Author: Dipak Dhamala

काठमाडौं – सभामुख देवराज घिमिरले प्रमुख तीन दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। उनले नेपाली कांग्रेसभा सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतका नेताहरूसँग छलफल गर्न लागेका हुन्। शनिबार दिउँसो ४ बजे सिंहदरबारमा हुने भेटमा संवैधानिक परिषद् र संक्रमणकालीन न्याय सम्बन्धी विधेयकबारे छलफल हुने बताइएको छ। ‌यी दुई विधेयक सरकारले संसद्‌मा दर्ता गराएको छ। साथै, संसदीय समिति गठनबारे पनि छलफल हुने बताइएको छ। निर्वाचनपछि नयाँ संसद् सञ्चालन भएपनि संसदीय समितिहरू भने गठन गरिएको छैन।

Read More

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन साहले आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन् ।  सामाजिक सञ्जालमार्फत उनले देश सफा गर्नुपरे सिंहदरबारका नेताहरूलाई सिस्डोलमा डम्प गर्नुपर्ने बताए ।  उनले लेखेका छन् -‘आज बाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश सफा गर्नु परे, त्यहाँका नेताहरूलाई सिस्डोलमा डम्प गर्नु पर्ने हुन्छ । ‘

Read More

गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकारी अध्यक्षको जिम्मेवारी डा. बद्री केसीले समालेका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रवार काठमाण्डौंमा आयोजित एक पत्रकार सम्मेलनकाबीच कार्यकारी अध्यक्ष रविना थापाले औपचारिक रुपमा कार्यकारी पद हस्तान्तरण गरेकी हुन् । पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष डा. केसीले गैरआवासीय नेपाली संघको १० औँ महाधिवेशनमा देखिएको विशेष परिस्थितिका कारण संघको अभियानबाट बाहिर रहेका नेपाली गैरआवासीय नेपालीहरुलाई एकताको सुत्रमा बाँध्नु पहिलो प्राथामिकता हुने बताएका छन् । १९ बुँदे प्रतिबद्धता पत्र जारी गर्दै डा. केसीले संस्थामा सबैको अपनत्व हुने गरि एकता कायम गर्न विशेष पहल कदमी लिइने बताए । विगत एक वर्षमा संस्थाका विभिन्न गतिविधिमा सहभागी भएर बृहत…

Read More

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल देशका कर्णाली प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशमा आंशिक बदली रहेको र बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। राति कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम आंशिक बदली…

Read More

काठमाडौं – डिजिटल वालेट ई-सेवा आज डेढ घण्टा नचल्ने भएकाे छ । कम्पनीका अनुसार, पाचौं चरणको डेटावेस अपग्रेड गर्नुपर्ने भएकाले एकदेखि डेढ घण्टासम्मका लागि सेवा अवरुद्ध हुने छ । दिउँसाे १ बजेदेखि २ः३० बजेसम्म ई-सेवा बन्द रहने छ । कम्पनीले सूचनामा भएकाे छ, ‘ई-सेवाको पाचौं चरणको डेटा भर्सन अपग्रेड (5th Phase Database Version Upgrade) सम्बन्धी कार्य गर्नका लागि चैत २५ गते शनिबार बिहान १:०० बजेदेखि २:३० बजेसम्म ईसेवाका सम्पूर्ण सेवा अवरुद्ध हुनेछन् ।’

Read More

काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका लागि १ सय २२ रनको सामान्य लक्ष्य पाएको लखनउले १६ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । लखनउका कप्तान लोकेश राहुलले सर्वाधिक ३५ रन तथा क्रुनाल पान्ड्याले ३४ रन बनाए । हैदराबादका आदिल राशिदले २ तथा भुवनेश्वर कुमार, फजलहक फारुकी र उमरान मलिकले एक/एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय २१ रन बनाएको थियो । हैदराबादका राहुल त्रिपाठीले सर्वाधिक ३५…

Read More

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो ।  सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

Read More

काठमाडौं – ‘गाउँमा बाघ पस्यो ’ केही हुल मान्छेहरू बाटोतर्फ भागे । ‘कहाँ छ ’ ३५ वर्षीय बमबहादुर खड्काले सोधे । ‘ऊ उता’ मान्छेहरू देखाउँदै दौडिए । आफ्नै दोकानमा बसिरहेका बम पनि पछि पछि दौडिए । बाघ भनेर पच्छाइरहेकाहरूले पछि थाहा पाए त्यो चितुवा रहेछ । नजिकैको जंगलबाट गाउँ पसेको चितुवा हेर्नेहरूको घुइँचो लाग्यो । ‘ला…अब कसलाई खान्छ ?’ साउन ३ गतेको घटना स्थानीयको आँखामा घुम्यो । डोटीकै दिपायल सिलगढी नगरपालिका वडा ७ उडितोलामा घरभित्र चितुवा पसेर आक्रमण गर्दा दुईजना घाइते भएका थिए । चितुवाको आक्रमणबाट ४५ बर्सकी पार्वती विकको हात, टाउकोमा र उनकी ३ वर्षीया छोरी लक्ष्मीको विकको घाँटी…

Read More

सुदूर पश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाह मुख्यमन्त्री पदमा नियुक्त भएको दुई महिना पुग्यो । यो अबधिमा मुख्यमन्त्री शाह दुई वटा कुरामा व्यस्त रहे । पहिलो, उद्घाटन । र, दोस्रो, काठमाण्डौं धाउन । दुई महिनामा एक महिना उनले काठमाण्डौं धाउदा धाउदै बिताए । एक महिनामा पनि अधिकांश समय उद्घाटनमै बिताए । हुदा हुदा वडा कार्यालयसम्मको उद्घाटन गर्नसम्म भ्याए । शाहले एक साताअघि अछामको पञ्चदेवल बिनायक नगरपालिकाको वडा नम्बर १ कुईकाको कार्यालय उद्घाटन गरेका थिए । साथमा भौतिक पूर्बाधार मन्त्री प्रकाश बहादुर देउवा पनि थिए । सरकारलाई पूर्णता दिने विषयमा सत्ता साझेदार दलहरुबीच यो अबधिमा एक पटक मात्र बैठक बस्यो,…

Read More

सुर्खेत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्व अर्थमन्त्री जनार्दन शर्माले  कर्णाली प्रदेशमा वर्तमान सरकारले नै निरन्तरता पाउने बताएका छन् । सुर्खेत विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै नेता शर्माले कर्णाली प्रदेश सरकारबारे छिट्टै केन्द्रीय गठबन्धनले आधिकारिक निर्णय लिने बताए ।  प्रदेशमा कांग्रेससहितको सत्ता साझेदारबीच नै सहकार्य हुने उनले प्रस्ट पारे ।  नेता शर्माले माओवादीकै एजेण्डामा देश अघि बढेपनि पार्टी कमजोर हुनुलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए ।  उनले केन्द्रमा कांग्रेसले मन्त्रीहरूको नाम दिन नसकेकोले मन्त्रीमण्डले पूर्णता पाउन नसकेको प्रस्ट पारे ।

Read More