Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शुक्रबार भारत जाने भएका छन्। शुक्रबार भारत गएर उनी साउन १ गते स्वदेश फर्किने कार्यक्रम छ। राजनीतिक भेटघाटका लागि उनी भारत जान लागेको माओवादीका एक नेताले जानकारी दिए। तर प्रचण्डले गर्ने भेटवार्ताको तालिका भने आइसकेको छैन।

Read More

दार्चुला – व्यासँ गाउँपालिका वडा नं १ छाङरुका भास्कर सिह लाला नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अध्यक्षमा चयन भएका छन । उनी सर्वसम्मत अध्यक्षमा चयन भएको बताइएको छ ।भास्कर सिह लाला व्यासँ गाउँपालिकाका स्थानीय बासिन्दा हुन । दार्चुलाबाट उनी चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्ष बन्ने पहिला व्यक्ति हुन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था नेपाल चार्टर्ड एकाउन्टेडस ऐन २०५३ अन्तरर्गत स्थापना भएको नियमनकारी निकाय हो । यसले नेपालमा लेखा सम्बन्धि पेशा तथा शिक्षा क्षेत्रलाई नियमित गर्न नियमनकारी निकायको रुपमा काम गर्ने गरेको छ । यस संस्थाले चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको पहिलो विद्यार्थी सन् १९९९ मा भर्ना लिएको थियो भने सन् २००२ मा पहिलो चार्टर्ड एकाउन्टेन्ट…

Read More

काठमाडौं – प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बैठक दिउँसो ३ बजेका लागि बोलाइएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ संसदमा पेस गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसअघि हिजोको बैठकमा गृहमन्त्री खाँणले नागरिकता विधेयक सदनमा प्रस्तुत गरेका थिए । साथै हिजोकै बैठकमा सभामुख अग्नि सापकोटाले उपसभामुखको निर्वाचन प्रक्रिया थाल्न संसद् सचिवालयलाई निर्देशन दिएका थिए । उपसभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुने भएको छ ।

Read More

काठमाडौं – प्रतिनिधि सभाको उपसभामुख चयनका लागि बिहीबार मनोनयन दर्ताको काम हुँदैछ । आज बिहीबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ। त्यस्तै, १:३० बजे दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रमानुसार सूची प्रकाशन गरिनेछ। उपसभामुखको निर्वाचन भोलि शुक्रबार दिउँसो ३ बजे हुनेछ। शुक्रबार दिउँसो ३ बजे प्रारम्भ हुने प्रतिनिधि सभाको बैठकमा ‘उपसभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र दर्ता क्रमानुसार निर्णयार्थ प्रस्तुत गर्नेु कार्यसूची छ।

Read More

– प्रकाशकीय अक्सफोर्ड मिडिया प्रा.लि.द्वारा प्रकाशित/प्रसारित महेन्द्रनगरपोष्ट डटकम (www.mahendranagarpost.com) आजबाट तेस्रो वर्षमा प्रवेश गरेको छ । महेन्द्रनगरपोष्ट राजनीति, अर्थतन्त्र, समाज, अपराध, विचार र मनोरञ्जनका समष्टिगत जानकारी दिने डिजिटल पत्रिका हो । कुनै ठाउँ विशेषको नाम रहे पनि विश्वभरी छरिएका नेपालीभाषी आम पाठकहरुका निम्ति खोज खबर पस्किने यसको जिम्मेवारी र उत्तरदायित्व हो । पत्रकारिताका नयाँ र नवीन आयामलाई पछ्याउँदै जनतामाझ सूचनाको पोको पन्त्यौरो खोली सुसूचीत गराउने, जनमानसको आवाजलाई बोक्ने लक्ष्य सहित दुइ वर्ष अघि महेन्द्रनगरपोष्ट अनलाईन पत्रिका पाठक माझ आएको थियो । पछिल्ला दुई वर्षमा हामीले पाठकको उत्साहप्रद सहभागिता र माया पाएका छौं । जसले हामीलाई अझ दृढतापूर्वक सूचना कर्ममा डट्ने उर्जा…

Read More

धनगढी – धनगढी उडेको बुद्ध एयरको जहाजभित्र चुरोट तान्ने एक यात्रुलाई प्रहरीले पक्राउ गरेको छ । बुद्ध एयरका सूचना अधिकृत दीपेन्द्र कर्णका अनुसार उडान नं २५३ बाट बुधबार अपरान्ह काठमाडौंबाट धनगढी उडेको जहाजको सीट नं ‘११ ए’मा बसेका एक यात्रुले शौचालय छिरेर चुरोट तानेका थिए । त्यसपछि उनलाई उडानमा खटिएका कर्मचारीले उडान अवधिभर निगरानीमा राखेका थिए । धनगढी अवतरण भइसकेपछि उनलाई धनगढी प्रहरीको जिम्मा लगाइएको कर्णले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय कैलाली टीकापुर नगरपालिकाका अन्दाजी २८ वर्षीय नारायण उपाध्यायलाई पक्राउ गरि अनुसन्धान भइरहेको जनाएको छ ।

Read More

दार्चुला – शैल्यशिखर नगरपालिका–१ बलाँचमा रहेको चमेलिया जलविद्युत आयोजनाको सुरक्षामा आजदेखी सशस्त्र प्रहरी खटिएको छ । यसअघि नेपाली सेनाले सुरक्षा गर्दै आएको चमेलियामा आजबाट सशस्त्र प्रहरी खटिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका गणपति त्रिभुवन विष्टले जानकारी दिनुभयो । २०७४ सालदेखि सशस्त्र प्रहरीको सुरक्षा जिम्मामा रहेको चमेलिया जलविद्युत आयोजना २०७७ सालमा नेपाली सेनालाई दिइएको थियो । सशस्त्र प्रहरीलाई सीमाको सुरक्षामा खटाउने सरकारले निर्णय गरेपछि बलाँचमा रहेको जलविद्युतको सुरक्षाका लागि नेपाली सेनालाई त्याहा खटाइएको थियो । सेनाले सुरक्षा दिदै आएको चमेलियामा अब सशस्त्र प्रहरीले सुरक्षा दिने भएको छ । नेपाली सेना त्याहाबाट उठ्ने भएपछि गृह मन्त्रालयले पुनः चमेलिया…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा २०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा १७७ जना र एक हजार ९३ जनाको एन्टिजेन परीक्षण गर्दा २९ जना गरी २०६ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ४५ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

Read More

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले अहिलेसम्म मानव अधिकारको उल्लंघन नगरेको बताएका छन् । आफू गृहमन्त्री, परराष्ट्रमन्त्री र प्रधानमन्त्रीसमेत चलाएको आएको भन्दै उनले मानव अधिकार उल्लंघन नगरेको र अब उल्लंघन पनि नगर्ने बताए । उनले भने, ‘मैले गृहमन्त्री समेत सम्हालेर प्रधानमन्त्रीसमेत सम्हालेर आएको, चलाएर आएको किन भनेको भने त्यसो भएर पनि मैले मानव अधिकारको अहिलेसम्म उलंघन गरेको छैन । मैले मानव अधिकारको उलंघन गरेको छैन । र, मानव अधिकारको उलंघन गर्दिन ।’ मानव अधिकार एलायन्सको कार्यक्रममा बुधबार ओलीले अघि भने, ‘त्यसकारण आफूलाई पवित्र सुनपानीले धोएको, दुवोपानी छर्किएको मानव अधिकारवादी कसैले ठानेर हामीलाई चाँही मानव अधिकारको उलंघनकर्ता ठान्ने…

Read More

काठमाडौं – श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्री पदमा रहुन्जेल जनता र पार्टीको हितमा काम गर्ने बचन दिएका छन् । नेकपा एकिकृत समाजवादी जिल्ला कमिटि कञ्चनपुरले बुधबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री कुँवरले जनताले पठाएरै आफु मन्त्री भएकाले पदमा रहुँन्जेल उनीहरुको हितमा काम गर्ने बचन दिएका हन् । उनले जनतालाई सेवा दिनका लागि सामाजिक सुरक्षाको दायरा बढाउन आवस्यक रहेको बताउनु भएको छ । मन्त्री कुँवरले सामाजिक सुरक्षा कार्यालयको व्यवस्थापनका लागि पनि काम भइरहेको बताउनु भयो ।जनताले सजिलै सामाजिक सुरक्षा पाउने व्यवस्थापन गर्ने सरकारको जिम्मेवारी पनि भएको उहाँको भनाई थियो । पार्टीका कार्यकर्तासँग कुराकानी गर्दै मन्त्री…

Read More