गौर-रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरि निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ। गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो। सिडियो र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए। एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरि इलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो। सो क्रममा प्रदर्शनकारीहरुले ूनिर्दोषलाई फसाउन पाईंदैन, पक्षपाती सरकाररप्रशासन…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं-पाउल पोग्बाले आफूले विश्वकप जित्दा पाएको मेडल चोरी भएको बताएका छन्। फ्रान्सका यी खेलाडीको मेडल गत साता घरबाटै चोरी भएको हो। गत साता चोरहरू आफ्नै घरमा घुसेर मेडल चोरेर लगेको पोग्बाले बताएका छन्। २९ वर्षीय पोग्बाका अनुसार चोरहरु घरमा छिर्दा उनका बच्चाहरु र उनीहरुको स्याहारको लागि राखिएकी महिला पनि घरमै थिए। ‘मुख्य कुरा के हो भने मेरा बच्चाहरु ठीक छन्’, उनले भने। फ्रान्सले सन् २०१८ मा भएको विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो। पोग्बाका अनुसार चोरहरुले उनकी आमाको गहना र उनको विश्वकपको मेडल चोरेर लगेका हुन्। उनले यो घटनापछि आफूले तत्काल सुरक्षाकर्मी र पत्नीलाई जानकारी गराएको र समग्र परिवार…
काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा हुँदै छ। आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन्। अन्य केही पदमा पनि निर्विरोध चयन भइसकेको बताइएको छ। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ। महाधिवेशनमा देशभरबाट दुई हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन्।
काठमाडौं- बुधवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। त्यस्तै, बुधवार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने…
धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका रवीन चन्द घोषित भए । दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३-१ को सेटले पराजित गरेको छ । गण्डकीले २५-२० र २५-१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९-२५ ले…
अछाम- अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने क्रममा भालुको आक्रमण बाट घाइते भएका हुन। उनको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
कैलाली-कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६ घर भएकी आशा कुमारी चौधरी मंगलवार विहानै ७ बजे नास्ता नखाएर जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा पुगिन्। उमेरले आशा कुमारी चौधरी १९ बर्षकी भईन्। उनी कुनै अन्य कामले भने हाईन् बसको २५० रुपैयाँ भाडा तिरेर स्थानीय तहको निर्वाचनका लागि सरकारले खुल्ला गरेको म्यादी प्रहरीको फाराम भर्न पुगेकी हुन्। उनी विहानै जिल्ला प्रहरी कार्यालय पुगे पनि आवेदन फाराम भने विहान १० बजे लाईनमा लागेर पाईन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीको परिसर भित्र गईन्। फाराम बुझाउने पालो भने दिउसो साढे तीन बजे मात्र आयो। दिनभर खाना नखाएर भोक भोकै फाराम बुझाउनेहरु आशा मात्रै नभएर अन्य…
काठमाडौँ- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल प्रशासन सेवा सहसचिव तर्फको नतिजा प्रकाशित गरेको हो। सहसचिवमा उत्तीर्ण हुनेहरूमा खुल्ला तर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गतर्फ श्यामकृष्ण थापा, महिला तर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन्। २०७८ पुस ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धातर्फ दुई, महिला एक, मधेसी १ र अपाङ्ग गरी ५ पद माग गरिएकोमा अन्तर्वार्ताका लागि खुल्लातर्फ ४, महिलातर्फ ७, मधेसी ३…
काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन्। मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले दाङ्ग, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी दिपायलस्थित श्री नं. ५ बाहिनी अड्डाको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको दौरान उनले बाहिनी अड्डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गरि अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए।
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश गरेकी छन्। मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।