Author: Dipak Dhamala

काठमाडौं – मुलुकमा वैदेशिक लगानी आउने क्रम घटिरहेको बेला १ अर्ब ८० करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी फिर्ता भएको छ । यो आँकडा चालू आर्थिक वर्ष  (आव) २०७९/८० को पहिलो ४ महीनाको हो । यसपालि ४ महीनामा फिर्ता गएको विदेशी लगानी अघिल्ला २ आवको वार्षिक फिर्ताभन्दा बढी हो । नेपाल राष्ट्र बैंकका अनुसार आव २०७७/७८ मा ३९ करोड ६७ लाख र आव २०७८/७९ मा ६५ करोड ८७ लाख रुपैयाँ विदेशी लगानी फिर्ता भएको थियो । आर्थिक अवस्था असहज भएका बेला ठूलो परिमाणमा विदेशी लगानी फिर्ता जाँदा सम्भावित लगानीकर्तामाझ नकारात्मक सन्देश प्रवाह हुने विज्ञहरू बताउँछन् । यो समाचार आर्थिक अभियान दैनिकमा…

Read More

काठमाडौं – खुलामञ्च, सबैका लागी सधै खुला। चाहे राजतन्त्र होस् या गणतन्त्र। स्वतन्त्रताको विगुल फुक्न होस् या सत्ताको प्रतिकार गर्न होस्। खुलामञ्च सँधै सबैको साझा बन्यो।  दुरदराजबाट सपनाको तान बुन्दे राजधानी छिरेको बेरोजगार युवाले सुस्ताउने घर हो खुलामञ्च। हुँदा खानेहरुको भरोषाको केन्द्र पनि हो। सँधै सबैलाई बर्षोदेखि खुला खुलामञ्च अब बन्द गरिँदैछ। काठमाडौ उपत्यकाको सुन्धारा क्षेत्रमा पाकिङलाई सहज बनाउने भन्दै काठमाडौ महानगरपालिकाले खुलामञ्चमा अन्डरग्राउण्ड पार्किङ बनाउने निर्णय गरेको छ। गत कात्तिकमा काठमाडौं महानगरपालिकाको १० औं कार्यपालिका बैठकले खुलामञ्चमा ‘ट्रिपल बेसमेण्ट’ पार्किङ र पानी पूनर्भरण पिटको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्ने निर्णय गरेको थियो। करौडौ रुपैयाको लागतमा काठमाडौंको मुख्य क्षेत्र मानिने…

Read More

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही  मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सु लागेको छ। आज दिउँसो प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति प्रदेश १ को हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार भने  प्रदेश १ को पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । हिमाली भू-भागमा हल्का हिमपात र मध्य तराईका धेरै भू-भागहरुमा बाक्लो हुस्सुलाग्ने हुँदा दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले…

Read More

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३२ रूपैयाँ ३२ पैसा र बिक्री दर १३२ रूपैयाँ ९२ पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ६३ पैसा र बिक्री दर १४० रूपैयाँ २६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५७ रूपैयाँ ८७ पैसा र बिक्री दर १५८ रूपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २२ पैसा र बिक्री दर ३६ रूपैयाँ…

Read More

काठमाडौं – गृह मन्त्रालयले जारी टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आएका समाचारका विषयमा सत्यतथ्य छानबिन गरी आवश्यक कारबाही गर्न प्रहरीलाई निर्देशन दिएको छ ।  मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गरी उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशानुसार म्याच फिक्सिङ भएको, आयोजक सम्पर्क बाहिर रहेको खेलाडीको पारिश्रमिकमा अनियमिता भएको जस्ता समाचार आइरहेकाले त्यसको आवश्यक छानबिन गर्न प्रहरीलाई भनेको हो ।  ‘टि–२० लिग क्रिकेट प्रतियोगिताका बारेमा सामाजिक सञ्जाल तथा पत्रपत्रिकामा आयोजक सम्पर्क बाहिर गएको, खेलाडीको पारिश्रमिकमा अनियमितता भएको र स्पट फिक्सिङ भएको जस्ता समाचार निरन्तररुपमा आइरहेकाले सो विषयमा के–कसो भएको हो आवश्यक छानबिन गरी जो–जे गर्नुपर्ने हो, यथाशीघ्र गर्नु…

Read More

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । २०७५ साल पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कुनै काम हुन सकेको छैन । सडक डिभिजन कार्यालय कञ्चनपुरले भने पुलको…

Read More

काठमाडौं – नेपाल समाजवादी पार्टी (नेसपा)को राजनीतिक समितिको बैठक पौष २४ गते बस्ने भएको छ । नेपाल समाजवादी पार्टीको आगामी कार्यदिशा तथा समसामयिक राजनीतिक विषयमा छलफल तथा निर्णय गर्न बैठक बस्न लागेको हो ।  काठमाडौंमा बस्ने बैठकमा नेपाल समाजवादी पार्टीको आगामी रणनीति, आवश्यक कार्ययोजना तथा समसामयिक राजनीतिक विषयमाथि बैठकमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख तथा राजनीतिक समिति सदस्य विश्वदीप पाण्डेले जानकारी दिए । बैठकले यससम्बन्धि केही महत्वपूर्ण निर्णय पनि गर्ने पाण्डेले जानकारी दिए ।  नेसपा र माओवादीबीच पार्टी एकता तथा समाजवादी केन्द्र गठनको विषयमा छलफल जारी रहेको अबस्थामा बस्न लागेको नेसपाको राजनीतिक समितिको बैठकलाई अर्थपूर्ण मानिएको छ ।

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा विराटनगर सुपर किङ्ग्स र काठमाण्डौ नाइट्स खेल्दैछन् । यो खेल बिहान ९ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । विराटनगरले यसअघिका ६ खेलमा २ वटा जितेको छ । विराटनगर ४ अंकका साथ अंक तालिकाको पाँचौँ स्थानमा छ । ६ खेलमा ३ वटा जितेको काठमाण्डौ ६ अंकसहित तेस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा लुम्बिनी अल स्टार्स र जनकपुर रोयल्स खेल्दैछन् । यो खेल कीर्तिपुर मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । ७ खेल खेलेको लुम्बिनी ६ वटा जितेर १२ अंकका साथ तालिकाको र्शीषस्थानमा छ । समान खेलमा…

Read More

काठमाडौं – यही पुस १३ गते रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्राडा जीवनधर ज्ञवालीले जानकारी गराएका छन् ।  आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा रहेका गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

Read More

काठमाडौं – बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष  सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।  बागलुङ जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।  निसीखोला –६ को वडाध्यक्ष हुँदा विसं २०७७ असार १२ गते ८० केजी गाँजासहित आफ्नै घरबाट पक्राउ परेका घर्तीमाथि लागेको लागु्औषध गाँजा÷चरेससम्बन्धी कसुर २०७९ पुस ३ गते ठहर भएको थियो । सोमबार जिल्ला अदालत बागलुङका न्यायाधीश डा भट्टको इजलासले घर्तीमाथि…

Read More