Author: Dipak Dhamala

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । शुक्रबार बिहान एक चरण छलफल गरेर दिउँसोसम्ममा शपथ दिलाउने गठबन्धनको तयारी रहेको एक नेताले बताए ।  हिजो बसेको गठबन्धन बैठकमा मिल्न बाँकी मन्त्रालयहरू आफैं मिलाउने भन्दै प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए ।  सत्ता साझेदार दलहरूसँग सामूहिक र एक्लाएक्लै संवाद गरे पनि दलहरूले केही मन्त्रीको नाम टुङ्गो लगाउन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको थियो ।  गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति,…

Read More

कैलाली । ‘देउडा गाउने ?’ ‘नाइँ, आधुनिक’ बैतडीबाट २८ वर्ष पहिले गायक बन्ने सपना बोकेर काठमाडौं पुगेका तिलकसिंह पेलालाई म्युजिक नेपालका एक कर्मचारीले सोधे, त्यहाँ त देउडा गाउँछन्, हैन र ?’ ‘हो तर, म आधुनिक गाउँछु’ ‘कस्तो आधुनिक ? ’ ‘तपाईंहरू कस्तोलाई आधुनिक भन्नुहुन्छ ?’ उनले भने, ‘नारायणगोपाल, भक्तराजहरूले गाउने गीतलाई आधुनिक भन्छौं ।’ ‘हाम्रो पनि त्यस्तै हो । ’ पेलाले यति भनिसकेपछि उनलाई गीत-संगीतको बारेमा जानकारी रहेको बुझ्न समय लागेन । ‘हार्मोनियम बजाउन आउँछ’, उनले फेरि सोधे । ‘आउँछ ।’ ‘ल सुनाउनुस् ।’ त्यसपछि पेलाले हार्मोनियम सँगै सुमधुर आवाजमा सुनाए, लुकाउन खोज्दा पनि आँसु नखसेको होइन,के गर्नु निधारमा हाँसो…

Read More

बाजुराको बूढीगङ्गा नगरपालिका–९ को वडा कार्यालयमा सेवाबाट हटाइएकी काली थापाले ताला लगाएकी छन्। वडाले सेवाबाट हटाएपछि स्थानीयको सहयोगमा थापाले ताला लगाएकी हुन् । साबिकको बाह्रबिस गाविसले २०६६ साल भदौमा थापालाई नियुक्त गरेको थियो। बूढीगङ्गा नगरपालिका–९ की थापाले, लामो समय सेवा गर्दै आएको र अहिले एक्कासि जागिरबाट हटाएपछि वडा कार्यालयमा ताला लगाएको बताइन् । उनले राजनीतिक पूर्वाग्रहका कारण सेवाबाट हटाइएको दाबी गरिन्। उनले भनिन्, “मेरो श्रीमान् अपाङ्गता भएका कारण घरको स्थिति कमजोर भएकाले कार्यालय सहयोगीका रूपमा २०६६ सालमा काम पाएको थिएँ। अहिले एक्कासि राजनीतिक पूर्वाग्रहका कारण मलाई हटाइयो।” वडा कार्यालयमा ताला लागेपछि अहिले वडाबाट हुने स्थानीयका दैनिक काम प्रभावित भएका छन्।…

Read More

बैतडी – बैतडीका पशुचौपायामा लम्पी स्कीन रोगको सङ्क्रमण देखिएको छ । सुरुमा फाट्टफुट्ट पशुचौपायामा देखिएको यो रोगको सङ्क्रमण अहिले प्रकोपकै रूपमा फैलिएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र पाटनका प्रमुख गुमानी पन्तले जानकारी दिनुभयो । पाटनका किसानले पालेका पशुचौपायामा यो रोगको लक्षण देखापरेपछि परीक्षण गर्दा लम्पी स्कीन भएको प्रमाणित भएको प्रमुख पन्तको भनाइ छ । गएको मङ्सिरमा पाटनमा केही पशुचौपायामा यसका लक्षण देखा परेका थिए । सुरुमा पाटनमा मात्रै देखापरेको यो रोग अहिले शिवनाथ र सुर्नया गाउँपालिका तथा मेलौली नगरपालिकामा देखिएको छ । दैनिक १५ देखि २० वटा पशुमा लम्पी स्कीन रोगका लक्षण देखिएको जानकारीमा आउने गरेको छ । सङ्क्रमणबाट पशुचौपाया…

Read More

काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ ।  बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तार वटा प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।  प्रधानमन्त्री प्रचण्डले थारु आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन २०७८-७९, राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन २०७८-७९ र आदिवासी जनजाति आयोगको तेस्रो वार्षिक प्रतिवेदन २०७८-०७९ सदनमा पेस गर्नेछन् ।  त्यसैगरी बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको वार्षिक प्रतिवेदन कार्यान्वयनको अनुगमन एवं मूल्यांकन प्रतिवेदन २०७९ र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९ माथि छलफल गर्ने सम्भावित कार्यसूची रहेको सचिवालयले जनाएको छ ।

Read More

अछाम – सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह अछामका नागरिकलाई कुराएर आफ्नो पार्टीको कार्यक्रममा गएका छन्। अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा रहेको सुदूरपश्चिमकै प्रसिद्ध बरदादेवीको दर्शन गर्ने कार्यक्रम रहेको थियोे। मुख्यमन्त्री सहितको टिमलाई स्वागत गर्ने भनी फुलमाला सहित बसेका नागरिक मुख्यमन्त्री नआएपछि खिन्न हुदै घरघर लागे। उनीहरुले आफ्नो मात्रै नभई वरदान कि देवी वरदादेवीको समेत अपमान गरेको भनेका छन्। अछामका गजेन्द्र खड्का सामाजिक सञ्जाल (फेसबुकमा)मा ‘पूर्व घोषित कार्यक्रम अनुसार मुख्यमन्त्री कमल बहादुर शाह ज्युको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर १ गाज्रामा श्री बरदादेवी माताको दर्शन गर्न आउने कार्यक्रम अनुसार मुख्यमन्त्रीको स्वागतमा बसेका जनता उँहा कार्यक्रममा नआउँदा निरास भएका छन्।…

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड बिहीबार चितवन प्रस्थान गर्न लागेका छन् । सत्ता गठबन्धनको बैठकका साथै मन्त्रिपरिषद् विस्तारको चटारोका बीच प्रधानमन्त्री प्रचण्ड चितवन जान लागेका हुन् ।  चितवनस्थित विमानस्थल भवनको शिलान्यास गर्ने कार्यक्रमका लागि प्रचण्ड चितवन जान लागेको उनको सचिवालयले जनाएको छ । ‘पूर्वनिर्धारित कार्यक्रम भएकाले जान लाग्नु भएको हो ।  दिउँसो १ बजे काठमाडौँ आउने कार्यतालिका छ’, सचिवालयले भन्यो ।  प्रचण्ड फर्किएपछि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषद् विस्तार हुने बताइएको छ । प्रचण्डले आज ९ दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् । यसबारे बुधबारकै बैठकमा लगभग सहमति बनेको नेताहरूको भनाइ छ।

Read More

काठमाडौँ । नेपाल सरकारका प्रतिनिधि र मिटर ब्याज पीडित समूहका बिचमा आज वार्ता हुदैँछ । पीडितको माग सम्बोधनका लागि सरकारद्वारा गठित समिति र मिटर ब्याज पीडित समूहले आज बिहीबार बिहान छलफल गर्ने भएका हुन् । गृह मन्त्रालयकी सहसचिव रुद्रादेवी शर्माको नेतृत्वमा गठित सरकारी समिति र पीडितका बीचमा बिहीबार बिहान १० बजे गृह मन्त्रालयमा छलफल हुनेछ । बिहीबार बिहान १० बजे हुने छलफलमा सरकारी समितिकातर्फवाट ५ जना सदस्य रहने छन् भने पीडित पक्षको तर्फबाट पनि ५ जना नै गरी १० जनाको सहभागिता रहने संयोजक शर्माले जानकारी दिइन । सो समितिमा शर्माको नेतृत्वमा मन्त्रालयका अर्का उपसचिव दिलकुमार तामाङ, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव…

Read More

धनगढी – पूर्व सांसद नरबहादुर धामी सरकारी मोटरसाइकल लिएर ‘मिसन ग्रासरुट’मा देखिएका छन् । कञ्चनपुर जिल्ला क्षेत्र नम्बर २ बाट २०७४ सालमा निर्वाचित सांसद धामी नेकपा एमालेको मिसन ग्रासरुट स्पार्टी सुदृढीकरण तथा विस्तार अभियानुमा सरकारी मोटरसाइकलको प्रयोग गरेका हुन् । उनले आफ्नो फेसबुक वालमा पोष्ट गर्दै”mission grass root  वार्ड नं २ बास्कु महाकालीको कार्यक्रमपश्चात यात्रा वार्ड नं १ पञ्चेश्वरतिरको लेखेका छन् । तर केही समयपछि धामीले यो पोष्ट फेसबुकबाट हटाएका छन्।

Read More

धनगढी – कैलालीको धनगढीमा इन्जिनियरहरूका लागि पुल डिजाइन र निर्माण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ । सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फार्म (स्केफ) नेपालको आयोजनामा पाँच दिने तालिम धनगढीमा सुरु भएको हो । पुल निर्माण गर्दा त्यसको दिगोपनाका साथै पुलको मर्मत सम्भारलगायतका विषयमा इन्जिनियरहरूका लागि तालिम आयोजना गरिएको स्केफ नेपालले जनाएको छ । बुधवार स्केफका महासचिव कमल कार्कीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरी सुरु गरिएको तालिमको सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव प्रेमदत्त भट्टले उद्घाटन गरे। कार्यक्रमको उद्घाटन गर्दै सचिव भट्टले अत्यन्त समय सान्दर्भिक तालिमको स्केफ नेपालले आयोजना गरेको बताए । आगामी दिनमा यस्ता तालिममा सरकारी…

Read More