Author: Dipak Dhamala

काठमाण्डाै – साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा नेपालले भुटानलाई हराएको छ । बङ्लादेशको ढाकामा हिजो भएको खेलमा नेपालले भुटानलाई ५–० गोलले हराएको हो । नेपालको जितमा वर्षा ओली र सेनु परियारले २–२ तथा दीपा रोकायाले एक गोल गरिन् । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । नेपालले भुटानलाई हराएर २ खेलमा ३ अङ्क जोडेको छ । सोमवार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोलले पराजित भएको थियो । पहिलो खेलमा भुटान बङ्लादेशसँग ८–१ गोलले पराजित भएको थियो । प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । अब नेपालले तेस्रो खेल आइतवार रुससँग खेल्नेछ । यस्तै, नेपालले अर्को…

Read More

काठमाण्डौ – साफ १७ वर्षमुनीको महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज भुटानसँग खेल्दैछ । पहिलो खेलमा भारतसँग ४–१ गोलले पराजित नेपालले आज दोस्रो खेल भुटानसँग खेल्न लागेको हो। नेपाल र भुटानको खेल बंगलादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजे सुरु हुनेछ । भुटान पहिलो खेलमा आयोजक बंगलादेशसँग ८–१ गोलले पराजित भएको थियो । यो प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, भुटान र रुस सहभागी छन् । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ पहिलो संगठन बनेको बताएका छन्। नेविसंघबाट स्ववियु निर्वाचनमा विजयीलाई बधाई तथा शुभकामना दिँदै उनले स्ववियु निर्वाचनबाट नेविसंघ आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित भएको महामन्त्री थापाले बताए ।  ‘यो स्ववियु निर्वाचनले फेरी एक पटक नेविसंघलाई आम विद्यार्थी माझ पहिलो सङ्गठनको रूपमा स्थापित गरेको छ। यो विश्वासलाई कायम राख्दै नेविसंघले विद्यार्थी आन्दोलनलाई नयाँ र परिष्कृत ढङ्गले अगाडी बढाउनु पर्दछ,’ उनले भने । आम विद्यार्थीका मुद्दा सम्बोधन गर्न र स्ववियूको गरिमा उच्च राख्न स्ववियु नेतृत्वले जिम्मेवार ढंगले काम गर्ने विश्वास लिएको थापाको भनाइ छ । ‘आम विद्यार्थीका मुद्दालाई…

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले बैशाख १० गते हुने उपचुनावको विषयमा छलफल गर्न आज कार्यकारी समितिको बैठक बस्ने भएको छ ।  आज दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्ने सो पार्टीका प्रवक्ता मनिष सुमनले बताए । बैठकमा उपचुनाव, सरकारमा मन्त्री पठाउने, विधान अधिवेशन लगायतका विषयमा छलफल हुने उनले बताए ।  जसपाका प्रवक्ता मनिष सुमनका अनुसार बैशाख १० गते चितवन, तनहुँ र बारा जिल्लाको तीन वटा क्षेत्रमा हुन लागेको उपचुनावमा पार्टीले के गर्ने त्यसको बारेमा पनि छलफल गर्नेछ ।  उपचुनावका लागि चैत २० गते उम्मेदवारी दर्ता गराउने कार्यतालिका तय भएको छ । बारा २ मा हुने…

Read More

काठमाण्डौ – प्रमाणीकरण भएका अयोग्य लडाकुलाई दुई लाख रुपैयाँ राहत दिन सरकारले आजदेखि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ । मन्त्रिपरिषद्को सोमवारको बैठकले ‘प्रमाणीकरण भएका द्वन्द्वकालका अयोग्य लडाकुलाई कार्यविधि बनाइ राहत उपलब्ध गराउने’ निर्णय गरेको थियो । आजदेखि गृह मन्त्रालयले कार्यविधि बनाउने प्रक्रिया थाल्ने र त्यसका आधारमा आवश्यक पहिचान गरी वितरण कार्य सुरु हुने गृहसचिव विनोदप्रकाश सिंहले बताउनुभएको छ । उहाँका अनुसार अयोग्य लडाकुलाई सकेसम्म चालू आर्थिक वर्षदेखि नै राहत वितरण गरिनेछ । वितरणको काम चरणबद्धरुपमा गरिने पनि उहाँले जानकारी दिनुभयो । राहत रकम वितरणको काम जिल्ला प्रशासन कार्यालयमार्फत हुनेछ । सचिव सिंहका अनुसार संयुक्त राष्ट्रसङ्घीय मिसन नेपाल (अनमिन) को प्रमाणीकरणमा…

Read More

काठमाडौं। सुदूरपश्चिम विश्वविद्यालयका १० वटा आङ्गिक क्याम्पसमा स्ववियुको नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । विश्वविद्यालयको अन्तर्गतका १५ क्याम्पस मध्ये १० क्याम्पसमा बिहान ८ बजेदेखि स्ववियु निर्वाचनका लागि मतदान हुन लागेको हो । स्ववियु निर्वाचनका लागि गत १ चैतमा मनोनयन दर्ताको समय भए पनि आन्तरिक विवादका कारण केन्द्रीय क्याम्पसहितका ५ क्याम्पसमा मनोनयन दर्तासमेत हुन सकेको थिएन । तर, केन्द्रीय क्याम्पसले आगामी २१ गते निर्वाचनको नयाँ मिति तय गरे पनि अन्य ४ क्याम्पसमा भने निर्वाचनको मिति अझै तय हुन सकेको छैन । बाँकी ४ क्याम्पसमा स्ववियु निर्वाचन गराउनका लागि विद्यार्थी सङ्गठन र क्याम्पस प्रशासन अझै छलफलमा छन् ।

Read More

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिँदै छन् । सत्ता साझेदारसमेत रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिए पछि मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन्।  मुख्यमन्त्रीजम्कट्टेलले विश्वासको मत लिने भएपछि आज दिउँसो ३ बजेका लागि प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । यसअघि मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभाका दुई तिहाइभन्दा बढी सांसदको विश्वासको मत पाएका थिए । जसअनुसार नेकपा एमाले, नेपाली कांग्रेससहित ६ राजनीतिक दलका १०५ जना सांसदसहितको उनले भारी मतसहित विश्वासको मत पाएका थिए । उनको विपक्षमा नेमकिपाका ३ जना सांसद मात्रै उभिएका थिए । आज लिने विश्वासको मतमा राप्रपाले नदिने…

Read More

काठमाण्डौ – प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाल र लाओस खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशालामा बेलुका ६ बजे सुरु हुनेछ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको छ । प्रतियोगिताका लागि हिजो २३ सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । प्रतियोगितामा घरेलु टोली नेपालसहित भुटान र लाओस सहभागी छन् । नेपालले सन् २०१६ पछि लाओससँग खेल्न लागेको हो । एएफसी सोलिडारिटी कपको सेमिफाइनलमा नेपाल र लाओसबीच प्रतिस्पर्धा भएको थियो । जसमा २–२ गोलको बराबरीपछि नेपालले पेनाल्टीमा ३–०…

Read More

काठमाण्डाै – अफगानिस्तानको फैजावाद केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको छ । ६ दशमलव ६ रेक्टर स्केलको भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीसहित पाकिस्तानमा पनि महसुस भएको छ । भारतीय भूगर्भविभागका अनुसार गएराति १० बजेर १७ मिनेटमा भूकम्प गएको हो । भूकम्पबाट कम्तिमा दुई जनाको ज्यान गएको तथा तीन सय जनाभन्दा धेरै घाइते भएका अलजजिराले जनाएको छ । प्रभावित क्षेत्रमा उद्दारकर्ता खटिएका छन् । भूकम्प प्रभावित विभिन्न क्षेत्रमा भएको क्षतिको विस्तृत विवरण आउन बाँकी छ ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनमा भाग लिन इच्छुक राजनीतिक दलको आजबाट दल दर्ता सुरु गर्दैछ । आयोगले बैशाख १० गते हुन गइरहेको उपनिर्वाचनको प्रयोजनका लागि आजदेखि चैत १२ गतेसम्म दल दर्ताको समय सीमा तोकेको छ ।  चितवन–२, बारा–२ र तनहुँ–१ मा बैशाख १० गते उपनिर्वाचन हुदैँछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत मङ्सिर ४ को निर्वाचनमा निर्वाचित भए पनि नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले उनको पद बदर गरेपछि चितवन–२ रिक्त हुन पुगेको थियो भने तत्कालीन जसपाका केन्द्रीय महासचिव रामसहायप्रसाद यादव चैत ३ मा उपराष्ट्रपति निर्वाचित भएपछि बारा–२ मा संसद् पद रिक्त छ ।  यसैगरी, तनहुँ–२ वाट निर्वाचित नेपाली कांग्रेसका…

Read More