Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यीले सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका छन् । उनीहरु दुईबीच काठमाडौंको होटल मेरियटमा आइतबार मध्यान्हमा भेटवार्ता भएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेपश्चात होटल मेरियट होटल पुगेका वाङले त्यसअघि नेकपा एमालेका अध्यक्ष ओलीलाई भेटेका थिए । प्रचण्डसँगको भेटघाटका क्रममा माओवादी केन्द्रका केही नेताहरुसमेत सहभागी भएका छन् । भेटका क्रममा दाहालका साथ नेता नारायणकाजी श्रेष्ठका साथै प्रचण्ड पुत्री गंगा दाहाल पनि रहेका थिए । विदेशमन्त्री वाङ आजै स्वदेश फर्किनेछन् ।

Read More

काठमाडौं – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले परिवर्तनका लागि काम गरेको पार्टी कांग्रेससँग अन्य दलहरुको तुलना नहुने बताएका छन् । नेपाली कांग्रेसको एकमहिने अभियान अन्तर्गत आज राजधानीको बानेश्वरमा आयोजित कार्यक्रम बोल्दै नेता सिंहले यस्तो बताएका हुन् । उनले वर्तमान सत्ता गठबन्ध कांग्रेसको चाहाना नभै मुलुकको बाध्यातामक अवस्थाको कारण बनेको बताए । नेता सिंहले संविधान र लोकतन्त्रमाथि प्रहार भएपछि परिस्थितिलाई सम्हालेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि गठबन्धन निर्माण गरेर जानुपर्ने बाध्यता कांग्रेसलाई आई परेको बताए । स्थानीय निर्वाचनका सम्बन्धमा कांग्रेसले जारी केन्द्रीय समिति बैठकबाट उपयुक्त निर्णय लिने र उक्त निर्णय सबैले पालना गरेर जनतामा जानुपर्ने बताए । यस्तै उनले कांग्रेसका…

Read More

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पार्टीमा प्रवेश गर्नेहरूको लहर रहरलाग्दो भएको बताएका छन् । पार्टीको संगठन विस्तार जारी रहँदा पार्टीमा मानिसहरू जताततै संगठित भइरहेको बताए । समाजवादी प्रेस संगठन नेपालको प्रथम विस्तारित बैठकलाई आइतबार बिहान सम्बोधन गर्दै पार्टी संगठनप्रति मानिसहरूको आकर्षण भइरहेको दाबी गरे । यसलाई सकारात्मक पक्ष भन्दै उनले समाजवादी प्रेस संगठनले तत्काल समाचारको माध्यमबाट सन्देश सम्प्रेषण गर्न सुझाव दिएका छन् । पार्टीलाई निर्वाचनमा जिताउन सहयोग गर्न पनि आग्रह गरे ।

Read More

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आइतबार बिहान प्रचण्ड निवास खुमलटारमा भएको भेटघाटमा मुख्यगरी तीन विषयमा छलफल भएको छ । भेटमा समसामयिक राजनीतिक विषय, स्थानीय निर्वाचन र शान्ति सुरक्षाको वर्तमान अवस्थाबारे कुराकानी भएको थियो । सरकारले ३० बैशाखका लागि स्थानीय तह निर्वाचनको मिति निर्धारण गरेको छ । निर्वाचनको मिति नजिकिँदै गर्दा गृहमन्त्री खाणले सत्तारुढ घटक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटघाट गर्नुभएको हो । स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन चुनावी तालमेल गरेर अगाडि बढ्ने विषयमा कुराकानी भइरहेको छ । त्यस्तै अहिलेको शान्ति सुरक्षाको अवस्था र निर्वाचनमा शान्ति…

Read More

काठमाडौं – प्रदेश १ संसद्को बैठक आज पनि बस्दै छ । संसद् भवन विराटनगरमा दिउँसो १ बजे बस्ने बैठकमा ‘प्रदेश सञ्चार माध्यम व्यवस्थापन गर्न बनेको विद्येयक’ माथि सैद्धान्तिक छलफल हुने भएको छ । ​विद्येयकमाथि बिहीबारदेखि छलफल भइरहेको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले बताए । बैठकमा सांसदहरूले प्रदेशको नामकरण छिटो टुङ्ग्याउनुपर्ने भन्दै दबाब दिँदै आएका छन् । प्रदेश सभा गठन भएको चार वर्ष बितिसकेको छ । तर, अझैसम्म प्रदेश १ नामबिहीन छ । पहिचानको आधारमा नामकरण हुनुपर्ने मत उक्त प्रदेशमा बलियो छ । प्रदेशको नामको रूपमा भने किरात, लिम्बुवान, सगरमाथा, कोसी, किरात–सगरमाथा, किरात–कोसी आएका छन् । प्रदेश संसद्मा रहेकामध्ये अधिकांश…

Read More

काठमाडौं – निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि मतपत्रको डिजाइन तयार पारेको छ । आयोगले ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र हुनेगरी डिजाइन तयार गरेको हो । आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइनलाई शनिबारको बैठकमार्फत स्वीकृत गरेको हो । आयोग उच्च स्रोतका अनुसार ७७ जिल्लामा ७७ प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार पारिएको छ । ‘आयोगले स्थानीय तहको निर्वाचनमा प्रयोग हुने मतपत्रको डिजाइन तयार पारेको छ, ७७ जिल्लामा ७७ वटै प्रकारका मतपत्र प्रयोग गर्नेगरी डिजाइन तयार भएको हो, मतपत्रको आकार १७ देखि ५० लहरसम्मको हुनेछ’ स्राेतले भन्याे। आयोगले मतपत्रमा रहने निर्वाचन चिह्न चार खण्डमा रहनेगरी डिजाइन…

Read More

काठमाडौँ-स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ। आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको हो। २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम राजपत्राङ्कित द्वितीय श्रेणीका अधिकृत स्तरका कर्मचारीलाई मिति २०७८ चैत २९ देखि लागु हुने गरी निर्वाचन अधिकृत नियुक्त गरिएको आयोगले जनाएको छ।

Read More

पोखरा- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले संसारका पर्यटकको आकर्षणको केन्द्र पोखरालाई अब पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले संसारसँग जोड्ने बताएका छन् चीन सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरेसँगै शनिबार सो विमानस्थल निर्माण कम्पनीलाई कदरपत्र प्रदान गर्दै उनले भने, “नेपाली पर्यटन क्षेत्रको गहना पोखरा विश्वकै उत्कृष्ट पर्यटकीय गन्तव्य हो, अब यो अन्तर्राष्ट्रिय पर्यटन बजारसँग सिधै जोडिएको छ, यो विमानस्थलले पोखरालाई विश्वमाझ पु¥याउने छ।” मन्त्री आलेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि अब नेपालको पर्यटन प्रवद्र्धन गर्न तथा नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउन थप टेवा पुग्ने बताए। उनले भने, “पोखरा संसारका पर्यटकहरूको आकर्षणको केन्द्र हो, आफ्नो व्यस्ताबाहेक मलाई लाग्छ नेपाल आएको पर्यटक…

Read More

कैलाली- आगामी स्थानीय तहको निर्वाचनको सुरक्षाका लागि सरकारले आव्हान गरेको म्यादी प्रहरीमा सुदूरपश्चिमबाट मागभन्दा झण्डै तीन गुणा बढी आवेदन परेको छ। नौ हजार ९३७ जना म्यादी प्रहरी माग भएकोमा २९ हजार ६८२ जनाले आवेदन दिएका सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ। आवेदन दिनेमध्ये सात हजार ४६ महिला छन्। सुदूरपश्चिमका विभिन्न जिल्लाबाट दुई सय ६२ जना पूर्वसैनिक, दुई सय १५ पूर्वप्रहरी, ५५ जना पूर्वशसस्त्र प्रहरी र आठ जना पूर्ववन रक्षकले म्यादी प्रहरी बन्न आवेदन भरेका प्रदेश प्रहरी कार्यालयको सञ्चार शाखाका प्रहरी निरिक्षक उपेन्द्रबहादुर बिष्टले जानकारी दिए । सुरक्षा निकायको भर्नामा आवेदन भरेर स्वास्थ्य परिक्षणमा उत्तीर्ण भएका सात सय ५६ जनाले म्यादी…

Read More

काठमाडौं-प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा ३२२ जनाको बढुवा सिफारिस गरेको छ ।  प्रहरी प्रधान कार्यालयले हाल नायब निरीक्षक रहेका ३२२ जनालाई वरिष्ठ नायब निरीक्षकमा बढुवा सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरु २०६७ र २०६८ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् ।  si_-ssi_promotion_suchi_2078-12-12Download

Read More