काठमाडौँ: नेपाली कांग्रेसले संसदीय दलको अनुशासन समिति संयोजकमा सांसद दिलेन्द्र बडूलाई नियुक्त गरेको छ। बिहीबार बसेको नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकले संसदीय दल अनुशासन समिति निर्माण गर्ने निर्णय गर्दै संयोजक दिलेन्द्रप्रसाद बडूलाई तोकेको हो।
संसदीय समितिमा १/१ जना संयोजक तोक्ने संसदीय दलको विधानको व्यवस्था अनुसार रिक्त भएका ठाउँमा पदपूर्ति गरिएको छ। अर्थ समितिमा डा. प्रकाशशरण महत, कृषिमा चन्दा चौधरी र सञ्जय गौतमलाई सार्वजनिक लेखा समितिमा नियुक्त गरेको छ।
Facebook Comments Box