Author: Dipak Dhamala

हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशहरूका केही स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी  प्रदेश, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।  यी प्रदेशमा राति पनि भारी वर्षाको सम्भावना रहेको छ  ।

Read More

धनगढी: शनिबारसम्म सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशका संघतर्फका १६ मध्ये ९ र प्रदेशतर्फका ३२ मध्ये १३ सिट नेपाली काँग्रेसले पाउने टुङ्गो लागेको विवरण सार्वजनिक भएको छ। २०७४ को चुनावमा प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एक मात्र निर्वाचन क्षेत्रमा जितेको नेपाली काँग्रेसले यो पटक अधिकतम ९ क्षेत्रमा प्रत्यक्ष जित हासिल गर्न नेकपा माओवादी केन्द्र, एकिकृत समाजवादीसहितको सत्ता गठबन्धनको सहयोग पाउने भएको छ। यस्तै प्रदेशतर्फ प्रत्यक्षमा नेपाली काँग्रेसले २०७४ मा केवल ४ स्थानमा जित हासिल गरेको थियो। तर यसपटक भने १३ भन्दा बढी स्थानमा काँग्रेसले उम्मेदवार उठाउने र जित्ने योजना बुनेको छ। तर राजनीतिक विश्लेषकहरूले भने कार्यकर्ता र मतदाताको भावना विपरित गठबन्धनमा नेपाली काँग्रेस लाग्नु सत्ताप्रतिको…

Read More

धनगढी: कैलाली-कञ्चनपुरका नदीमा बाढीको खतरा रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले पछिल्लो ६ घण्टा दुबै जिल्लाका धेरै स्थानमा भारी वर्षा भएकाले सतर्क रहन आग्रह गरेको हो। राति १२ बजेसम्म थप वर्षा हुने हुँदा खुटिया, कान्द्रा, मोहना, सुहेली, चौधरलगायतका साना खोलाहरुमा एक्कासी बाढी आउन सक्ने भएकाले होचा डुबान हुने स्थानमा सतर्कता अपनाउन भनिएको छ।

Read More

काठमाण्डाै – नेकपा एमाले छाड्ने घोषणा गरेका पूर्व स्थायी कमिटी सदस्य घनश्याम भुसालले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको दश बुँदे सहमति अनुसार अघि बढ्न खोज्दा आफ्नो कत्लेआम भएको दाबी गर्नुभएको छ। रूपन्देहीमा पत्रकारहरूसँग कुराकानी गर्दै भुसालले पार्टीभित्र १० बुँदे सहमतिको कुरा उठाउने र त्यसकै मर्मअनुसार अघि बढ्नुपर्छ भन्नेहरुलाई ओलीले सिध्याउने कोसिस गरेको र दश बुँदे सहमति गर्ने तर ओलीले जे भन्यो त्यै मान्नेहरुलाई भने टिकट दिइएको बताउनुभएको हो । ‘१० बुँदे भनेको १० भाइ मात्रै होइन । यो एउटा मर्म हो । यस मर्मअनुसार काम गर्ने अरू साथीहरू पनि योग्य थिए । पढेलेखेका थिए । यसको मर्मअनुसार काम गर्नेको कत्लेआम भयो’…

Read More

काठमाण्डाै – पालिका चुनावकाे खर्च विवरण नबुझाएका उम्मेदवारले जिल्ला निर्वाचन कार्यालयमा जरिबानाबापतकाे रकम बुझाउन सक्ने निर्वाचन आयाेगले जनाएकाे छ । आयोगले गएकाे वैशाख ३० गते सम्पन्न पालिका चुनावमा उम्मेदवार भइ कानुनबमोजिम चुनावकाे खर्चको विवरण नबुझाउने उम्मेदवारलाई जरिबानाबापतको रकम दाखिला गर्न सहजताका लागि आयोगको बहादुर भवनमा रहेकाे कार्यालय, सात वटै प्रदेश कार्यालय र ७० वटै जिल्ला कार्यालयमा समेत रकम बुझाउनसक्ने व्यवस्था गरेको हाे । आयोगले याे निर्णयबारे आज विज्ञप्तिमार्फत जानकारी दिएकाे छ। आयोगले कानुनबमोजिमको जरिबाना रकम निर्वाचन आयोगको कार्यालय कोड र सम्बन्धित राजश्व शीर्षकमा दाखिला भएको भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेस गर्न यसअघि निर्देशन दिएको थियो ।

Read More

९ महिनामा ९ जनाको ज्यान लिने बाघलाई बिहारको बगाहामा गोली हानेर मारिएको छ । उनको २६ दिनदेखि खोजी भइरहेको थियो । शनिबार बाघलाई गोवर्धन थाना क्षेत्रको बलुआ गाउँको खेतमा घेराबन्दी गरिएको थियो । त्यसपछि बन्दुकधारीले बाघलाई ४ गोली हाने । वाल्मीकि टाइगर रिजर्भको यो बाघले शनिबार आमा र छोराको पनि हत्या गरेको थियो। पछिल्लो ३ दिनमा मात्र बाघको आक्रमणमा ४ जनाको मृत्यु भएको बताइएको छ । बाघले ९ महिनामा १० जनालाई आक्रमण गरेको थियो जसमध्ये ९ जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । शुक्रबार बिहान बाघले आमा छोरालाई आक्रमण गरेको थियो । जसमा दुवैको घटनास्थलमै मृत्यु भएको थियो ।…

Read More

काठमाण्डाै – निर्वाचन आयोगले योग्यता पुगेका सबै उम्मेदवारहरुलाई आफ्नो उम्मेदवारी मनोनयनका लागि आवश्यक सहजीकरण गर्ने जनाएको छ । निर्वाचन आयोगले शनिवार काठमाण्डौमा पत्रकार सम्मेलन गरी यस्ताे जानकारी दिएकाे हाे । भोलि (आइतवार) आउँदाे मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन हुँदैछ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले त्यसका लागि योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार मनोनयनका लागि आवश्यक सहजीकरण गर्न निर्वाचन आयोग तयार रहेको बताउनु भएको हो । उहाँले निर्वाचन कार्यतालिका भने पछि सार्न नसकिने पनि स्पष्ट पार्नु भयो । थपलियाले उम्मेदवारीको मनोनयनका लागि उम्मेदवारहरुको भौतिक उपस्थिति अनिवार्य नरहेको पनि बताउनु भयो । दलको आधिकारिक…

Read More

काठमाण्डाै – चिसाे सुरु भएसँगै अस्पतालहरुमा डेङ्गीका बिरामीहरु कम हुँदै गएका छन् । काठमाण्डौको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैँ सुरु हुनुअघिको तुलनामा दशैँ अवधिमा डेङ्गीका बिरामीहरु कम हुँदै गएको हो। डेङ्गीको सङ्क्रमण खासगरी एडिज प्रजातिको लामखुट्टेको टोकाइबाट हुनेगर्दछ । दशैँ अघिकाे तुलनामा अहिले बिरामीहरु पनि कम अस्पताल आइरहेका शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताउनुभयो । उहाँका अनुसार अहिले अस्पतालमा साधारण बेडमा ११ जना उपचाररत छन् भने एक जना आईसीयूमा उपचाररत छन् । त्यस्तै इमर्जेन्सीमा करिब ७० जना दैनिकजसो उपचारका लागि आइरहेका उहाँले बताउनु भयो । सूचना अधिकारी गौतमले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु भने यस वर्ष विगतको तुलनामा कम…

Read More

गाेरखा – गोरखामा रुखमा झुन्डिएकाे अवस्थामा एकै परिवारका तीन जनाको शव फेला परेको छ । भीमसेन थापा गाउँपालिका-६ मा रहेकाे मेरियाटोलका ३४ वर्षका हेमबहादुर राना र उहाँका जुम्ल्याहा छोराको शव झुन्डिएकाे अवस्थामा आज बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक केदार खनालले जानकारी दिनुभयो । ‘सात वर्षका दुई बालकको काप्राको रुखमा झुन्डिएकाे अवस्थामा शव फेला परेको छ’, उहाँले भन्नुभयो, ‘बुबा हेमबहादुरको शव अर्कै रुखमा भेटिएको छ ।’ घटनाको प्रकृति हेर्दा रानाले दुई छोरालाई रुखमा झुन्ड्याएर हत्या गरी आफूले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको उहाँको भनाइ छ । घरबाट झण्डै डेढ किलोमिटर पश्चिमदक्षिणमा छोराहरूको शव एउटै डोरीमा झुन्डिएकाे अवस्थामा फेला…

Read More

मौसम बदली सँगै भइरहेको निरन्तर वर्षापछि दार्चुलाको उत्तरी क्षेत्र व्यास गाउँपालिका–१ छाङ्गरु र तिंकरमा हिमपात सुरु भएको छ । छाङ्गरु र तिंकरका गाउँहरुमा शनिवार बिहानैदेखि हिउँ पर्न सुरु भएको त्यहाँस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मले जनाएको छ । गुल्मपती ईश्वर दत्त भट्टका अनुसार चीन सीमा नजिकको गाउँ तिंकरमा हिउँ जमेको तथा छाङ्गरु गाउँका डाडाकाँडामा हिमपात भएको हो । हिमपात भएपछि त्याहाको जनजीवन कष्टकर बनेको सशस्त्र प्रहरीले जनाएको छ । तिंकर र छाङ्गरुमा हिमपात भएपछि सदरमुकाम खलंगा लगायतका स्थानमा चिसो बढेको छ भने वर्षा निरन्तर भइरहेको छ । लगातारको पानीका कारण यहाँका नागरिकहरुले दैनिक काम काज ठप्प भएका बताएका…

Read More