। घटनास्थलमा डोरीसमेत भेटिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट प्रहरीहरू घटनास्थल गएका छन्। थप अनुसन्धान गरेपछि मात्रै घटनाबारे विस्तृत जानकारी दिन सकिने प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

Read More