काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको हो। पूर्वप्रधानमन्त्री नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो। तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषद्कै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो। सोही प्रकरणमा नेपाललाई प्रतिवादी बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो। मन्त्रिपरिषद्को निर्णयमाथि भ्रष्टाचारको मुद्दा चलेको पनि यो पहिलोपटक हो। योसँगै…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: जिम्मेवारी सम्हालेको पाँच महिनामै विवादमा आएपछि इलाका प्रहरी कार्यालय, सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ। उनको ठाउँमा अर्का डीएसपी वेदप्रकाश जोशी आजै त्यहाँ हाजिर हुँदैछन्। वाइवा गत पुसमा त्यहाँ सरुवा भएकी हुन्। केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाका अनुसार केही विषयमा छानबिन गर्नुपर्ने कारण उनलाई प्रधान कार्यालय झिकाइएको हो। जिल्ला प्रहरी कार्यालय, कलैयाका एसपी सन्तोष तामाङले पनि केही सोधपुछका निम्ति उनलाई प्रधान कार्यालयले बोलाएको बताए। जितपुर सिमरा उपमहानगरपालिकाका प्रशासकीय अधिकृत (सहसचिव) शान्तिराज प्रसाईंसँग तेलको कुपनमा विवाद भएपछि उनीविरुद्ध जिल्ला प्रशासन कार्यालय हुँदै प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। सोही विषयमा छानबिनका लागि उनलाई काठमाडौंबाट बोलाहट भएको…
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु भएको छ। खप्तड छेडेदह गाउँपालिका–३ धनाल्तका ४२ वर्षीय जंगबहादुर रावतको उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीका अनुसार रावत अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ परेका थिए। हिरासतमा रहेका बेला स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको थियो। पेट दुखेको गुनासो गरेपछि अस्पताल पुर्याइएका रावतको बुधबार साँझ उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
धनगढी: कैलालीमा तीन जना सवार मोटरसाइकल अनियन्त्रित भएर ट्याक्टरको ट्रलीमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। बिहीबार बिहान सवा चार बजेको समयमा पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका–१ को भालुफटामा से ६ प ४४३६ नम्बरको मोटरसाइकल बिग्रेर सडकमा रोकेको सुपप्र ०१–००२ त ५१५८ नम्बरको ट्र्याक्टरको इन्जिन नभएको ट्रलीमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार घोडाघोडी नगरपालिका–२ बस्ने २४ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले जानकारी दिए। उनकाअनुसार गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा घोडाघोडी अस्पतालमा मृत्यु भएको हो। यस्तै, मोटरसाइकल चालक र पछाडि…
धनगढी: कैलालीस्थित धनगढीको नेपाल–भारत सीमावर्ती सुडा क्षेत्रमा सञ्चालन हुँदै आएको तस्करीको सञ्जाल पर्दाफास भएको छ। गौरीफन्टा कोतवाली प्रहरीले सीमा क्षेत्र हुँदै नेपालबाट भारत लैजान लागेको करोडौं रुपैयाँ बराबरको सेक्स टोय बरामद गरेको हो। भारतीय प्रहरी र भन्सार विभागको संयुक्त अपरेशनमा करिब २० हजार थान चाइनीज सेक्स टोय बरामद गरिएको जनाइएको छ। बरामद गरिएको सामग्रीको एक थानको मूल्य नेपाली बजारमा झन्डै ५,५०० रुपैयाँ र भारतीय बजारमा करिब ३,५०० रुपैयाँ पर्छ। कुल मूल्य करोडौं रुपैयाँ बराबर हुने अनुमान गरिएको छ। स्रोतका अनुसार तस्करीको मुख्य केन्द्र नेपालतर्फ रहेको अवैध सुडा मन्डी थियो। सो सामान कैलालीको भजनीबाट सुखड हुँदै हसुलियाबाट जुगेडा हुँदै पारी पुगेको…
धनगढी: सुदूरपश्चिम प्रदेशमा तीन जनामा काेराेना संक्रमण पुष्टि भएको छ। भारतसँग जाेडिएकाे गाैरीफन्टा नाकामा तीन जनामा काेराेना संक्रमण पुष्टि भएकाे प्रदेश स्वास्थ निर्देशनालयले जनाएको छ। भारतबाट फर्किने ३६ जनाकाे परीक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हाे। भारतमा काेराेनाकाे नयाँ संक्रमण देखिएका बेला त्यहाँबाट फर्किनेहरूमा समेत संक्रमण देखिन थालेकाे हाे।
धनगढी: कैलाली प्रहरीले विभिन्न माध्यममार्फत सूचना तथा समाचारहरू सार्वजनिक गर्दै आए पनि आफ्नै प्रहरी संलग्न गैरकानुनी घटनाहरू भने गोप्य राख्ने गरेको आरोप लागेको छ। यस्तै एक घटना हालै धनगढी क्षेत्रमा सार्वजनिक भएको थियो। जसमा एक प्रहरी जवान लागुऔषध सेवनको अवस्थामा फेला परेका थिए। कारोबारीसमेत रहेका ती जवानलाई पक्राउ पनि गरिएको थियो। तर मुद्दा चलाइएन। उसो त कैलाली प्रहरीका प्रमुख एसपी बाल नरसिंह राणाले आउँदा आउँदै पहिले प्रहरीमै आन्तरिक सुद्धिकरण गर्ने भाषण गरेका थिए। तर व्यवहारमा भने त्यो देखिएन। सुरक्षा स्रोतका अनुसार ती जवान डम्बर साउद हुन्। उनलाई जिल्ला प्रहरीकै टोलीले नसाले लठ्ठ परेका अवस्थामा पक्राउ गरेको थियो। पक्राउ गरेपछि उनलाई…
धनगढी: धनगढी उपमहानगरपालिकाका नगर प्रहरी पुनः समातिएका छन्। जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका धनगढीका नगर प्रहरीहरु फेरी पक्राउ परेका हुन्। कैलालीको धनगढीस्थित त्रिनगर भन्सारका प्रमुख अनन्त तिमिल्सिनामाथि कुटपिट गरेपछि १२ जेठमा पक्राउ परेका धनगढी नगर प्रहरीका प्रमुख लक्ष्मणसिंह धामीसहितका चार जना मंगलबार जिल्ला प्रहरी कार्यालयको हिरासतबाट थुनामुक्त भएका थिए। उनीहरु थुनामुक्त भएपनि भन्सार कार्यालयले भन्सार ऐनअनुुसार अनुसन्धान अघि बढाएपछि फेरी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले भन्सार कार्यालयले भन्सार ऐनअनुसार अनुसन्धान गरिरहेकाले नगर प्रहरीलाई फेरी हिरासतमा राखिएको बताए। पक्राउ परेका मध्ये नगर प्रहरीका सवारी चालक हसनबहादुर मल्ललाई भने स्वास्थ्य समस्याका…
धनगढीः धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ। धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले बताएको छ। दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।
धनगढी: भ्रष्टाचार मुद्दा लागेपछि नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारी सांसद पदबाटै निलम्बित भएका छन्। गैरकानुनी रूपमा सम्पत्ति थुपारेको आरोपमा अख्तियारले १ करोड ८ लाख ३८ हजार ३ सय २ रुपैयाँ बिगो दाबीसहित सोडारीविरुद्ध सोमबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गराएको हो। भ्रष्टाचार निवारण ऐन, २०५९ मा सार्वजनिक पद धारण गरेका व्यक्तिविरुद्ध मुद्दा दर्ता भएपछि त्यो किनारा नलागेसम्म पदबाट निलम्बन हुने उल्लेख छ। योसँगै अब नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम संसदीय दलको नेता पद रिक्त भएको छ। अब उक्त दलमा नयाँ नेता को बन्ला भन्ने चासो बढेको छ। नेकपा एमालेबाट फुटेर बनेको एकीकृत समाजवादीको उपस्थिति सुदूरपश्चिममा तुलनात्मकरूपमा बलियो छ। सुदूरपश्चिम प्रदेश सभामा नेकपा…