Author: Dipak Dhamala

काठमाण्डाै – कञ्चनपुरको बेदकोट नगरपालिकाले १५ शय्याको नगर अस्पताल निर्माण शुरु गरेको छ । बेदकोट ३ स्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोनति गरी नगर अस्पताल निर्माण गर्न लागेको हो । दुई वर्षमा निर्माण सम्पन्न गर्नेगरी २०७८ वैशाख २२ मा सम्झौता गरे पनि ढिलो गरी निर्माण शुरु भएको हो । सम्झौताअनुसार आगामी वैशाखमा निर्माण सम्पन्न गर्ने गरी राजेन्द्र निर्माण सेवासँग नौ करोड ७४ लाख पाँच हजारमा ठेक्का सम्झौता गरेको बेदकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदमराज भट्टले बताए ।  “दुई वर्षभित्र सक्नेगरी २०७८ मा ठेक्का सम्झौता गरेका थियौँ, ढिलोगरी काम शुरु भयो”, उनले भने, “आगामी वैशाखमा निर्माण सम्पन्न गर्नेगरी काम शुरु भएको छ…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई बिशेष सम्बोधन गर्ने भएकी छन् । राष्ट्रपतिको दुई कार्यकाल सकिन लाग्दा राष्ट्रपति भण्डारीले दुबै संसदलाई संयुक्त रुपमा विशेष सम्वोधन गर्ने भएकी हुन् । उनको उक्त सम्बोधनलाई बिदाई सम्बोधनका रुपमा हेरिएको छ । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेकाले यसलाई बिदाई सम्वोधन भनिएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार नेपालको संविधानको धारा ९५ बमोजिम माघ २७ गते दिउँसो ३ बजे बस्ने बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्नेछिन ।

Read More

काठमाडौं – स्पेनिस लिग फुटबलमा बार्सिलोनाले सेभियालाई ३–० ले पराजित गरेकाे छ । आफ्नै मैदानमा आइतबार राति भएको खेलमा बार्सिलोनालाई विजयी गराउन योर्डी अल्बा, गाभि र राफिन्हाले १–१ गोल गरेका हुन् । स्पेसिनस लिगको अर्को खेलमा रियाल मड्रिडलाई रियाल मयोर्काले १–० ले पराजित गरेकाे हाे। त्यसैगरी जिरोनाले भ्यालेन्सीयालाई १–० ले पराजित गर्दा रियाल भालाडोलिडले रियाल सासिडाडमाथि १–० काे जित निकालेकाे हाे । स्पेनिस लिगमा २० खेलबाट ५३ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा रहेकाे छ। समान खेलबाट ४५ अंक जोडेको रियाल मड्रिड बार्साभन्दा ८ अंकले पछाडि रहेकाे छ । ३९ अंकसहित सोसिडाड तेस्रो स्थानमा रहेको छ ।

Read More

काठमाडौं – युरोपेली यूनियन (ईयू) की आयुक्त जुट्टा उर्पिलाइनेन एक दिने भ्रमणका लागि यहि माघ २५ गते बुधबार नेपाल आउने हुनुभएको छ । ईयूको काठमाडौंस्थित राजदूतावासका अनुसार आयुक्त उर्पिलाइनेन बुधबार नेपाल भ्रमणमा आउनु हुने भएकाे हाे । ईयुका अनुसार उहाँले पोषण, शिक्षा र ग्रिन रिकभरी लगायतका एजेन्डामा छलफल गर्ने कार्यक्रम तय भएको छ । प्रविधि, ऊर्जा, यातायात र वातावरणको लागि युरोपेली संघले तय गरेको रणनीतिका विषयमा समेत उहाँले भ्रमणका क्रममा छलफल गर्नुहुने राजदूतावासले जनाएकाे छ ।

Read More

रिक्त मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नहुने काठमाण्डाै – सरकारबाट बाहिरिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई फेरि सरकारमा फर्काउन सत्तारुढ अरु दलहरुले तयारी गरेका छन् । सत्तारुढ मुख्य दलहरु एमाले, माओवादी र राप्रपाका नेताहरुले रास्वपालाई फेरि सरकारमै फर्काउने गरी अनौपचारिक छलफल भइरहेको बताएका छन् । हिजो संसद् बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि सत्तारुढ गठबन्धन जोगाउन प्रयास भइरहेको बताउनुभएको थियो । गृह मन्त्रालयको विवादले सरकार गठनको ४२ दिनमा हिजो रास्वपा सरकारबाट बाहिरिएको हो । सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायमै राखेको छ । रास्वपा बाहिरिएपछि रिक्त रहेको मन्त्रालयमा तत्काल मन्त्री नियुक्त नगर्ने र आफैँले जिम्मेवारी सम्हाल्ने प्रधानमन्त्रीको योजना छ…

Read More

काठमाण्डाै – सांसद अरुणकुमार चौधरीलाई रिहा गर्न माग गर्दै परेको रिटमा आज सोमवार सुनुवाइ हुँदै छ। आइतवार उच्च अदालत दिपायलमा उत्प्रेषण परमादेश रिट दर्ता भएको थियो। १९ माघमा बाँकेको चिसापानीबाट लुम्बिनी प्रदेश प्रहरीले पक्राउ गरेर २० गते चौधरीलाई जिल्ला अदालत पेश गरिएको थियो। सोही दिन अदालतले चौधरीलाई कारागार चलान गरेको थियो। आइतवार उच्च अदालतमा जिल्ला अदालतको फैसला बदर गर्न र धरौटी राखेर रिहा गर्न माग गर्दै रिट दर्ता गरिएको थियो। सोमवार १ नम्बरमा रहेको उक्त रिटमा सुनुवाइ हुने छ। अरुण चौधरीलाई रिहाइको माग गर्दै गजेन्द्र केसी, गम्भीर सिंह ऐरले र सरोज बुढाथोकीले बहस गर्ने छन्। २०६६ भदौ ३ गते लु २ त २११…

Read More

कर्णाली प्रदेश अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम शुरुभएको छ । अस्पताल सुर्खेतको सहकार्यमा मिर्गौला प्रत्यारोपण गरिएको छ । कर्णालीमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो । प्रदेश अस्पताल सुर्खेतमा नवलपरासीको बर्दघाट नगरपालिका–४ निवासी ४३ वर्षीय आमाको मिर्गौला २२ वर्षीय उनको छोरामा सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र प्रदेश राष्ट्रिय प्रत्यारोपण केन्द्रले सात वटै प्रदेशमा प्रत्यारोपण कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको छ ।  काठमाडौं उपत्यका बाहिर सरकारी अस्पतालमा दोस्रो पटक निःशुल्क मिर्गौला प्रत्यारोपण शुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रका तर्फबाट डा. श्रेष्ठ र प्रदेश अस्पताल सुर्खेतका तर्फबाट डा. डम्बर खड्काले गत…

Read More

नेपाल टेलिकमले आफ्नो १९ औं बार्षिकोत्सवको अवसरमा नेपाल प्रहरीलाई प्रशंसापत्र प्रदान गरेको छ । २०७८ माघ १ गतेदेखि २०७९ पुस ३० गतेसम्मको अवधिमा नेपाल टेलिकमको सबैभन्दा बढी सियूजी सेवा प्रयोग गरेकाले नेपाल प्रहरीलाई प्रशंसापत्रले सम्मान गरेको हो ।  वार्षिकोत्सवको अवसरमा आयोजित एक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रसंशा प्रदान गरिन् । नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रहरी बरिष्ठ उपरीक्षक गोपालबहादुर रेग्मीले प्रसंशापत्र ग्रहण गरेका थिए । 

Read More

राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)की उर्मिला अर्याल निर्विरोध हुने भएकी छन् । उपाध्यक्षका लागि तोकिएको मनोनयनको समयमा अर्यालको एक मात्र उम्मेदवारी दर्ता भएको छ। कार्यकाल सकिएको करिब एक वर्षपछि राष्ट्रिय सभा उपाध्यक्ष चयनको प्रक्रिया अघि बढाइएको हो। अर्याललाई सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा (एमाले)लगायतका दलहरूको समर्थन छ।  उपाध्यक्ष चयनको औपचारिक प्रक्रिया सोमबारको राष्ट्रिय सभा बैठकले अघि बढाउने छ। प्रस्तावकले प्रस्ताव गर्ने र समर्थकले समर्थन गरेपछि दलीय आधारमा प्रस्तावमाथि छलफल हुनेछ। प्रस्तावको छलफल सकिएपछि एक मात्र प्रस्ताव भएकाले निर्विरोध भएको घोषणा बैठकमा गरिनेछ।  अर्यालको प्रस्तावकमा माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा हुनुहुन्छ। हाल ५८ सदस्यीय…

Read More

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशमशेर जबराको ९५ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचाररत राणाको आइतबार बिहान साढे ६ बजे निधन भएको हो । जबराका ज्वाईं तथा कांग्रेसका नेता सुनीलबहादुर थापाका अनुसार  आजै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिने छ ।  थापाले भने,  ‘अहिले हामी अस्पतालमै छौं । आधा घण्टापछि थापाथलीस्थिति घरमा लिएर राख्छौं । घर परिवालर आएपछि आज ११ बजेतिर अन्त्येष्टि गर्ने तयारी छ ।’ जबराले संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमअन्तर्गत रहेर सन् १९६२ देखि १९८६ सम्म विभिन्न देशहरूमा प्रतिनिधिको रुपमा काम गर्दै आएका थिए । उनी नेपालको पहिलो गभर्नर तथा पूर्वअर्थसचिव हुन् । उनी हिमालयन बैंकका संस्थापकसमेत…

Read More