Author: Dipak Dhamala

काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् । दोश्रो पटक काठमाण्डौं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भएपछि धनगढी फर्केर विश्वासको मत लिन तयारी गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाडौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीसहति नेता कार्यकर्तासँग भेट गरेका थिए तर विश्वासको मत पाउने सुनिश्चितता भने सो क्रममा हुन सकेको थिएन । तर, गठबन्धन फेरिएसँगै उनले  विश्वासको मत  लिन खोजेका हुन् । ‘उहाँले अब फागुन २० गते भित्रै विश्वासको मत लग्ने गरी तयारी थाल्नु भएको छ, कांग्रेसका एक प्रदेश सभा…

Read More

काठमाडौँ । पर्यटनमन्त्री सुदन किरातीले अति आवश्यक कामबाहेक हेलिकप्टर चार्टर नगर्न अनुरोध गरेका छन् ।घाँटी हेरेर हाड निल्नुपर्ने बताउँदै मन्त्री किरातीले सामाजिक विलासिता अन्त्य गर्नुपर्ने बताएका हुन् । सामाजिक सञ्जालमा मन्त्री किरातीले लेखेका छन्, ‘राष्ट्रिय विपत् र अति आवश्यक काम बाहेक आफ्नो कार्यकालमा हेलिकप्टर नचढ्ने नीति लिएका छौँ । देशको विभिन्न स्थानमा सामाजिक कार्यक्रमको लागी जनताले आफै हेलिकप्टर चार्टर गरेर निम्तो दिए पनि आजसम्म हेलिकप्टर चढेर जाने धेरै कार्यक्रममा गाएका छैनौँ । त्यसको लागी तपाईंहरूसँग क्षमा चाहन्छु । ऋणमा हेलिकप्टर चार्टर नगर्नु हुन सबैलाई अनुरोध छ । आखिरी कोही मन्त्री तपाईंको गाउँमा आउँदैमा तपाईंको खोला खोल्सीहरूमा दूध बग्दैन माटोमा सुन फल्दैन । घाँटी…

Read More

काठमाडौं – एक बर्ष देखी तनहुँ कारागारमा रहेका कलाकार पल शाहले आज छुटदैछन् । जिल्ला अदालत नवलपुरको फैसलाविरुद्ध उच्च अदालत पोखराले आइतबार सफाइ दिए पछि कलाकार शाह आज छुटन लागेका हुन । जिल्ला अदालत नवलपुरले गरेको फैसलामाथि पलले गरेको पुनरावेदनमा उच्च अदालतत पोखरालेले अभियोग दावी नपुग्ने ठहर गरेको थियो । उच्च अदातल पोखरामा न्यायाधीशद्वय डिल्लीराज आचार्य र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजालासले उनी बिरुद्धको अभियोगमा दावी नपुग्ने ठहर गरेको हो । उनलाई नवलपुर जिल्ला अदालतले शाहलाई बाल यौन दुर्व्यवहारमा दोषी ठहर गर्दै साढे २ वर्ष कैद सजाय गरेको थियो । त्यसको बिरुद्ध उनी उच्च अदालत गएका थिए । यसअघि उनले तनहुँ…

Read More

काठमाडौं । संघीय संसद अन्र्तगतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालका अनुसार सोमबार दिउँसो दिनको १ बजे प्रतिनिधिसधा बैठक बस्न लागेको हो । राष्ट्रपति कार्यालयबाट आएको पत्रसहित सांसद सहनाज रहमानको निधनमा शोक प्रस्ताव पारित गरिने बुझिएको छ।

Read More

अस्ट्रेलियाले छैटौं पटक महिला टी२० विश्वकप जितेको छ । केपटाउनमा खेलिएको फाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई १९ रनले हराउन सफल भएको छ । अस्ट्रेलियाले पहिला ब्याटिङ गर्दै १५६ बनाएको थियो । प्रतिउत्तरमा दक्षिण अफ्रिकी टीमले २० ओभरमा ६ विकेट गुमाउँदै १३७ रनमात्र बनायो र १९ रनले पराजित भयो । दक्षिण अफ्रिकाको तर्फबाट ओपनर लोरा वुलवर्टले उत्कृष्ट ब्याटिङ गर्दै ४८ बलमा ६१ रन बनँइन् । वुलवर्टले आफ्नो अर्धशतक ४३ बलमा पाँच चौका तथा तीन छक्काको सहयोगले पुरा गरेकी थिइन् । वुलवर्ट बाहेक ट्रायनले २५ रनको योगदान दिइन् । दक्षिण अफ्रीकी ओपनर ब्रिट्सले १०, कप्तान लुसले ११ रन बनाउ । उनीहरुबाहेक अन्य…

Read More

काठमाडौं- भारतीय जनता पार्टी (भाजपा) का उत्तराख्ण्ड प्रदेश अध्यक्ष महेन्द्र भट्ट र नेकपा एमालेका युवा नेता महेश बस्नेतबीच भेटवार्ता भएको छ। हिजो (आइतवार) राजधानी काठमाडौंमा उनीहरुबीच भेटघाट भएको हो। स्रोतका अनुसार भेटमा समसामयिक घटनाक्रम र नेपाल-भारत सम्बन्धका बारेमा छलफल भएको थियो।

Read More

धनगढी: कंचनपुरको महेन्द्रनगरदेखि धनगढीतर्फ आउदै गरेको हायस दुर्घटना भएको छ। आज (आइतवार) बिहान बा४ख २३०३ नम्बरको हायस शुक्लाफाटा नगरपालिका-११ कलुवापुर नजिकै दुर्घटना भएको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार वाइरिङ्ग सर्टसर्किट भएर दुर्घटना हायस दुर्घटना भएको हो। दुर्घटनामा ४ जना घाइते भएका छन्। उनीहरुमध्ये एक महिलाको अवस्था गम्भीर छ। हायसमा जम्मा ६ जना सवार थिए।

Read More

डोटी – डोटीको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा पहिलाे पटक महिलाको पाठेघरको अप्रेसन सफल भएकाे छ । शैलेश्वरी अस्पतालले बिरामीलाई मध्यनजर गर्दै पाठेघरको अप्रेसनसहितका सेवा सुरु गरेकाे हाे । २०६९ सालमा स्थापना भएको अस्पतालले पछिल्लो समय महिलाको पाठेघरको अप्रेसन, हाड जोर्नी, हर्नियाँ, हाइड्रोशील ऐपेनडिसाइटिसको अप्रेसन लगायतका सेवा सुरु गरेको अस्पतालका निर्देशक आइजङ्ग कुँवरले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी अस्पतालबाट प्रदान हुने सेवा सुविधा सर्वसुलभ बनाउन लागि परेका छौँ, यहाँका महिलामा पाठेघरको समस्या धेरै देखा परेको छ, यो समस्यालाई मध्यनजर गर्दै अस्पतालबाट सस्तो शुल्कमा अप्रेसन गरिरहेका छौँ ।’ यसअघि यहाँ पाठेघरको सफल उपचार नहुँदा यहाँका महिला अप्रेसनका लागि कैलाली तथा छिमेकी देश भारतका पलियाँ, सीतारगञ्ज, खटी लगायतका ठाउँमा जानुपर्ने…

Read More

श्रीलङ्कामा स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगित गरिएको छ । श्रीलङ्काको निर्वाचन आयोगले गएको वर्ष संसदबाट निर्वाचित राष्ट्रपतिले मतदानका लागि आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि स्थानीय तहको चुनाव अनिश्चितकालका लागि स्थगन गरेको जनाएको छ । आउँदो मार्च ९ तारिख अर्थात् यही २५ गते हुनेगरी घोषणा गरिएको थियो । राष्ट्रपति रनिल विक्रमासिङ्घेको प्रशासनले चुनावका लागि आवश्यक १० अर्ब भारतीय रुपैयाँ (झण्डै दुई करोड ७० लाख अमेरिकी डलर) सहयोग उपलब्ध गराउन अस्वीकार गरेकाले निर्धारित कार्यक्रमअनुसार मतदान हुन नसक्ने पाँच सदस्यीय निर्वाचन आयोगले जनाएको छ । यसअघि विक्रमासिङ्घेले आर्थिक सङ्कटका बेला चुनाव गर्नु असहज भएको बताउनुभएको थियो । श्रीलङ्काले लामो समयदेखि अति मुद्रास्फीतिसँगै अत्यावश्यक वस्तुहरूको…

Read More

बैतडी – बैतडीमा साथीहरुसँग वनभोज गएका युवा मृत फेला परेका छन्। जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर ६ शेरा वनभोग गाएका युवा मृत फेला परेका हु्न। दशरथचन्द नगरपालिका वडा नम्बर १० खडेनी घर भएका जीवन बुडाल चौलानी नदी किनारमा मृत फेला परेका प्रहरीले बताएको छ। उनी शनिवार दिउँसो साथीहरुसँग वनभोज गएका थिए। शनिवार राति ९ बजे चौलानी नदीमा उनी मृत फेला परेका प्रहरीले जनाएको छ। घटनास्थलमा प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय बैडतडीले जानकारी दिएको छ। मृतक युवक शनिवार आफन्त केही नातेदारसहित दशरथचन्द नगरपालिका–६, शेरा हुँदै चौलानी नदीको जाडा बगडसम्म वनभोजका लागि गएका थिए।

Read More