Author: Dipak Dhamala

काठमाडौं- राष्ट्रपतिबाट सरकार गठन आह्वान भएको तेस्रो दिन नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा निर्वाचित भए। उनले गगन थापालाई ३९ मतान्तरले पराजित गर्दै छैटौंपटक प्रधानमन्त्री बन्ने बाटो खुला बनाए। तर उनका लागि तगारो बनेका छन्, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’। जसरी पनि पहिलो लटमा प्रधानमन्त्री बन्ने चाहना राखेका प्रचण्डले देउवालाई दबाब बढाउँदै लगेका छन्। बुधबार अर्थमन्त्रीसमेत रहेका पार्टीका उपमहासचिव जनार्दन शर्मा प्रचण्डका दूत बनेर बालुवाटार पुगेका थिए। यही गठबन्धनलाई जोगाउँदै नयाँ सरकार बनाउनुपर्ने अर्थमन्त्री शर्माले प्रधानमन्त्री देउवालाई सुझाएका थिए। तर त्यसका लागि प्रचण्डलाई पहिले सरकारको नेतृत्व दिनुपर्ने उनको आग्रह थियो।’आलोपालो गर्ने विषयमा तपाईं र हाम्रोबीच राम्रो अन्डरस्ट्यानिङ…

Read More

काठमाडौं – संघीय संसद सचिवालयले नवनिर्वाचित सांसदहरूलाई आज शपथग्रहण गराउने भएको छ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार आज दिउँसो १ बजे सपथ ग्रहण गराइनेछ ।   नवनिर्वाचित २७५ सांसदमध्ये ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले आज सांसदहरुलाई पद तथा गोपनीयताको शपथ गराउने छन् । राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो शपथ गराएकी थिइन् । शपथ अघि आज ज्येष्ठ सदस्य पशुपति शमशेर राणाको अध्यक्षतामा सर्वदलीय  बैठक बस्ने भएको छ । मध्यान्ह १२ बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा सर्वदलीय बैठक बस्ने भएको हो । बैठकमा संसदमा प्रतिनिधित्व गर्ने १२ वटा राजनीतिक दलबाट एक एक जना प्रतिनिधि र ५ स्वतन्त्र सांसदहरु सहभागी…

Read More

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले आफूले परिवर्तनको पक्षमा स्वविवेकी निर्णय गरेको बताएका छन् । पार्टीको संसदीय दलको निर्वाचनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पौडेलले अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ भन्ने स्पष्ट पारेका हुन् । पार्टीको संसदीय दलको नेताको उम्मेदवार रहेका गगन थापाको पक्षमा कि ढिला गरी खुल्नुभयो भन्ने पत्रकारको प्रश्नमा जवाफ दिँदै पौडेलेले भने, ‘बाहिरबाट आ–आफ्नै ढंगको न्यारेटिभ बनाइन्छ । तर हरेक मान्छेले आफ्नो विवेक प्रयोग गर्छ । हामी जत्तिको मान्छेले विवेक प्रयोग गरेर निर्णय नगर्ने हो भने कहाँबाट सुधार सम्भव हुन्छ । ’उनले थपे, ‘खासगरी पुस्तान्तरणको पक्षमा अग्रजहरूलाई सम्मान गर्दै अबको कार्यकारी भूमिकामा पछिल्लो पुस्ता जानुपर्छ, कार्यशैली बदल्नुपर्छ, आम निराशा…

Read More

ट्विटरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कले जतिसक्दो छिटो पद छाड्ने संकेत गर्नुभएको छ । ट्वीट गरेर उहाँले सकेसम्म छिटो राजीनामा दिने बताउनुभएको हो । ट्विटर खरिदपछि आफैं प्रमुख कार्यकारी अधिकृत सीईओ बनेका मस्कले यसअघि ‘के म ट्विटरको प्रमुख पदबाट हट्नुपर्छ ?’ भनेर प्रश्न राख्दै हो वा होइनमा क्लिक गर्न आह्वान गर्नुभएको थियो । ट्विटरका एक करोड ७५ लाख प्रयोगकर्ताले मतदान गरेकामा ५७ दशमलव ५ प्रतिशतले अलग हुनुपर्छ भनेर मत दिएका थिए । हुनु पर्दैन भन्ने पक्षमा ४२ दशमलव ५ प्रतिशत मत परेको थियो । अलग हुनुपर्छ भन्नेमा धेरै मत परेपछि उहाँले सीईओ पदबाट राजीनामा दिने संकेत गर्नुभएको छ ।…

Read More

कतारले विश्वकप फुटबलका लागि बनाएका मध्ये ‘स्टेडियम ९७४’ भत्काउन थालेको छ । विश्वकपका लागि कतारले आठ वटा अत्याधुनिक प्रविधियुक्त रंगशाला बनाएको थियो । पहिलो चरणमा अस्थायी रूपमा निर्माण गरिएको ‘स्टेडियम ९७४’ भत्काउने काम सुरु भएको हो । विश्वकप इतिहासमा प्रतियोगितापछि रंगशाला हटाउन लागेको यो नौलो घटना मानिएको छ । ४० हजार दर्शक क्षमताको यो रंगशालामा समूह चरणदेखि सात वटा खेल भएका थिए । पहिलो खेल नोभेम्बर २२ मा मेक्सिको र पोल्याण्डबीच भएको थियो भने अन्तिम खेलमा प्रि–क्वाटरफाइनलमा ब्राजिल र दक्षिण कोरियाबिच भएको थियो । याे रंगशालाकाे निर्माण ९७४ वटा पानीजहाजका कन्टेनर र मोडुलर स्टिलको प्रयोग गरेर बनाइएको छ । विश्वकप जस्ता ठूला…

Read More

काठमाण्डाै – कांग्रेसको संसदीय दलको नेताका लागि मतदान सुरु भएको छ । बिहान ८ बजेदेखि नै मतदान सुरु गर्ने भनिए पनि केहीबेर ढिलो गरी सुरु भएको छ । बिहान १० बजेसम्म कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा मतदान हुनेछ । मतदान प्रक्रियाका लागि संसदीय दलको कार्यालय परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । संसदीय दलको चुनावमा संस्थापन पक्षबाट प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा र इतर समूहबाट महामन्त्री गगन थापा उम्मेदवार हुनुहुन्छ । देउवा दलको नेता हुँदै पाँचपटक प्रधानमन्त्री बनिसक्नु भएको छ । थापा पहिलोपटक दलको नेतामा प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेस विधानमा दलको नेता नै प्रधानमन्त्रीको उम्मेदवार बन्ने व्यवस्था रहेकाले चुनावलाई महत्वका साथ लिइएको…

Read More

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाको नगर प्रहरीमा विवाद देखिएको छ । सई लोकनाथ चुडालले पदबाट राजीनामा दिएपछि नगर प्रहरी बलको आन्तरिक विवाद सतहमा आएको हो । चुडालले नगर प्रहरीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै हिजो पदबाट राजीनामा दिनुभएको थियो । महानगर प्रहरी प्रमुख एसपी राजु पाण्डेले तल्लो तहका कर्मचारीलाई अपमान गरेको र अनावश्यक दबाब दिएको चुडालको आरोप छ । काठमाण्डौ महानगरले पछिल्लो समय फुटपाथ खाली गराउने, नक्सा विपरीतका संरचना हटाउने, महानगरभित्रका होडिङ्ग बोर्ड तथा साइन बोर्ड व्यवस्थापन गर्नेलगायतका काम गर्दै आएको छ । यी काममा नगर प्रहरी बल खटिने गरेको छ । काम गर्दा गर्दै पनि आफ्नो २९ वर्षे सेवाअवधिमा पहिलो पटक नेतृत्वबाट अमानवीय…

Read More

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका उम्मेदवार गगन थापाले पार्टीका सांसदहरुलाई विवेकसम्मत निर्णय गर्न अपिल गरेका छन् । बुधबार विहान सामाजिक सञ्जालमार्फत कांग्रेस महामन्त्री थापाले देश, जनता, भावी सन्तति र पार्टीको भविष्य सम्झेर  आफूलाई मतदान आग्रह गरेका हुन् । आज विहान ८ बजेबाट कांग्रेस संसदीय दलको निर्वाचन हुँदैछ। दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुँदैछ । यस्तो छ थापाले मतदान अघि गरेको अपिल आज हुन गइरहेको नेपाली कांग्रेसको संसदीय दलको निर्वाचनले देश, जनता र नेपाली कांग्रेसको भविष्य दिशानिर्देश गर्ने छ | भर्खरै सम्पन्न आमनिर्वाचनमार्फत नेपाली जनताले दिएको अभिमतलाई इमान्दारितापूर्वक आत्मसात गरी देश, लोकतन्त्र, संविधान र भावी सन्तानको…

Read More

विगतका समयमा व्यक्तिगत तथा पारिवारिक चिठीले भरिभराउ हुने हुलाक कार्यालय पछिल्लो समय खाली जस्तै छ । मोबाइल फोन विस्तारले तीब्रता लिएसँगै इमेल, इन्टरनेट, फेसबुक, म्यासेन्जरसहित सामाजिक सञ्जालको प्रयोग बढेपछि पछिल्लो समय हुलाकमा व्यक्तिगत चिठीपत्र आउन छाडेको हो । दिनहुँ सयौं चिठीपत्र आउने हुलाक कार्यालयमा अहिले कहिलेकाहीं मात्रै चिठी आउने गरेका छन् । त्यो पनि व्यक्तिगत नभइ संघसंस्था र केही कार्यालय वा सदरमुकामबाट निस्कने पत्रपत्रिका मात्रै जिल्ला हुलाक कार्यालयमा पुग्छन् । विगतमा खासगरी विदेशबाट धेरै चिठीहरु आउने गरेको भए पनि अहिले चिठी आउन छाडेको जिल्ला हुलाक कार्यालय जुम्लाले जनाएको छ । पछिल्लो समय जिल्ला हुलाक कार्यालयमा व्यक्तिगत र पारिवारीक चिठी आउन…

Read More

धनगढी- सुदूरपश्चिमबाट डा.प्रमोद जोशीसहित नेपाल चिकित्सक संघको आसन्न निर्वाचनमा चारले उम्मेदवारी दर्ता गराएका छन्। संघका लागि ४१ जनाले उम्मेदवारी दर्ता गराएकोमा प्रदेशबाट एकै पदमा तीन जनाले उम्मेदवारी दर्ता गराएका हुन्। संघको उपाध्यक्ष (सुदूरपश्चिम) तर्फ प्रजातान्त्रिकतर्फबाट डाक्टर प्रशान्त भट्ट, प्रगतिशीलतर्फबाट डाक्टर निरज अर्याल र स्वतन्त्रतर्फबाट डा. प्रवीणकुमार गिरीले उम्मेदवारी दर्ता गराएका छन्। यस्तै संघको कोषाध्यक्ष पदमा प्रजातान्त्रिक प्यानलबाट डाक्टर प्रमोद जोशीले उम्मेदवारी दर्ता गराएका हुन्। डाक्टर जोशी यस अघि केन्द्रीय सदस्यमा निर्वाचित भईसकेका छन्। अब उनी संघको केन्द्रीय कार्यसमितिमा कोषाध्यक्ष पदको दौडमा रहेका छन्। माघको पहिलो साता उपत्यका बाहिर र तेस्रो साता काठमाडौं उपत्यकामा मतदान हुने संघले जनाएको छ।

Read More