Author: Dipak Dhamala

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको  सामान्य  प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका पहाडी भू(भागमा आंशिक बदली  रही  तराईका केहि भू-भागहरूमा शितलहर चलिरहेको छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू(भागहरूको मौसम सामान्यतया सफा रहनेछ। तराईका धेरै भू-भागहरूमा हुस्सु-कुहिरो लाग्ने सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।  तराईका धेरै  भू-भागहरूमा  बाक्लो  हुस्सु लाग्ने र दैनिक जन जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पार्ने सम्भावना रहेकोले आवश्यक सावधानी  अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै गर्दा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्न संसदीय दलको बैठक बोलाइएको हो ।  कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार संसद्को पहिलो बैठक र प्रधानमन्त्रीलाई विश्वासको मत दिने नदिनेबारे छलफल गर्न बैठक बोलाइएको हो । बैठक बस्ने स्थान र समय आजमात्र तय हुने उनले बताए ।  प्रतिनिधिसभाको नयाँ कार्यकालको पहिलो बैठक यही पुस २५ गतेदेखि सुरु हुँदै छ । त्यसअघि भोलिपल्ट पुस २६ गते प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यतालिका छ ।

Read More

काठमाडौं – उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादवारे शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा छलफल हुने भएको छ । सर्वोच्चको संवैधानिक इजलासमा शुक्रबार उपप्रधानमन्त्री लामिछानेको नागरिकता र राहदानीमा देखिएका विवादबारे छलफल हुन लागेको हो । सर्वोच्च अदालतको संवैधानिक इजलासले सो रिटमाथि सुनुवाइ गर्दै पुस ६ मा कारण देखाऊ आदेश जारी गरेको थियो । लामिछानेलाई सांसदका रूपमा कामकाजमा रोक लगाउन माग गरिएको विषयमा छलफल गर्न दुवै पक्षलाई आज बोलाएको छ । संवैधानिक इजलासको आदेशअनुसार प्रतिनिधि सभा सचिवालय, निर्वाचन आयोग र जिल्ला प्रशासन कार्यालय काठमाडौंले सर्वोच्च अदालतमा छुट्टा छुट्टै लिखित जवाफ पठाएका छन् । लामिछानेले अमेरिकाको नागरिकता लिनासाथ नेपाली नागरिकता खारेज भएको…

Read More

पाल्पा – पाल्पाकाे खुसार्नेमा भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जनाकै परिचय खुलेकाे छ । रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ८ खुसार्नेमा भएको बस दुर्घटनामा आमा छोरीसहित एकै गाउँका ६ जना महिलाको ज्यान गएको हाे। दुर्घटनामा १८ जना घाइते भएका छन् । ज्यान गुमाउनेमा खुसार्नेकी ३६ वर्षीया निर्मला घिमिरे, उहाँकी छोरी ११ वर्षीया सरुमाया घिमिरे, ५४ वर्षीया खिमकुमारी राना, ४० वर्षीया गुनाकुमारी गाहा, २१ वर्षीया दानकुमारी खत्री र १९ वर्षीया बीमा पाण्डे रहेका जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। रुपन्देहीको सालझण्डीबाट पाल्पाको खुसार्नेका लागि छुटेको यात्रुवाहक बस गएराति मधुवन टारीफाँट नजिकै राधादी गैरामा दुर्घटना भएको हो । ग १ ख ४९७७ नम्बरको बस दुर्घटना हुँदा घाइते भएका…

Read More

काठमाण्डाै – नेपाल टी–२० क्रिकेट लिगमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा जनकपुर रोयल्स र लुम्बिनी अल स्टार खेल्दैछन् । यो खेल बिहान ९ बजेदेखि सुरु हुनेछ । ९ खेलमा ८ वटा जितेको लुम्बिनी १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । समान खेलमा ६ वटा जितेको जनकपुर १२ अङ्कसहित दोस्रो स्थानमा छ । आज हुने दोस्रो खेलमा विराटनगर सुपर किङ्ग्स र फार वेस्ट युनाइटेड खेल्दैछन् । यो खेल दिउँसो १ बजे सुरु हुनेछ । ८ खेलमा ३ वटा जितेको विराटनगर ६ अङ्ककासाथ चौथो स्थानमा र समान खेलमा २ वटा जितेको फार वेस्ट ४ अङ्ककासाथ पुछारमा छ । यो…

Read More

कञ्चनपुर – डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा आएर निर्मला पन्तको हत्या अनुसन्धान सुरू गरेको छ।  १० साउन २०७५ मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्खाटामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो। १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो। रगतको नमुना लिएर काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए। पुस १५ मा गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो।

Read More

काठमाडौं- प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना लामो स्वस्थानी व्रत आज शुक्रबारदेखि सुरु हुँदैछ । यस अवधिमा श्रीस्वस्थानीको व्रत बस्ने, कथा बाचन गर्ने तथा सुन्ने र विभिन्न तीर्थस्थलमा माघ स्नान गर्ने गरिन्छ । शुक्रबारदेखि माघ महात्मे अन्तर्गत ‘श्री स्वस्थानी व्रत कथा’ को आरम्भ हुन्छ । पौष शुक्ल चतुर्दशीका दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर स्वस्थानी व्रत र माघ स्नानको सुरुवात गरिन्छ । बिहानमा नित्य स्नान गरी मध्यान्हकालमा महादेवको पूजाआजा गर्ने गरिन्छ भने साँझमा स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ । हिन्दु धर्मालम्बीहरुले शुक्रबारदेखि माघ पूर्णिमासम्म घर–घरमा श्री स्वस्थानी कथा वाचन गर्ने…

Read More

काठमाण्डाै – टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भैरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको हो । टर्कीले संयुक्त राष्ट्र सङ्घको सहयोगमा यसअघि पनि दुई चरणको शान्ति वार्ताको मध्यस्थता गरी ब्ल्याक सी हुँदै खाद्यान्न आपूर्तिलाई सहज बनाउने सम्झौता गर्न दुवै पक्षलाई सहयोग गरेको थियो । एर्दोगानले पुटिन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई शान्तिका लागि शिखर सम्मेलनको प्रयास पनि गर्नुभएको छ । एर्दोगानले रुसमाथि पश्चिमा प्रतिबन्धमा सामेल हुन अस्वीकार गरेर पुटिनसँग राम्रो सम्बन्ध कायम राख्न सफल हुनुभएको छ । साथै टर्कीमा एक प्राकृतिक ग्यास भण्डारण…

Read More

काठमाण्डाै – मधेस प्रदेशबाहेक अरु ६ वटा प्रदेशमा सरकार गठनको प्रक्रिया सुरु भएको छ । सात वटै प्रदेशमा कुनै पनि दलको एकल बहुमत छैन । प्रदेश एक, बाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुखले सरकार गठनको आह्वान गरिसकेका छन् । कुनै पनि दलको बहुमत नहुँदा प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दुई वा त्यो भन्दा धेरै दलको समर्थनमा प्रदेश सभा सदस्यलाई मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी छ । उहाँले विश्वासको मत लिएपछि मात्रै प्रदेशमा सत्ता साझेदार दलहरूबीच सहमति…

Read More

काठमाण्डाै – जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र ललितपुरले नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउन विभिन्न सेवा प्रवाहमा समय कार्ड लागू गरेका छन् । गुनासो सुन्न प्रमुख जिल्ला अधिकारी आफैँ सक्रिय बनेका छन् । काठमाण्डौमा ६५ वर्षमाथिका नागरिकलाई सेवा दिन सहयोगी खटाउन थालिएको छ । अन्य अशक्त, दूधे बालक बोकेका महिलालगायतलाई भने लाइनमा नराखि सेवा प्रवाह गर्ने व्यवस्था छ । अबदेखि प्रशासनको सेवा प्रवाहलाई थप चुस्त बनाउने र नागरिकको सेवा प्रवाह प्रभावकारी हुने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो । काठमाण्डौ प्रशासन कार्यालयबाट उपलब्ध हुने विभिन्न १० वटा सेवा प्रवाहका लागि समय तोकिएको र चारवटा सेवामा भने हिजोदेखि समय कार्ड लागू भएको…

Read More