Author: Dipak Dhamala

काठमाडौं – नागरिकता र राहदानीको विवादमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रयोग गरेका कागजपत्र छानबिनका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले मगाएको छ । अमेरिकी नागरिकता कायम रहेकै अवस्थामा लामिछानेले निष्क्रिय रहेको नेपाली नागरिकता प्रयोग गरी राहदानीसमेत लिएको उजुरी दर्ता भएपछि आवश्यक छानबिनका लागि कागजपत्र मगाइएको हो । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख सहन्याधिवक्ता अच्युतमणि न्यौपानेले लामिछानेविरुद्ध जाहेरी परेको र जाहेरी सही वा गलत के हो भन्ने यकिन गर्न सम्बन्धित निकायबाट आवश्यक कागजपत्र झिकाइएको बताए । निष्क्रिय नागरिकता पेस गरी झुटा विवरणका आधारमा लामिछानेले राहदानी लिई दुरुपयोग गरेको भन्दै युवराज पौडेलले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दर्ता गर्न जाँदा…

Read More

काठमाडौं – आज दिउँसो सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। यो क्रम राति पनि जारी रहनेछ ।  कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेको तथा तराईका भू-भागमा बिहानीपख हुस्सु लाग्ने सम्भावना रहेको हुनाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

काठमाडौं – सत्ता साझेदार दलको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज शुक्रवार विहान ९ बजे बस्दैछ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीति संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । बिहीवार दिउँसो ३ बजेको लागि बोलाइएको संयन्त्रको बैठक स्थगित भएको थियो । संयन्त्रको बैठक स्थगित गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयन्त्रका संयोजक ओलीबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको थियो । सो भेटवार्तापछि प्रधानमन्त्री कार्यालयबाट बाहिरिने क्रममा प्रधानमन्त्री दाहालले शुक्रबार विहानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक तय भएको बताएका थिए । सत्तारुढ गठबन्धनको एक घटक राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ । सो दलले…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)ले पार्टी पदाधिकारीसहित स्थायी समिति, केन्द्रीय समिति र वैकल्पिक केन्द्रीय समितिलाई पूर्णता दिएको छ । माघ १२ गतेदेखि २१ गतेसम्म पार्टी कार्यालय पेरिसडाडामा बसेको स्थायी समिति बैठकले २२ सदस्यीय पदाधिकारी, ४४ सदस्यीय स्थायी समिति तथा ३८६ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको हो । बैठकले तत्कालीन प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र तत्कालीन पार्टीका उपमहासचिव पम्फा भुसाललाई उपाध्यक्षमा मनोनीत पनि गरेको छ । यस्तै बैठकले २०२ सदस्यीय वैकल्पिक केन्द्रीय समिति पनि गठन गरेको छ ।

Read More

काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बिहीबार बस्दैछ । साँझ ५ बजेदेखि जुम प्रविधिमार्फत बैठक बस्न लागेको एक नेताले जानकारी दिए । यसअघि माघ १२ देखि २१ गतेसम्म बसेको स्थायी समिति बैठकले नेताहरुको जिम्मेवारी बाँडफाँटसहित कार्ययोजना तय गरेको थियो । 

Read More

काठमाडौं – सशस्त्र प्रहरी नायव महानिरीक्षक पदमा चार जना बढुवा सिफारिस भएका छन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा बढुवा सिफारिस भएका हुन् । बढुवा सिफारिस समितिको बुधबार बसेको बैठकले सो निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । 

Read More

काठमाडौँ – सत्ता साझेदार नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक आज बस्दैछ । बुधवार अध्यक्ष ओलीको वालकोटस्थित निवासमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र ओलीबीच भएको भेटवार्ता पछि आज संयन्त्रको बैठक बस्न लागेको हो । सो भेटपछि प्रधानमन्त्री प्रचण्डले सो बैठक पछि संयन्त्रको बैठक बसाउन दुवै नेता बिच सहमति भएको जानकारी दिएका थिए। दुई महिना नपुग्दै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रचण्ड सरकारबाट बाहिरिएको स्थिति र माओवादी केन्द्रले ‘सहमतीय राष्ट्रपति’को अडान लिए पछि सत्तारुढ दलमा खटपट सुरु भएको अवस्थामा यो बैठक बस्न लागेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हुने संयन्त्रको बैठकमा मुख्यतः प्रचण्ड सरकारको…

Read More

काठमाडौं – नेपालको आकाशमा उडान गर्ने हवाइ सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ। नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो। यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन्। बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो। यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाइ सेवा प्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन्। अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने…

Read More

काठमाडौं – साफ यू-२० महिला च्याम्पियनसिप फुटबलको फाइनलमा नेपालले आज बिहीबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा उपाधिका लागि घरेलु टोलीको सामना गर्नेछ। नेपाल र बंगलादेशबीचको फाइनल खेल साँझ पौने ६ बजे सुरु हुनेछ। बंगलादेशविरुद्ध मैदान उत्रदा नेपाल उपाधि उचाल्ने योजनामा हुनेछ। तर, घरेलु टोलीविरुद्ध जित निकाल्न नेपाललाई सहज हुनेछैन। नेपालका मुख्य प्रशिक्षक यम गुरुङले फाइनलमा घरेलु टोलीलाई फाईदा हुने भएपनि कडा प्रतिस्पर्धा गर्ने बताए। बंगलादेशका मुख्य प्रशिक्षक गोलाम रब्बानीले फाइनल प्रतिस्पर्धात्मक हुने बताए। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो।…

Read More

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बिहीबार विश्वासको मत लिने भएका छन्। जसका लागि बिहीबार दिउँसो १ बजे प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री रावलले विश्वासको मत लिने बिहीबार अन्तिम दिन हो।  यसअघि बुधबार बोलाइएको बैठक अन्तिम समयमा स्थगित गरिएको थियो। गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले विश्वासको मत पाउनेमा आशंका देखिएपछि बुधबारको बैठक स्थगित गरिएको थियो। नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने निर्णय गरेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको छ। नाउपा बुधबार रातिमसम्म पनि आफ्नो अडानमा कायमै छ। बुधबार राति एमाले अध्यक्ष केपी शर्मा ओलीले नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठसहितका नेताहरूलाई बालकोट बोलाएर फकाएका…

Read More