Author: Dipak Dhamala

काठमाडौं – नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले अनधिकृत संरचना हटाउने काठमाडौं महानगरका मेयर बालेन शाहको पछिल्लो कार्य स्वागतयोग्य भएको बताएका छन् । राज्य कोषमा कर छली गरी व्यवसाय सञ्चालनको प्रमाणसहित भवन, टहरा र पार्किङ स्थल भत्काउँदा एक थरीको निद्रा हराएको शेर्पालीले बताए । केही गर्छु भन्ने अठोटका साथ स्वतन्त्र रुपमा निर्वाचित भएका बालेनलाई हतोत्साहित बनाउने गरी धम्की नदिन पनि उनले चेतावनी दिएका छन् । आफ्नो वा पराई कोहि नभनी सधैं राज्यको भौतिक सम्पतिको संरक्षण गर्न र जनताको पक्षमा काम गर्न पनि उनले शाहलाई आग्रह गरेका छन् ।

Read More

काठमाडौं – अछामको मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहराले बिद्यालय दिवाखाजा कार्यक्रले बालबालिकाको पोषणस्तरमा पनि टेवा पुगेको बताउनुभएको छ । बिहिबार मंगलसेन नगरपालिका वडा नः १२ बान्नातोली स्थित कालीका आधारभूत बिद्यालयमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । बिद्यालयमा सञ्चालन गरिएको दिवाखाजा कार्यक्रममा सहभागी भएका बालबालिकाको कारण उनिहरुको घरमा पनि सुधार हुँदै गएको समेत बोहराको भनाई छ । जसका कारण स्वास्थ्य अवस्था,सरसफाईको अवस्था लगाएतका अन्य पक्षमा पनि सकारात्मक सुधार भएको पनि बोहराले बताए् । एकातिर अहिले पहाडी क्षेत्रबाट बसाईसराईको क्रम बढ्न थालेकाले पहाडी क्षेत्रका सामुदायीक बिद्यालयहरुको व्यवस्थापन गर्न चुनौती रहेको पनि नगर प्रमुख बोहराको भनाई छ…

Read More

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धरानका मेयर हर्क साम्पाङले चलाएको वृक्षारोपण अभियानमा सहभागी हुने भएका छन् । शुक्रबार जनवादी गायक जेबी टुहुरेको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुन अध्यक्ष प्रचण्ड धरान पुगेका हुन् ।  धरानका मेयर साम्पाङले हरेक शनिबार वृक्षारोपण कार्यक्रम राख्दै आएका छन् । ‘यसपटक अध्यक्ष प्रचण्ड धरान आइपुग्नुभएकोले आजै शुक्रबार सर्दु जलाधार क्षेत्रमा हुन लागेको वृक्षाराेपण कार्यक्रममा उहाँ सहभागी हुँदैहुनुहुन्छ,’ धरानका उपमेयर आइन्द्रविक्रम बेघाले भने, ‘वृक्षारोपणको कार्यक्रम सकेर अध्यक्ष जेबी टुहुरे स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुनुहुनेछ ।’ एक साताअघि काठमाडौं आएका बेला मेयर साम्पाङले प्रचण्डलाई सर्दुखोलामा श्रमदान गर्न आउन निम्तो दिएका थिए । ‘आज प्रचण्ड सङ्ग…

Read More

काठमाडौं- काठमाडौं महानगरपालिकाले भूमिगत पार्किङमा अवैध रुपमा चलिरहेका पसलहरुको अनुगमन गर्ने जिम्मा वडा कार्यालयहरुलाई दिएको छ । वडा कार्यालयहरुले अनुगमन गरेर रिपोर्ट दिने र हटाउनका लागि सूचित समेत गर्ने गरी महानरले योजना बनाएको हो । अहिले काठमाडौंको सीमित क्षेत्रमा मात्रै चलिरहेको यस्तो अभियानलाई ३२ वटै वडासम्म विस्तार गर्ने गरी अनुगमन थाल्न महानगरका मेयर बालेन साहले वडाध्यक्षहरुलाई भनेका छन् । महानगरका एक अधिकारीका अनुसार वडा कार्यालयले दिएको रिपोर्टअनुसार अवैध संरचना र भूमिगत पार्किङमा चलेका पसलहरु हटाउने महानगरको तयारी छ । ‘काठमाडौंमा करिब २८६ वटा भूमिगत पार्किङका लागि नम्सा पास भएका भवनहरु छन्,’ ती महानगरका एक अधिकारीले भने,’ती भवनहरुबारे वडाले अवस्था हरेर…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनमा सिट बाँडफाँटको विषय बाहिर चर्चा गरिएजस्तो जटिल नभएको बताएका छन् । कार्यदललाई निर्वाचन क्षेत्रको अवस्था बुझेर भागबण्डाको खाका तयार गर्न निर्देशन दिइएकोले एक, दुई दिनमा नै बाँडफाँडबारे सहमति हुने प्रचण्डको दाबी छ ।  आज बिहान विराटनगर विमानस्थलमा पत्रकारहरुसँगको कुराकानीमा प्रचण्डले नागरिकता विधेयकबारे पनि भ्रम फैल्याउने काम भएको भन्दै असन्तुष्टि पोखे । विधेयकलाई राष्ट्रपतिसँग जोडेर अनावश्यक विवाद सृजना गर्न खोजिएकाले सतर्क रहनुपर्ने उनको भनाइ थियो ।  पार्टी पदाधिकारीमा महिलालाई उचित स्थान नदिएको बारे पत्रकारहरुको जिज्ञासामा प्रचण्डले पदाधिकारी सिनियरका आधारमा नियुक्ति हुने भन्दै स्थायी कमिटीमा एघार जना महिला नेतृलाई एकैपटक नियुक्त गरेर महिला सहभागिता सुनिश्चित…

Read More

ललित सामन्त दार्चुला- दार्चुलाबाट एसइइ ग्रेडवृद्धि परीक्षामा २ हजार २७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका कार्यालय प्रमुख जय राज पन्तले बताउनु भयो । भोलि र पर्सि १२ गते हुने परीक्षाका लागि दार्चुलामा सबै तयारी पुराभएको बताइएको छ । जिल्लामा पाँच ओटा केन्द्र तोकिएका छन् । भोली पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ । १२ गते दुई विषयका लागि फाराम भरेका विद्यार्थीको ठूलो कोड भएको विषयको परीक्षा हुने शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको…

Read More

हुम्लाको ताँजाकोट गाउँपालिकामा अज्ञात रोगका कारण ६० पशु मरेका छन् । स्थानीयवासीका अनुसार दुई हप्तादेखि फैलिएको अज्ञात रोगले पशु मरेका हुन् ।  यति धेरै पशु मर्दा पनि गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधि बेखबर रहेको स्थानीयको आरोप छ । खर्कमा रहेका पशुमा अचानक पेट सुन्निने, काँप्ने, झोक्राउनेजस्ता लक्षण देखिएको छ । हालसम्म ६० पशु मरिसकेको ताँजाकोट–२ का धनबहादुर रोकायाले बताए । अज्ञात रोगले वडा नं १ र २ का खर्कमा दैनिकजसो पशु मर्न थालेका छन् । गाउँपालिकाले पठाएका कर्मचारी औषधि अभाव भएको भन्दै फिर्ता भएका छन् । पुनः औषधि बोकेर खर्कमा नजाँदा उक्त समस्या आएको ताँजाकोट–१ का दलबहादुर खड्काले गुनासो गरे ।…

Read More

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीको प्रदेश एकको बैठकमा सहभागी हुन विराटनगर प्रस्थान गरेका छन् । प्रदेश-१ का केन्द्रीय सदस्य सहित प्रदेश पदाधिकारी सम्मिलित बैठकमा सहभागी हुन प्रचण्ड आज बिहान साढे १० बजे विराटनगरका लागि हिडेँका हुन ।  आगामी प्रदेश र संघको चुनाव लक्षित कार्यक्रममा सहभागी हुन प्रचण्ड विराटनगर आउन लागेको प्रदेश-१ का अध्यक्ष हर्कबहादुर नेम्वाङ‘मिक्सो’ले बताए । ‘हामीले प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी सहित सदस्यहरुको बैठक गर्न लागेका छौ । बैठकलाई सम्बोधन गर्न अध्यक्ष प्रचण्ड कमरेड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ कमरेड आउनुहुनेछ’ नेम्वाङले भने । चुनावको समिति घोषणा भएपछि प्रचण्ड प्रदेशलाई सक्रिय बनाउन आफै बैठकमा…

Read More

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको नेतृत्वमा अवैध संरचनामा डोजर लगाउने कार्य शुक्रबार पनि निरन्तर रहने भएको छ ।  पछिल्लो दुई दिन राजधानीका विभिन्न स्थानमा डोजर चलाएर अवैध संरचना भत्काइएकामा शुक्रबार पनि यो कार्यलाई निरन्तरता दिइने महानगरपालिकाले जनाएको छ । त्यसका लागि मेयर बालेनको टीम डोजरसहित ‘स्ट्यान्डबाई’ रहेको छ। आज शंखमुल बेसमेन्टमा सञ्चालित बर्गर हाउस, दरबारमार्गस्थित लण्डन पपको अन्डरग्राउण्ड, कोटेश्वर प्रहरी चौकीबाट उत्तरतर्फ जाने बाटोमा बनाइएको कोटेश्वर ट्रष्ट कार्यालयको अवैध संरचना र नबिल बैंकको न्युरोड शाखाको अवैध संरचना भत्काउने गरी कार्यतालिका बनेको महानगरपालिकाले जनाएको छ । यसअघि महानगरपालिकाले अल्फा बिटा कम्प्लेक्स, आरबी कम्प्लेक्स, काठमाडौं मललगायतमा बनेका अवैध संरचना हटाइसकेको…

Read More

काठमाडौं- पाँच ट्वान्टी–२० र तीन एक दिवसीय सिरिजका लागि केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अपरान्ह घरेलु टोलीसँग दोस्रो ट्वान्टी–२० खेल खेल्दैछ । नेपालले नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्न लागेको हो ।  खेल नेपाली समय अनुसार अपरान्ह ३:४५ बाट शुरु हुनेछ । विश्व क्रिकेट लिग–२ अन्तर्गत नामिबिया भ्रमणअघि नेपालले केन्यासँग अनुभव बटुल्नका लागि खेल्न लागेको हो ।  पहिलो खेलमा बुधबार नेपालले ५ विकेटको सहज जित निकालेको थियो । नेपाल आज पनि जितलाई निरन्तरता दिने लक्ष्यका साथ मैदान प्रवेश गर्ने भएको छ । 

Read More