Author: Dipak Dhamala

काठमाडौं – रौतहट -२ का स्वतन्त्र सङ्घीय सांसद किरण कुमार साह नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । सोमबार साँझ बालकोटमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले स्वतन्त्र सांसद साहलाई एमालेमा प्रवेश गरेका हुन्। पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले स्वतन्त्र सांसद किरण साहलाई खाँदा ओढाएर टीका लगाई विधिवत् रूपमा पार्टी प्रवेश गराएका थिए । उक्त अवसरमा केपी शर्मा ओलीसँगै अर्थमन्त्री विष्णु पौडेल, रौतहट क्षेत्र १ का सङ्घीय सांसद प्रत्याशी अजयकुमार गुप्ता, प्रदेश सांसद प्रत्याशी राजकिशोर यादव, एमालेका स्थानीय नेता शेख फजिले हक लगायतको उपस्थिति रहेको थियो । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार किरण साहले तत्कालीन सत…

Read More

काठमाण्डौ – यसपालिको २५औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको मूल समारोह काठमाण्डौ महानगरपालिकामा गर्ने निर्णय भएको छ । गृहमन्त्री रवि लामिछानेको अध्यक्षतामा हिजो गृह मन्त्रालयमा बसेको २५औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले यो निर्णय गरेको हो । यसपटक दिवस मूल समारोह समितिको सभापति काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाह रहने र प्रमुख अतिथिका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गर्ने निर्णय पनि भएको छ । यसैगरी सङ्घ, प्रदेश, जिल्ला प्रशासन कार्यालय, सबै पालिकालाई समेत दिवस मनाउन पत्राचार गर्ने निर्णय भएको छ । विसं १९९० माघ २ गते नेपालमा आएको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि हरेक वर्ष माघ २ गते राष्ट्रिय…

Read More

जुम्ला – जुम्लामा अत्याधुनिक रङ्गशाला निर्माण हुने भएको छ । जुम्लाको चन्दननाथ नगरपालिका -५ मा अवस्थित राजासिममा सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाको ५० करोड लगानीमा सुविधायुक्त रङ्गशाला निर्माण हुन लागेको हो।  रङ्गशाला नहुँदा खेलाडीहरूलाई अभ्यास गर्न, जिल्लास्तरीय विभिन्न खेलकुद आयोजना गर्न समस्या हुने गरेको सघन सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय जुम्लाका सव–इन्जिनियर चन्द्र बहादुर खड्काले बताए। उनका अनुसार प्रदेशकै नमुना रङ्गशाला निर्माण हुनेछ, रङ्गशालाका लागि टेण्डर आह्वान भइसकेको छ । अबको २ वर्षमा सुविधायुक्त रङ्गशाला सहितका अन्य संरचना निर्माण हुने छन्। सघन सहरी विकास कार्यक्रम’ अन्तर्गत रङ्गशाला बन्न लागेको हो ।  कुल ५० करोड…

Read More

काठमाण्डाै – उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समयमा कार्यालय नपुग्ने कर्मचारीलाई कारबाही हुने बताउनु भएको छ । सोमवार केही सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा उहाँले कार्यालय र मातहतका निकायमा अनिवार्यरुपमा १० बजे कर्मचारी आएर हाजिर लगाइसक्नु पर्ने बताउनुभयो । ढिलो आएर काम छल्नेको तलब काटिने उहाँले बताउनुभयो । विशेष कारण परेका बेला भने कहिलेकाहीँ छुट दिइने मन्त्री श्रेष्ठले बताउनुभयो । यस्तै, उहाँले मन्त्रालयका कार्यालय सहयोगीदेखि चालकसम्म सबैका गुनासा र सुझाव सुन्नका लागि हरेक महिना बैठक आह्वान गर्ने र बैठकमा उनीहरुको कुरा सुन्ने व्यवस्था मिलाइएको पनि बताउनुभयो ।

Read More

स्ट्रेलियाको दक्षिण बन्दरगाहको गोल्ड कोस्टमा आकाशमा दुई वटा हेलिकोप्टर ठोकिँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा तीन जना गम्भीर घाइते भएका छन् । एउटा हेलिकोप्टर तटबाट केही फिट नजिकैको बालुवामाथि उत्तानो परेको थियो । ‘दुर्घटनाका कारण चार जनाले ज्यान गुमाएका छन् भने तीन जना गम्भीर छन्’ क्विन्सल्यान्डका प्रहरी सेवाका कार्यवाहक निरीक्षक ग्यारी वोरिलले भने । त्यस्तै दुर्घटनाग्रस्त हेलिकोप्टरका पङ्खाहरू केही टाढा उछिट्टिएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा उद्धार टोली र प्रहरी परिचालन गरिएको थियो । घटनाबारे अस्ट्रेलियाको यातायात सुरक्षा ब्युरोले अनुसन्धान सुरु गरेको छ । दुर्घटनालाई ब्युरोले मध्य आकाशमा ठोक्काइ’ भनेको छ । यसैबीच, अनुसन्धानकर्ताहरुले दुर्घटनाग्रस्त हेलिकोप्टरको भग्नावशेषको जाँच…

Read More

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले लिभरपुललाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डसँग लिभरपुल ३–१ गोलले पराजित भयो । लिभरपुलका इब्राहिम कोन्टेले खेलको १९औँ मिनेटमा आत्मघाती गोल गरेपछि अग्रता लिएको ब्रेन्टफोर्डले थप दुई गोल गर्यो । उसका योने विसाले खेलको ४२औँ र ब्रायन एमबेउमोले ८४औँ मिनेटमा गोल गरे । लिभरपुलका एलेक्स अक्सलेड च्याम्बरलेनले एक गोल फर्काए । उनले खेलको ५०औँ मिनेटमा गोल गरे । ब्रेन्टफोर्डसँग पराजित लिभरपुल १७ खेलमा २८ अङ्कका साथ तालिकाको छैटाैँ स्थानमा रहेको छ । ब्रेन्टफोर्ड १८ खेलमा २६ अङ्कका साथ सातौँ स्थानमा छ । प्रिमियर लिगमा १६ खेलमा ४३ अङ्कका साथ आर्सनल शीर्ष स्थानमा छ…

Read More

काठमाडौं – सोमबार बिहानैदेखि अचाक्ली जाडो बढेपछि महोत्तरीका स्थानीय तहले धमाधम विद्यालय बिदाको सूचना जारी गरेका छन् । जिल्लाका नौ स्थानीय तहले जाडो निकै बढेको हुँदा चार दिनदेखि आठ दिनसम्मको बिदा सूचना गरेका हुन् । जिल्लाका जलेश्वर नगरपालिका, पिपरा तथा सम्सी गाउँपालिकाले  पुस १९ गतेदेखि पुस २६ गतेसम्म आठ दिनको बिदा सूचना गरेका छन् । त्यसैगरी मटिहानी, भङ्गाहा, लोहारपट्टी, औरही र बलवा नगरपालिका तथा  सोनमा गाउँपालिकाले पनि आजदेखि २२ गतेसम्म चार दिन बिदा दिने सूचना जारी गरेका छन् । यसअघि गत आइतबार नै मनराशिशवा र रामगोपालपुर नगरपालिकाले पुस २२ गतेसम्मको बिदा सूचना गरेका थिए । जिल्लाका १५ स्थानीय तहमध्ये ११…

Read More

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन आज  निर्देशनात्मक सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले प्रधानमन्त्री दाहालले सोमबार सचिवहरुका कार्यविवरण सुनेको र मङ्गलबार आवश्यक निर्देशनात्मक सम्बोधन गर्ने तय भएको जानकारी दिए । पुस १० मा प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डले सुशासन र नागरिकलाई सरल र सहजरुपमा सेवा प्रदान गर्ने यसअघि नै घोषणा गरेका थिए । पुस ११ मा उनले नागरिकलाई सेवा प्रदान गर्ने निकायमा भइरहेको बेथिति अन्त्य गर्ने घोषणा गरेका थिए । विशेष गरी राहदानी वितरण, सवारी चालक अनुमतिपत्रलगायत सेवाग्राहीको बढी भीडभाड हुने कार्यालयको कामलाई सरल र सहज बनाउने प्रधानमन्त्रीको योजनाअनुसार  पहिलो चरणमा…

Read More

काठमाडौं – हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज बिहान देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली  रही मध्य तराईका थोरै भू-भागमा हुस्सु लागेको  छ। आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली  रहनेछ। प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। यी प्रदेशमा राति पनि हल्का हिमपातको सम्भावना  छ। हिमाली भू-भागमा हल्का हिमपात र तराईका भू-भागमा हुस्सु लाग्ने भएकोले दैनिक जीवन र सडक तथा हवाई यातायातमा आवश्यक सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ।

Read More

सरकारमा सहभागी पार्टीहरुबीच भागबन्डा मिलाउन प्रधानमन्त्री पुष्पकमल दाहालले पाँच उपप्रधानमन्त्री हुने व्यवस्था गर्दै मन्त्रालयको सङ्ख्या २५ पुर्‍याउने गृहकार्य थालेका छन् ।  नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका दाहालले सरकारलाई समर्थन गरेका दलका नेतालाई चित्त बुझाउन पाँच राजनीतिक दलका नेतालाई उपप्रधानमन्त्री भाग पुर्याउन त्यस्तो तयारी थालेका हुन् ।  प्रधानमन्त्री दाहालले आफ्नै पार्टी माओवादी केन्द्रका उपाध्यक्ष नारायणकाजी श्रेष्ठका साथै नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्रीको जिम्मेवारीमा सरकारमा सहभागी गराइसकेका छन् । अब राप्रपा र जसपालाई पनि उपप्रधानमन्त्रीको जिम्मेवारीसहित सरकारमा सहभागी गराउने तयारी उनले गरेका हुन् । पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्र दुई दललाई उपप्रधानमन्त्रीसहित सरकारमा…

Read More