Author: Dipak Dhamala

काठमाडौँ । राष्ट्रपति निर्वाचन मतपरिणाम आज राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पेस गरिने भएको छ ।  राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आज राष्ट्रपतिसमक्ष पेस गर्ने कार्यक्रम रहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।  आयोगले माघ १६ गतेको निर्णय अनुसार बिहीबार  राष्ट्रपतिको निर्वाचन शान्तिपूर्ण र उत्साहपूर्वक सम्पन्न भएको विज्ञप्तिमार्फत छ । निर्वाचनमा ३३ हजार ८ सय दुई मतभार प्राप्त गरी राष्ट्रपतिको उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति पदमा निर्वाचित भएका थिए भने अर्का उम्मेदवार सुवासचन्द्र नेम्वाङले १५ हजार ५ सय १८ मतभार प्राप्त गरेका थिए।  निर्वाचनमा ३ सय १३ सङ्घीय सांसद र ५ सय…

Read More

काठमाण्डाै – गौतमबुद्ध विमानस्थल भैरहवाबाट आजदेखि पुनः नियमित अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । अन्तर्राष्ट्रिय उडान गर्दै आएको कुवेतको जजिरा एअरवेजले गएको पुस ६ गतेदेखि खराब मौसमका कारण उडान स्थगित गरेको थियो । कुवेतबाट आज बिहान ६६ जना यात्रु लिएर आएको जजिराको विमान बिहान ८ बजेर ५ मिनेटमा ९९ जना जना यात्रु लिएर उडेको छ । अब आकाश खुल्न थालेकाले भैरहवा उडान सहज भएको र जजिराले अब हप्तामा तीन दिन मङ्गलवार, बिहीवार र शनिवार नियमित उडान गर्ने विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा सञ्चालन गरिएको गौतमबुद्ध विमानस्थलमा दैनिक ३० देखि ४० वटासम्म उडान गर्न सकिने…

Read More

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध परेको मुद्दाको पहिलो सुनवाइ आज हुने भएको छ। उनीमाथि पाँच हजार जनाको हत्या गरेको साबित बयानलाई आधार बनाएर गत मंगलबार मुद्दा दायर भएकोमा आज त्यसमाथि सुनुवाइ हुने भएको हो। प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडिखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्ध कालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा दायर गरेका थिए । अधिवक्ता ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकी लगायतले प्रचण्डविरुद्ध रिट हालेका हुन् । शन्ति प्रक्रियासँग सम्बन्धित मुद्दा सार्वोच्चमा दर्ता भएपछि नेपालको…

Read More

सरकारले सत्य निरूपण तथा मेलमिलापसम्बन्धी संशोधित विधेयक प्रतिनिधि सभामा दर्ता गर्ने भएको छ। आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले प्रतिनिधि सभामा उक्त विधेयक आजै दर्ता गर्ने निर्णय गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ। साथै बैठकले फलफूल, तरकारी र खाद्यजन्य बस्तुको विषादी परीक्षणसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदको विषयगत समितिमा छलफलका लागि पठाएर यथाशीघ्र क्याबिनेटमा पेश गर्ने निर्णय भएको सचिवालयको भनाइ छ।

Read More

काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपालले टस हारेर पहिला ब्याटिङ गर्ने भएको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुन/जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी सबै ४ खेल जित्नुपर्ने हुन्छ । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले यूएई र पपुवा न्युगिनीसँग समान २/२ खेल खेल्नेछ । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार…

Read More

काठमाडौं । निर्वाचन आयोगले आज हुने राष्ट्रपति निर्वाचनका आफनो नाम उल्लेख भएको ५ मध्ये एक परिचय पत्र लिएर मतदान स्थलमा जानुपर्नेछ । राष्ट्रपति पद निर्वाचनमा मतदाताहरूले मतदान गर्न आयोगले स्पष्ट रुपमा कानुनी ब्यवस्था गरेका भन्दै ५ वटा एउटा परिचय खुल्ने कागजात लैजानु पर्ने जनाएको हो । जसअनुसार निर्वाचन आयोगबाट जारी भएको मतदाता परिचय पत्र, नेपाली नागरिकताको प्रमाण पत्र,  सम्बन्धित् संसद सभा सचिवालयबाट जारी भएको परिचय पत्र मतदान गर्नु अघि देखाउनु पर्नेछ । सो परिचय पत्र नभएमा निर्वाचन अधिकृतबाट सम्बन्धित् सभाको सदस्यमा निर्वाचित हुँदा उपलब्ध गराइएको प्रमाण पत्र वा राष्ट्रिय परिचय पत्रमध्ये एउटा लिएर मतदानस्थलमा जानु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम…

Read More

काठमाण्डाै – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि नियमितरूपमा रात्रिकालीन उडान सुरु हुने भएको छ । विमानस्थलमा उपकरणका आधारमा विमान उडान/अवतरण प्रविधि इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आईएफआर) प्रणाली लागू भएपछि पहिलोपटक बुद्ध एअरले नियमित तालिकामा रात्रिकालीन उडान सुरु गर्न लागेको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गएको ११ गतेदेखि आईएफआर प्रणाली लागू भएको हो । अहिले विमानस्थलबाट बिहान ६ बजेदेखि दिउँसो ४ बजेसम्म मात्र जहाज उडान र अवतरण हुँदै आएकामा अब आवश्यकताका आधारमा रातिको १२ बजेसम्म उडान गर्न सकिने छ । आज बेलुका पोखराका लागि काठमाण्डौ, भैरहवा, नेपालगञ्ज र झापाको भद्रपुरबाट बुद्ध एअरका चारवटा जहाजले रात्रिकालीन उडान गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण पोखरा विमानस्थलका प्रमुख विक्रम…

Read More

काठमाडौँ — भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा बुधबार निधन भएको छ । अभिनेता अनुपम खेरले ट्वीटमार्फत आफूले प्रिय साथी गुमाएको भन्दै उनको निधनको पुष्टि गरेका हुन् । खेरले लेखेका छन्– ‘मृत्यु संसारको शाश्वत सत्य हो तर मैले आफ्नो प्रिय साथीबारे यसरी लेख्नुपर्ला भनेर सपनामा पनि सोचेको थिइनँ ।’ खेरले कौशिकसँग ४५ वर्षदेखि साथी रहेको पनि उल्लेख गरेका छन् । कौशिकको निधनको कारणबारे आधिकारिक विवरणहरू भने आइसकेका छैनन् । सन् १९६५ अप्रिल १३ मा हरियाणामा जन्मेका कौशिक अभिनय, व्यंग्य, पटकथा लेखन, निर्देशन र फिल्म निर्माणमा समेत चर्चित थिए । बलिउडमा आउनुअघि उनले नाट्यशालाहरुमा अभियन गर्थे । उनले नेसनल स्कुल अफ ड्रामा, नयाँ दिल्ली तथा फिल्म…

Read More

काठमाडौँ । मुलुकमा २०६२-६३ को जनआन्दोलनको उपलब्धिका रुपमा नयाँ शासन व्यवस्थाको प्रारम्भ भएसँगै पहिलो राष्ट्रपतिको निर्वाचन २०६५ साउन ४ गते भएको थियो । संविधानसभाले राष्ट्रपतिको निर्वाचन गर्ने व्यवस्था भएबमोजिम गरिएको उक्त निर्वाचनमा संविधानसभामा तत्काल कायम रहेका पाँच सय ९४ सदस्य मतदाता थिए । पहिलो निर्वाचनमा केही राजनीतिक दलले भाग नलिएका कारण पाँच सय ७८ सदस्यले मात्र मतदान गरे । सो निर्वाचनमा रामवरण यादवले दुई सय ८३ तथा रामराजाप्रसाद सिंहले दुई सय ७० मत प्राप्त गरे । प्रथम चरणमा कुनै पनि उम्मेदवारले आवश्यक बहुमत प्राप्त गर्न नसकेको हुँदा २०६५ साउन ६ गते दोस्रो चरणको निर्वाचन भएको थियो । दोस्रो चरणमा यादवले…

Read More

काठमाडौँ। आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले पपुवा न्युगिनीसँग प्रतिस्पर्धा गर्दैछ । त्रिभुवन विश्वविद्यालयको घरेलु मैदानमा नेपाली टोलीले आज पपुवान्युगिनीसँग प्रतिस्पर्धा गर्न लागेको हो ।  नेपालसँग लगातार दुई खेल हारेर पीएनजी कीर्तिपुर क्रिकेट मैदानमा उत्रँदै छ।  नेपाल ३२ खेलमा १५ मा जित र १५ मा हारसहित ३२ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब दुई खेल जिते ३६ अङ्क हुनेछ । दुई जित भए शीर्ष पाँचमा पर्दै सोझै ओडिआई मान्यता जोगाउन पर्याप्त हुनेछ । सातौँ स्थानमा रहेको पीएनजीको ३२ खेलबाट ९ अङ्क छ। बिहीबार देखि घरेलु मैदान टियुमा हुने सो खेलका लागि मौसम ढकाल र सन्दीप…

Read More