Author: Dipak Dhamala

काठमाडौं – नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकहरुको मनोमानी विरुद्ध आन्दोलन घोषणा गरेको छ । महासंघको शुक्रबार बसेको बैठकले मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र तथा बैंकले उद्योगी व्यवसायीलाई गर्दै आएको अपमान प्रति आपत्ति जनाउँदै बैंकविरुद्ध माघ १६ गतेदेखि आन्दोलन घोषणा गरेको हो । महासंघले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा उभिएका उद्योगी व्यवसायी माथि राज्यले सधै अपहेलना गरेको आरोप लगाएको छ । त्यस्तै, बैंकहरुले लिने चर्को ब्याजदर, कालोसूचीमा उद्योगी व्यवसायीको नामाकरण तथा धितो लिलामी गरी व्यवसायीहरु दिनप्रति दिन आत्माहत्या र आत्मदाह गर्न बाध्य पार्ने कामको खण्डन गर्दै शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको हो । महासंघका अध्यक्ष कुमार कार्कीले सरकारले मध्यम वर्गका उद्योगी व्यवसायीप्रति लिने नीति व्यवसायीमैत्री…

Read More

इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तिमा सात जनाको मृत्यु भएको छ । वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण भएको एक दिन पछि भएको गोली हानाहानमा सो घटना भएको बताइएको छ । वेस्ट बैंकमा इजरायली सेनाको आक्रमणपछि हिंसा बढ्दै गएपछि एक बन्दुकधारीले इजरायली बस्तीमा गोली चलाउँदा सात जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । आक्रमणमा घाइते भएका १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । अधिकारीहरुले ७० वर्षका वृद्ध र १४ वर्षका बालकसहित १४ जनामाथि बन्दुकधारीले गोली चलाएको बताएका छन् । पूर्वी जेरुसेलमका एक जना २१ वर्षका युवा सो आक्रमणमा संलग्न भएको सुरक्षा अधिकारीहरुले जनाएका छन् । प्यालेस्टाइनी इस्लामिक जिहादले सो…

Read More

काठमाडौं – यो वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि ११ बजेसम्म हुनेछ । एसईई परीक्षा चैत्रको २९ गते सकिनेछ ।

Read More

काठमाडौं – नेकपा (एमाले) का नेता तथा पूर्व गृहमन्त्री डा. भीमबहादुर रावलले रवि लामिछानेको विरुद्धमा फैसला गरेर सर्वोच्च अदालतले बेथिती रोकेको बताएका छन् । सर्वोच्चको उत्प्रेषण आदेश लगत्तै उनले सामाजिक सञ्जाल ट्वीटमा लेख्दै सो कुरा बताएका हुन् ।उनले दोहोरो नागरिकता प्रदान गर्ने कर्मचारीलाई समेत छानविन गरी कानुनअनुसार कारवाही हुनुपर्ने बताएका छन् । नागरिकता विवादबारे जानकारी हुँदाहुँदै निर्वाचन आयोगले उनलाई उम्मेदवार बनाएकोप्रति पनि डा. रावलले प्रश्न उठाएका छन् ।  उनले लेखेका छन्, “नागरिकताबारे गम्भीर प्रश्न जनता र अदालतमा उठेको व्यक्तिलाई उपप्रधान र गृहमन्त्री बनाउनका लागि भूमिका खेल्ने र निर्णय गर्नेहरुले नैतिक जिम्मेवारी लिनुपर्छ ।” लामिछानेको नागरिकता बदर भइसकेपछि कुन कुन नागरिकता कसरी…

Read More

 टी–२० सिरिजको पहिलो खेलमा भारत न्युजिल्याण्डसँग २१ रनले पराजित भएको छ । योसँगै भारतीय टोली ३ खेलको द्विपक्षीय शृङ्खलामा ०–१ ले पछि परेको छ । यो हारसँगै राँचीको मैदानमा भारतको अजेय रेकर्ड पनि तोडिएको छ । यसअघि टोलीले यहाँ कुनै पनि टी–२० खेल हारेको छैन । महेन्द्रसिंह धोनीको गृहनगर राँचीमा टस जितेर पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले १७६ रन बनाएको थियो । जवाफी ब्याटिडङमा उत्रेको भारत २० ओभरमा ९ विकेट गुमाएर १५५ रनमै सिमित भयो । किवी टोलीको जितका नायक डेरिल मिचेल र मिचेल सान्टनर थिए । मिचेलले ३० बलमा ५९ रनको इनिङ्स खेले । जबकि मिचेल सान्टनरले चार ओभरमा एक मेडन सहित…

Read More

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापतिमा डोलप्रसाद अर्याल चयन हुनुभएको छ । हिजो बसेको पार्टीको आकस्मिक बैठकले उपसभापति र मन्त्रीसमेत रहेका अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको हो। बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ । पार्टी सभापति रवि लामिछानेसँग नेपालको नागरिकता प्रमाणपत्र नभएको भन्दै सर्वोच्च अदालतले फैसला गरेपछि उहाँको सांसद र मन्त्री पदसँगै पार्टी सभापतिको पद पनि गुमेको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले आज शनिवारदेखि तय भएका सबै कार्यक्रम स्थगित भएको जनाएको छ । पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले सूचना निकालेर विशेष परिस्थितिका कारण सबै प्रदेशमा तय गरिएका प्रदेश समितिहरुको विस्तारित बैठक तथा सङ्गठन विस्तारका…

Read More

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरना। पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ। तस्बिर/सुरेश आचार्य/रासस

Read More

काठमाडौँ – आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी (१२  विरुद्ध) किटानी जाहेरी दिएकी छन् । उनले आत्महत्या गर्न दुरुत्साहन गर्न नहुने कसुरमा अनुसन्धान गरी कारबाही गरी पाऊँ भनी जिल्ला प्रहरी परिसर काठमाडौँमा किटानी जाहेरी दिएकी हुन । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले अधिकारीबाट घटनाको अनुसन्धान गरी पाऊँ भनी किटानी जाहेरी परेको जानकारी दिइन् । काठमाडौँको नयाँ बानेश्वरमा यही माघ १० गते शरीरमा प्रज्वलनशील पदार्थको प्रयोग गरी आगो लगाउँदा गम्भीर घाइते भएका आचार्यको काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ११ गते बिहान निधन भएको थियो । आचार्यले आत्मदाह गर्नुअघि सामाजिक सञ्जालमा…

Read More

अछामको गैरिटाँडमा मृत भेटिएका नेपाली कांग्रेसका युवा नेता रेशम तिमिल्सेनाको हत्याका मुख्य आरोपित विवेक शाहीलाई अछाम जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले शुक्रबार उक्त फैसला गरेको हो । गत वर्षको कात्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शव १४ दिनपछि मध्यपहाडी लोक मार्ग अन्तर्गत कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको थियो । अछामको कमलबजार नगरपालिका वडा नम्बर ५ कुईकाका ३४ वर्षीय रेशमराज तिमिल्सेना त्यस क्षेत्रको युवा अगुवाका साथै नेपाली कांग्रेसको पूर्व क्षेत्रीय कार्यसमिति सदस्य थिए । सामाजिक क्षेत्रमा सक्रिय रहेका तिमिल्सैना मृत भेटिएसँगै रेशमको हत्याको अनुसन्धानको माग गर्दै जिल्ला सदरमुकाम…

Read More

धनगढी – धनगढीको पन्चोदय माध्यमिक विद्यालयस्थित जीवन ज्योती छात्रावासलाई एड्सनले सहयोग गरेको छ। शुक्रवार एड्सनले गरेको सहयोग सामग्री रोट्र्याक्ट क्लब अफ धनगढीले छात्रावासलाई हस्तान्तरण गरेको थियो। रोट्र्याक्टका अध्यक्ष जनकराज भट्टका अनुसार अड्सनले दृष्टिविहीन बालबालिकाका लागि प्रदान गरेको खेल तथा खेलौनाका सामग्री हस्तान्तरण गरिएको हो। ती विद्यार्थी बालबालिकालाई सिकाई सहजताका लागि सामाग्रीहरु प्रदान गरिएको उनले बताए। त्यहाँ १७ जना दृष्टिविहीन विद्यार्थी छन्। रोट्र्याक्टले विगत ८ वर्षदेखि धनगढीमा सामाजिक कार्यहरु गर्दै आएको छ।

Read More