Author: Dipak Dhamala

काठमाडौं-  सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन्। महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो। विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ। सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताए। “विसं २०५७ मा पनि उच्च शिक्षाका लागि दुई–तीन दिनको बाटो हिँडेर काठमाडौं वा भारत जानुपर्ने बाध्यता थियो”, उनले भने, “त्यो बेला पनि एमएबिए गर्न…

Read More

काठमाडौं- विद्यार्थी र विद्यालयका सवारी साधन चालक लक्षित ट्राफिक जाँच अभियानमा अहिलेसम्म १ हजार २ सय ३८ विद्यार्थी र विद्यालयका सवारीसाधन चलाउने  १ सय ५१ चालक कारबाहीमा परेका छन्। निजी विद्यालयको छाता संगठन प्याब्सन र एन प्याब्सनको सल्लाह र सुझावपछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले साउन ३० देखि कारबाही सुरु गरेको हो। कारबाहीमा परेकामध्ये अधिकांश विद्यार्थीले चालक अनुमति पत्र नबोकेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) राजेन्द्रप्रसाद भट्टले दिएको जानकारीअनुसार कारबाहीमा परेका अधिकांश विद्यार्थीले सवारी चालक अनुमति पत्र नबोकीकन मोटरसाइकल चलाएका थिए। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Read More

काठमाडौं-  नेपाल भलिबल संघ (एनभीए) को अध्यक्ष पदमा जितेन्द्रबहादुर चन्द  निर्वाचित भएका छन् । बिहीवार बिहान आएको नतिजा अनुसार चन्दले अध्यक्ष पदका प्रयासी निरोज मास्केलाई पराजित गरेका हुन । निर्वाचनमा चन्दको प्यानल नै विजयी भयो   ।  पछिल्लो समय महासचिव रहेका चन्दले ७६ मत ल्याए । यस्तै, पराजित मास्केले ५० मत प्राप्त गरिन । निर्वाचनमा कुल १ सय २८ मत खसेको थियो । यस्तै, महासचिव पदमा चन्द समूहकै  रोशनकुमार श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ८५ मत ल्याए । उनका प्रतिद्वन्द्वी मनवीर छन्त्यालले ३९ मत पाए । 

Read More

काठमाडौं-  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही दक्षिण तिर अवस्थित छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेश तथा बाँकी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। बिहीबार प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशहरूको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र बागमती प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ । शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश…

Read More

काठमाडौं-   सत्तारुढ गठबन्धनबीच चुनावमा सिट बाँडफाँटको टुंगो लगाउन बनेको कार्यदलको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।  आजको बैठकले कार्यदलमा सहमति जुटेका विषय समेटेर प्रतिवेदन तयार गर्नेछ । कार्यदलले बुधबारबाटै प्रतिवेदन लेख्न थालेको हो । प्रतिवेदनलाई अन्तिम रूप दिएर आजै शीर्ष नेताहरूलाई बुझाइने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए । सिट बाँडफाँट करिब–करिब टुंगिएको र शीर्ष नेतालाई प्रतिवेदन बुझाएपछि संख्या सार्वजनिक गरिने कार्कीले बताए । 

Read More

काठमाडौं-  नेपालले आफ्नो चिया टेस्टिङ (स्वाद जाँच)का लागि चीनमा नमुना पठाउने भएको छ । नेपालमा उत्पादित चिया चीन निर्यात हुने भएपछि स्वाद जाँचका लागि त्यता पठाउन लागेको हो । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णुप्रसाद भट्टराईका अनुसार सेप्टेम्बर १८–२१ सम्म चीनको बेजिङमा हुने चिया प्रतिस्पर्धा (टी कम्पिटिसन)मा भाग लिने र नेपालको चियालाई प्रतिस्पर्धा गराउनका लागि विभिन्न १६ वटा चियाका नमुना पठाउन लागिएको हो ।  “नेपाली चियाका १६ वटा नमुना भोलि (बिहीबार) पठाउन लागेका छौँ, नमुना तयार पारिसकिएको छ,” उनले भने । चीनमा यस्तो प्रतिस्पर्धा बर्सेनि हुने गरेको छ । नेपालले भने पहिलो पटक भाग लिने भएको…

Read More

काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ ।    आज डलरको खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ। युरो एकको खरिद दर १२६ रुपैयाँ ३५ पैसा र बिक्री दर १२६ रुपैयाँ ९५ पैसा रहेको छ।    बेलायती पाउण्ड एकको खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ८७ पैसा र बिक्री…

Read More

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा र निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरिरहँदा सरकारले एकै दिन झन्डै ८ सय कर्मचारीको सरुवा गरेको छ । सरकारले विभिन्न मन्त्रालय र निकायमा हतारहतारमा कर्मचारी सरुवालाई जारी राखेको छ । यही ४ मंसिरमा तय गरिएको निर्वाचनको तयारीमा निर्वाचन आयोग जुटिसकेको छ । आयोगले आचारसंहिता सार्वजनिक गरिसकेको छ । यद्यपि, आचारसंहिता लागू हुन भने बाँकी रहेको छ । आयोगले निर्वाचन आचारसंहिता लागू गरेपछि सरकारले कर्मचारी सरुवा गर्न पाउँदैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आचारसंहिता छल्ने उद्देश्यले एकैदिन त्यति धेरै कर्मचारीको सरुवा गरेको हो । सरुवा भएका सबै जना एक स्थानीय तहबाट अर्को…

Read More

काठमाडौं- छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा बंगलादेशले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा माल्दिभ्सलाई ३–० गोल अन्तरले हराउँदै बंगलादेशले सुखद सुरुवात गरेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशलाई जित दिलाउन कप्तान सबिना खातुनले दुई गोल गरिन् । यस्तै मसुरा प्रभिनले एक गोल गरिन् । खेलको ३२ औं मिनेटमा खातुनले गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । ३४ औं मिनेटमा मसुराले गोल गर्दा बंगलादेशले २–० को अग्रता बनायो । ४० औं मिनेटमा खातुनले व्यक्तिगत दोस्रो गोल गर्दै बंगलादेशलाई ३–० को जित दिलाइन् ।  जितसँगै समूह ‘ए’ को बंगलादेशले पहिलो ३ अंक जोडेको छ । यता माल्दिभ्सले भने हारबाट…

Read More

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दिप लामिछानेमाथि १७ वर्षीया नाबालिगलाई बलात्कार गरेको आरोप लागेको छ । प्रहरी वृत गौशालामा उनीविरुद्ध जाहेरी दर्ता भएको छ । प्रहरी उनी विरुद्धका प्रमाण संकलनमा जुटेको छ । भदौ ५ मा राति ११ बजेर ५५ मिनेटमा सन्दीपले नाबालिगलाई एयरपोर्टस्थित होटल ‘काठमाडौं इन’ मा लगेर पटक–पटक बलात्कार गरेको पीडितको आरोप छ । प्रहरीले जिल्ला अदालत काठमाडौंमा सन्दिपलाई पक्राउ गर्न अनुमति मागेको छ । प्रहरी वृत गौशालाका एकजना अधिकृतका अनुसार पक्राउ अनुमति आइसकेको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा (३) को खण्ड (घ) अनुसार आरोप प्रमाणित भएमा सन्दीपलाई १० वर्षदेखि १२ वर्षसम्म कैद…

Read More