Author: Dipak Dhamala

काठमाडौँ । मिटरब्याज पीडित र गृह मन्त्रालयका प्रतिनिधिबीच आज पुनः वार्ता हुने भएको छ । गृह मन्त्रालयका सह सचिव प्रदीप कोइरालाको नेतृत्वको सरकारी वार्ता टोली र मिटरब्याजविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिबीच मंगलबार पनि वार्ता हुन लागेको हो । सङ्घर्ष समितिले अघि सारेका मागका बारेमा आइतबार र सोमबार छलफल भए पनि सहमति नभए पछि मंगलबार पुनः छलफल गर्न लागिएको संयोजक अबधेस कुशवाहले जानकारी दिए । उनका अनुसार मिटरब्याजसँग सम्बन्धित सम्पूर्ण फर्जी लिखत तमसुक, दृष्टि बन्धक, रजिस्ट्रेसन र चेकलगायत मन्त्रीपरिषद् निर्णयबाट अवैध घोषणा गर्दै पीडितलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्नेलगायत ६ बुँदे मागमा सरकारी वार्ता टोली समक्ष राखिएको छ ।

Read More

काठमाडौँ । संघीय संसद् अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७८/०७९, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका ३२ औँ वार्षिक प्रतिवेदन, २०७८/०७९ पेस गर्नेछन् । त्यस्तै राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी थापा रावल (पार्वती) ले राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक वर्ष २०७५/०७६,०७६/०७७ र ०७७/०७८ को वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्याङ्कन प्रतिवेदन, २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।  प्रधानमन्त्री पुष्पकमल दाहालले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन), विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने…

Read More

बैतडी –  बैतडीमा आइतबार चट्याङ लागेर आमा-छोरा घाइते भएका छन्।आइतबार साँझ ५ बजेको समयमा परेको चट्याङ लागेर जिल्लाको पुर्चौडी नगरपालिका-६ की ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद सामान्य घाइते भएका हुन्। यस्तै चट्याङ लागेर दुई भैँसी पनि मरेका र घरमा समेत क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरण समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक प्रहरी प्रवक्ता योगेश खत्रीले बताए। चट्याङ लागेर घाइते भएका आमा-छोराको अवस्था सामान्य रहेको बैतडीका प्रहरी प्रवक्ता खत्रीले जानकारी दिए।

Read More

कञ्चनपुर- विद्युत् लाइन विस्तार गर्ने क्रममा बेलौरी नगरपालिका–८ मा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन्। नेपाल विद्युत् प्राधिकरणका कर्मचारीलाई लाइन विस्तार गर्नबाट भारतीय सीमा सुरक्षा बल (एसएबी)ले अवरोध गरेको हो।  हुलाकी सडकखण्डको कालो पुलदेखि पचुँईसम्मको क्षेत्रमा विद्युत् लाइन विस्तारका लागि पुगेका प्राधिकरणका कर्मचारीलाई माथि कुरा गर्नोस् भन्दै लाइन विस्तार गर्न नदिएका हुन्। हुलाकी सडकको किनारै किनार विद्युत्को पोल गाड्ने कार्य भइरहेका बेला पुगेको एसएसबीको टोलीले कार्य रोकेको प्राधिकरण बेलौरी वितरण केन्द्रका प्रमुख कपिल जोशीले बताए।  विद्युत् लाइन विस्तारका लागि जगदम्बा बेताल कन्स्ट्रक्सनले ठेक्का पाएको छ। चालु आवभित्रै कार्य सक्ने गरी ठेक्का सम्झौता गरिएको छ। विद्युत् लाइन विस्तारमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेपछि पोल…

Read More

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले प्रमुख प्रशासनिक थलो सिंहदरबारको फोहर आज पनि नउठाउने भएको छ । मेयर बालेन्द्र शाहको निर्देशनपछि सिंहदरबारको फोहर उठेको छैन । आज पनि फोहर नउठ्ने महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले बताउनुभयो । फोहर कहिलेदेखि उठाउने भन्ने अनिश्चित छ । ‘हामीले निर्देशन अनुसार काम गर्ने हो’, मानन्धरले भन्नुभयो– ‘सम्भवत: सम्बन्धित पक्षबीच वार्ता र सहमति भए पछि फोहर उठ्ला ।’ अस्ति मेयर शाहले फेसबुकमा स्टाटस लेख्दै सङ्घीय सरकारले सहयोग नगरेको भन्दै सिंहदरबारको फोहर नउठाउने घोषणा गर्नुभएको थियो । उहाँको यो स्टाटस पछि सिंहदरबारको फोहर उठेको छैन । महानगर क्षेत्रको ढल व्यवस्थापनदेखि सुकुम्बासी समस्या समाधानका लागि असहयोग गरेको भन्दै दबाब दिन महानगरपालिकाले…

Read More

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले डाक्टर ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणलाई चुनावी हतियारको रुपमा प्रयोग गर्न खोजिएको बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै उहाँले अडियोलाई चुनावी हतियार बनाउँदै थप आक्रमणका लागि भए भरको शक्ति लगाउन लागिएको आरोप लगाउनु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने अहिले आउँदो वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुने उपचुनावको प्रचारप्रसारमा व्यस्त हुनुहुन्छ । यही बेला चुनावलाई प्रभावित पार्ने खोजिएको उहाँले दाबी गर्नु भएको हो । उहाँले राष्ट्रिय स्वतन्त्र पार्टी भ्रष्टहरुलाई राख्ने र जोगाउने पार्टी नभएको दाबी गर्नु भएको छ । उहाँले लेख्नु भएको छ : ‘पैसाको लेनदेन हुनु…

Read More

काठमाडौं – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आजबाट सुरु हुँदैछ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उदघाटन गर्ने सो महाधिवेशन २७-२९ गतेसम्म चल्नेछ।​ नेपालगञ्जमा हुने महाधिवेसनको उदघाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिए। महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन्। ​ उद्घाटन समारोहमा ओलीको साथै, उपाध्यक्ष रामबहादुर थापा (बादल), महासचिव शंकर पोखरेल, स्थायी कमिटी सदस्य एवम् मोर्चा संगठन इन्चार्ज भानुभक्त ढकाल, पोलिटव्युरो सदस्य महेश बस्नेतलगायतका नेता सहभागी हुनेछन्। कलाकार बद्री पंगेनी, राजा राजेन्द्र, अस्मिता अधिकारी, रवि वड लगायतले सांगीतिक प्रस्तुति दिने कार्यक्रम छ।…

Read More

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले सिंहदरबारको फोहोर उठाउने निर्णय लहडमा अनायासै नगरेको स्पष्ट पारेका छन् ।  बारम्बार गरिएको प्रयासमाथिको बेवास्ता, गैरजिम्मेवारी र लापरबाहीले गर्दा बाध्यात्मक कदम उठाउनु परेको मेयर शाहको प्रस्टोक्ति छ ।  असमन्वयकारी भूमिकाले थुप्रिएको समस्याको चाङ सिंहदरबारले फोहोरमा देखोस् भनेर फोहोर नउठाइएको बताउँदै उनले यो दबाब आवश्यक रहेको बताएका हुन् । सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु परेको शाहको भनाई छ । शाहले भनेका छन्,  ‘सिंहदरबार काठमाडौँ महानगरमै पर्छ । अझ महानगरको कार्यालयबाट ५०० मिटरको दुरीमा सिंहदरबार सुरु हुन्छ । यति हुँदा पनि सिंहदरबारमा बसेको सरकारसँग महानगर पुग्न धेरै कसरत गर्नु पर्छ । संघीय सरकारका रुपमा…

Read More

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक १ बजे बस्नेछ । संघीय संसदको सचिवालयका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महान्यायधिवक्ताको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ । यसैगरी, सञ्चार तथा सुचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रिय सभावाट सन्देश सहित प्राप्त सेवा प्रसारण विद्येयक २०७८ माथी विचार गरियोस भन्ने प्रस्ताव पेश गर्ने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा शीर्ष स्थानको आर्सनलले लिभरपुलसँग २–२ गोलको बराबरी खेलेको छ । गएराति घरेलु मैदान एनफिल्डमा लिभरपुलका लागि मोहम्मद सलाहले ४२औँ र रोबर्टो फर्मिना ८७औँ मिनेटमा गाेल गरे । सुरुवाती दुई गोलको अग्रता लिएको आर्सनलका लागि मार्टिनेलीले ८औँ र गाब्रियल जेससले २८औँ मिनेटमा गोल गरे । बराबरीपछि आर्सनलले शीर्ष स्थानमा ६ अङ्कको अग्रता बनाएको छ । आर्सनलको ३० खेलबाट ७३ अङ्क भएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६७ अङ्क छ भने उसले एक खेल कम खेलेको छ । लिभरपुल भने २९ खेलबाट ४४ अङ्कसहित आठौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेसले लिड्स युनाइटेडलाई ५–१ गोलले हराएको छ…

Read More