गौर-रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरि निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ।
गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो। सिडियो र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए। एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरि इलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो।
सो क्रममा प्रदर्शनकारीहरुले ूनिर्दोषलाई फसाउन पाईंदैन, पक्षपाती सरकाररप्रशासन चाहिँदैन, पक्षपाती सीडीओलाई बर्खास्त गर, निष्पक्ष निर्वाचनको वातावरण तयार गर, षड्यन्त्रकारी प्रहरी प्रशासन मुर्दावाद, षड्यन्त्रकारी सिडियोलाई कारवाही गर, हर्षाहा सवारी दुर्घाटनाको उच्चस्तरीय छानबिन गर, मुद्दाको वास्तविकता लुकाउनेहरुलाई कारवाही गर, हर्षाहा सवारी दुर्घटनाको वास्तविक दोषीलाई करवाही गर, राजनीतिक प्रतिशोधले निर्दोषलाई फसाउने षड्यन्त्र बन्द गर, सवारी दुर्घटनाको सत्य तथ्य सार्वजनिक गर, लासमाथि राजनीतिक गर्ने घृणित कार्य बन्द गरू जस्ता नाराहरु लगाइएका थिए।
कोणसभालाई सम्बोधन गर्दै जिल्ला अध्यक्ष त्रिभुवन साहले दोषी उम्काएर निर्दोषलाई फसाउने कार्य तत्काल रोक्न चेतावनी दिए। आज शान्तिपूर्ण प्रदर्शन गरिएको भए पनि प्रहरी प्रशासनले गठबन्धन सरकारको इशारामा झालझेल र षडयन्त्र गर्ने कार्य बन्द नगरे जनताले जिल्लाभर प्रतिकार गर्ने र अनिश्चितकालको लागि बन्द हडताल गर्ने बताए। प्रशासनले शान्ति सुव्यवस्था कायम गर्नुको सट्टा जनतालाई झनै भयवित बनाएको बताउँदै अध्यक्ष साहले पाँच दलीय चोर गठबन्धनको सरकारको योजनामा प्रहरी प्रशासन चल्नु शर्मनाक परिवेश भएको जिकीर गरे ।
एक साता अगाडि नागेन्द्र साहको नाममा रहेको बा १७ च ६१६३ नम्बरको स्कार्पियो पिकअपको ड्राइभरले मान्छे पुर्याएर महोत्तरीबाट रौतहट फर्किंदै गर्दा गौर-चपुर सडक खण्डको हर्षाहामा दुर्घटना हुँदा दुई जनाको मृत्यु र दुई जना घाइते भएको थियो।