Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ । आजको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावली विपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लङ्घन भएको टिप्पणी गरिन् । उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरेकी छन्। एमालेको पछिल्लो अन्तर पार्टी निर्देशनमा एम अधिकारी (खोटाङ) लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । एमाले सांसदहरुले भने अर्थमन्त्रालयले बजेटमार्फत गरेको नीतिगत भ्रष्ट्राचारलाई लुकाउन…

Read More

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाको उपसभामुख पदका लागि यही असार ३१ गतेका लागि चुनावको मिति तोकेका छन् । जारी प्रतिनिधिसभाको बैठकमा उनले उपसभामुख पदको निर्वाचन असार ३१ गते हुने भन्दै सोहीअनुसारको सूचना निकाल्न संसद सचिवालयलाई निर्देशन दिए। २०७६ माघ ६ गते तत्कालीन उपसभामुख शिवमाया तुम्वाहाम्फेले राजीनामा गरेपछि रिक्त पदमा अब नयाँ उपसभामुख चयन हुने भएको छ। राष्ट्रियसभाको उपाध्यक्ष पद पनि रिक्त छ। सांसद्‍हरुले उपसभामुख र उपाध्यक्ष चयन हुन नसकेको भन्दै आवाज उठाउँदै आएका छन् ।

Read More

काठमाडौं – सुदूरपश्चिममा मुख्यमन्त्री र बजेटको संशोधनको माग गर्दै प्रदेश सभा बहिष्कार गरेका प्रमुख प्रतिपक्षी एमालेसहितका विपक्षी दलबीचको वार्ता निष्कर्षविहीन भएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले नेकपा एमाले, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा छलफलका लागि बोलाएकोमा बैठक विना निष्कर्ष सकिएको हो । प्रतिपक्षी दलले बजेट संशोधनबारे मुख्यमन्त्री भट्टलाई १४ बुँदे सुझावसहितको मागपत्र बुझाएको छ । नेकपा एमालेका प्रमुख सचेतक लिलाधर भट्टले सरकारसँगको छलफल सकारात्मक भए पनि कुनै सहमति भने हुन नसकेको बताए । भट्टले प्रतिपक्षी दलकातर्फबाट मुख्यमन्त्रीलाई सुझावसहितको १४ बुँदे माग पत्र बुझाइएको बताएपनि त्यसमा के-के कुरा उल्लेख गरिएको छ भनेर खुलाउन चाहेनन् ।…

Read More

एजेन्सी – अमेरिकाको न्युयोर्कस्थित एनवाईयू लेंगोन हेल्थका शल्यचिकित्सकहरूले आनुवंशिक रूपमा मोडिफाइ गरिएको सुँगुरको मुटु दुई जना ब्रेन डेड बिरामीहरूमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । जीवित व्यक्तिमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको यो पहिलो सफल कार्य हो । विज्ञहरूका अनुसार यो चिकित्सा क्षेत्रका लागि उत्साहजनक कदम हो । यस सफल प्रत्यारोपणसँगै मानव अंगहरूको अभावलाई सम्बोधन गर्न सुँगुरका अंग प्रयोग गर्ने दीर्घकालीन लक्ष्यको एक कदमनजिक पुगेको अनुसन्धानकर्ताहरूले बताएका छन् । शल्यक्रियापछिका दिनमा मुटुले सामान्य काम गरेको चिकित्सकहरूले बताएका छन् ।जुन र जुलाईमा तीन दिनको प्रयोगमा अस्वीकारको कुनै संकेत नदेखिएको उनीहरूले बताएका छन् । यही मार्चमा एक ६७ वर्षीय पुरुषको हृदय रोगका कारण मृत्यु…

Read More

काठमाडौं – बुधबार सुन-चाँदीको मूल्य घटेको छ। आज सुन प्रतितोला ९४ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ भने चाँदी प्रतितोला ११ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन सुन प्रतितोला ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यसर्थ, सुनको मूल्यमा आज प्रतितोला दुई सय रुपैयाँ गिरावट देखिएको हो। त्यसैगरी, महासंघका अनुसार अघिल्लो दिन चाँदी प्रतितोला ११ सय ७५ रुपैयाँमा कारोबार भएको थियो। बुधबार अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले मर्यादाक्रम निर्धारण सम्बन्धी मस्यौदा छलफलका लागि प्रस्तुत गरेका थिए। वरियताबारे प्रदेश सभापतिहरूले असन्तुष्टि व्यक्त गरेका थिए। मंगलबारको बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु चित्रलेखा यादव, उमा रेग्मी, जीपछिरिङ लामा, पद्मनारायण चौधरी, आनन्दप्रसाद ढुंगाना, शंकर भण्डारी, मीनबहादुर विश्वकर्मालगायतले धारणा राखे। बैठकमा सरकार र पार्टी नेतृत्वको आलोचना भएको थियो। सभापति शेरबहादुर देउवाले पार्टीको विधानलाई कुल्चिएको आरोप पनि लागेको थियो। पार्टीमा स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा छलफल भइरहेको छ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन । काठमाडौंमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन । १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

Read More

दार्चुला – दार्चुलाको व्यासँ गाउँपालिका वडा नं २ दुम्लिङ्ग क्षेत्रमा नेपाल भारत अस्थाई काठेपुल संञ्चालनको लागि माग गरिएको छ । मंगलबार त्येहाका स्थानीयहरुले जिल्ला प्रशासन कार्यालय दार्चुलामा पुगि प्रमख जिल्ला अधिकारी मार्फत गाउँपालिकाको वडा नं २ अन्तरर्गत पर्ने दुम्लिङ्ग क्षेत्रमा अस्थाई काठेपुल संञ्चालनका लागि माग गरेको हो । विकासको दृष्टिकोणले र भौगोलिक कारणबाट अन्नबाली अत्यन्त न्युन उत्पादन हुने तथा सधै भारतको बजार धारर्चुला पांगला गर्वाधारमा नुनतेल चावलका लागि निर्भर हुनुपर्ने बाध्यता भएकाले यो क्षेत्रमा स्थानीयहरुले नेपाल भारत अस्थाई काठेपुल संञ्चालनको लागि माग गरिएको स्थानीय प्रभात बुढाथोकीले बताउनु भयो । उनका अनुसार दार्चुला सदरमुकामबाट ४५ किलोमिटर टाढा रहेको यो क्षेत्रमा दुम्लिङ्ग…

Read More

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीभित्रका लागि नयाँ मर्यादाक्रम निर्धारण गर्ने तयारी गरेको छ । प्रस्तावित वरीयताक्रमको मस्यौदाअनुसार एकदेखि पाँचौँ वरीयतासम्ममा शेरबहादुर देउवा पर्ने देखिन्छन् । वरीयताक्रममा एकदेखि पाँँचौँ क्रमशः केन्द्रीय सभापति, पूर्व केन्द्रीय सभापति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री र संसदीय दलका नेता रहने व्यवस्था गरिएको छ । जसमा देउवाबाहेक अरु नेता कांग्रेसमा छैनन् । १२१औँ वरीयताक्रम निर्धारण गरेको कांग्रेसले १२० औँमा क्रियाशील सदस्य र १२१ औँमा नेपाली कांग्रेस सदस्य रहने उल्लेख छ । वरीयताक्रमबारे विवाद उत्पन्न हुन थालेपछि सभापति देउवाले सहमहामन्त्रीहरू जीवन परियार, डिना उपाध्याय र बद्री पाण्डेलाई मर्यादाक्रमको मस्यौदा तयारी गर्ने जिम्मेवारी दिएका थिए । उक्त जिम्मेवारी पूरा गर्दै मंगलबार पार्टी केन्द्रीय समिति…

Read More

काठमाडौँ – गृह मन्त्रालयले तीन जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) हेरफेर गरेको छ । गृहले भोजपुरमा हरिप्रसाद घिमिरे, खोटाङमा सूर्य सेढाइ र कञ्चनपुरमा गोपाल अर्याललाई सिडिओ बनाएर पठाएको छ । गृह मन्त्रालयका अनुसार, भोजपुरका सिडिओ वासु कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र खोटाङका फणिन्द्र दाहाललाई गृह मन्त्रालयमा सरुवा गरेको छ। कञ्चनपुरका रामप्रसाद पाण्डे गृह मन्त्रालयबाट बाहिर निस्किएका छन् । उनलाई सामान्य प्रशासन मन्त्रालयले सरुवा गरेको हो । गृह मन्त्रालयले गत शुक्रबार सिडिओ सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रालयले आइतबार निर्णय कार्यान्वयन गरेको हो ।

Read More