महेन्द्रनगर: कञ्चनपुर उद्योग वाणिज्य संघले भारतको उत्तराखण्ड राज्यको राजधानी देहरादुनमा महोत्सव आयोजना गर्ने भएको छ। अहिले त्यहाँ लाग्ने अन्तर्राष्ट्रिय व्यापार मेला र पर्यटन महोत्सवको तयारीलाई तीव्र बनाइएको छ।
संघका अध्यक्ष पिताम्बर जोशीको नेतृत्वमा गएको प्रतिनिधि टोलीले २०८१ माघ ३ गते देहरादुनमा विभिन्न संस्थाहरूसँग बैठक तथा अन्तरक्रिया गरेको छ। उक्त अन्तरक्रियामा आगामी मेलामा भारतीय उद्योगी व्यवसायीहरूको सहभागीता सुनिश्चित गर्न आग्रह गरिएको थियो।
संघका अध्यक्ष जोशीका अनुसार, व्यापार मेला र पर्यटन महोत्सवले दुई देशका उद्योग, व्यापार, र पर्यटन क्षेत्रलाई प्रवर्द्धन गर्न सहयोग पुर्याउने विश्वास लिइएको छ। कार्यक्रममा नेपाली र भारतीय उद्योगी व्यवसायीहरूको सशक्त सहभागिता गराउने उद्देश्यले तयारीलाई तीव्र बनाइएको बताइएको छ।
यो महोत्सवले नेपाल-भारतबीचको आर्थिक, सांस्कृतिक, र पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।