Author: Dipak Dhamala

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयसहित आङ्गिक र सम्बन्धनप्राप्त क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत मतदान सुरु भएको छ ।  करिब १४ वर्षपछि साठी आङ्गिक र एक हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमध्ये अधिकांशमा आज विद्यार्थीले नेतृत्व चयनका लागि मतदान गरिरहेका छन् । केही क्याम्पसहरुमा भने आन्तरिक विवादका कारण मतदान हुन सकेको छैन ।  बिहान ८ देखि सुरु भएको मतदान दिउँसो ४ बजेसम्म जारी रहनेछ ।  निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धनप्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेका छन् ।  प्रत्येक दुई–दुई वर्षमा हुने स्ववियु निर्वाचन विसं २०६५ देखि नियमित हुनसकेको थिएन ।

Read More

धनगढीमा विश्व नेपाली नारी साहित्य महोत्सव हुने भएको छ । आगामी १० गते धनगढीमा हुने साहित्य महोत्सवको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने भएका छन् । सुदूरपश्चिम साहित्य समाजको प्राङ्गणमा १० गते देखी १३ गते सम्म साहित्य महोत्सव आयोजना हुन लागेको आयोजक सुदूर पश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष तीर्थराज पाण्डेयले जानकारी दिए ।उनका अनुसार नेपाल, भारत, अमेरिका लगायतका मुलुकबाट साहित्यकारहरू धनगढी आउने छन् । भारतका बिभिन्न प्रदेशबाटमा रहेका नेपाली भाषीहरू पनि साहित्य महोत्सवका सहभागी हुन आउने पाण्डेले बताए । विश्व नेपाली नारी साहित्यको अवसर पारेर साहित्यकार झमक घिमिरे, नवराज लम्साल र सनतराज रेग्मीलाई सम्मान गरिने भएको छ । उनीहरूलाई जनही १…

Read More

इक्वेडरमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । मनाबी, मान्ता र राजधानी क्विटोलगायत अन्य धेरै सहरहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । भूकम्पपछि धेरै सहरमा भवनहरू क्षतिग्रस्त भएका छन् । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ । मानिसहरू भत्किएका घरमा फसेका छन् । उद्धारको काम भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट झण्डै ५० माइल बालाओ नजिक रहेको…

Read More

काठमाण्डाै – म्यानचेस्टर सिटी एफ ए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीले बर्नलीलाई ६–० गोलले हरायो । सिटीका फरवार्ड एर्लिङ हालान्डले ह्याट्रिक गोल गर्दा जुलियन अल्भारेजले दुई तथा कोल पाल्मेरले एक गोल थपे । यसअघि हालान्डले च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको दोस्रो लेगमा जर्मन क्लब आरबी लाइप्जिगमाथि ७–० को जितमा ह्याट्रिकसहित ५ गोल गरेका थिए । हालान्ड च्याम्पियन्स लिगमा सबैभन्दा छिटो ३० गोल गर्ने र कान्छा खेलाडी समेत बनेका छन् । २२ वर्षीय हालान्डले यो सिजनका सबै प्रतियोगितामा गरी ४२ गोल गरिसकेका छन् । सिटीबाट एकै सिजनमा यति धेरै गोल गर्ने उनी एक्ला खेलाडी बनेका छन् ।

Read More

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘संवैधानिक परिषद् सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् । त्यसैगरी उनले नै ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले पेस गर्न लागेको यो विधेयकको विरोधमा ज्ञानबहादुर शाहीले सेस गरेको सूचनालाई पनि निर्णयार्थ पेस गर्ने कार्यसूची…

Read More

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पेस गर्ने भएको छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्ने प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो । निर्वाचनमा जसपा नेता रामसहाय यादव विजयी भएका थिए ।

Read More

काठमाडौँ  । नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्षमा मोहन निरौला विजयी भएका छन् । शनिबार सम्पन्न सङ्घको १९ औँ महाधिवेशनमा निरौलाले प्रतिद्वन्द्वी रेजिना उप्रेतीलाई २६ मतले पछि पार्दै विजयी हासिल गरेका हुन् । कुल खसेको ४६८ मत मध्ये मोहनले २३५ मत पाउँदा उप्रेतीले २०९ प्राप्त गरिन् । त्यस्तै उपाध्यक्षमा कविता गेलाल र शिवहरि वैरागी विजयी हुँदा महासचिव सविन श्रेष्ठ र सचिवमा रामेश्वर बुर्लाकोटी चुनिएका छन् । त्यसैगरि कोषाध्यक्षमा सुनिल कटुवाल विजयी हुँदा सह–कोषाध्यक्षमा पवित्रा आचार्य निर्विरोध निर्वाचित भएकी छन् ।  १० जना सदस्यहरूमा शीतल केसी, गोपाल ढकाल ‘छन्दे’, उद्धव प्रसाद भट्टराई, पवन केसी, नम्रता खरेल, पुकार भट्टराई, खुम्बु खड्का, सरिता राधोपाध्याय,…

Read More

संसद्का सहभागी साना राजनीतिक दलहरूले छुट्टै गठबन्धन गरेर जाने विषयमा छलफल चलाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनमत पार्टीसहितका सात दलले गठबन्धन अभ्यास शुरू गरेको नेताहरूले बताएका छन् । सत्ता गठबन्धन बाहिर रहेको रास्वपा, आम जनता पार्टी, हाम्रो नेपाली पार्टी, संघीय समाजवादी पार्टी र गठबन्धन सहयात्री दलहरू जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टीले गठबन्धन बनाउन लागेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । गठबन्धन बनाउने अन्तिम तयारीमा आफूहरू पुगेको उनको भनाइ छ । जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उम्मेदवार बनाएको थियो । तर, झालाई लोसपा, नागरिक उन्मुक्ति पार्टीलगायतले मत दिएनन् । यद्यपि, गठबन्धनका ठूला दलहरूले आफूहरूलाई सत्ता सहकार्यमा…

Read More

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै । आइतबार बिहान  १०ः ३० बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति हुने पौडेलले बताए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चैत ६ मा विश्वासको मत लिने तयारी गरिरहेकै बेला कांग्रेसको बैठक बस्न लागेको छ । कांग्रेस नेताहरुका अनुसार बैठकले प्रधानमन्त्री दाहाललाई विश्वास मतबारे निर्णय गर्नेछ । साथै सरकारमा सहभागिताबारे पनि छलफल हुनेछ ।

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसमा आज स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । ६० आंगिक र एक हजार ४० सम्बन्धन क्याम्पसमा स्ववियु निर्वाचन हुन लागेको त्रिविले जनाएको छ । स्ववियु निर्वाचनअन्तर्गत आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचनमा अहिलेसम्म दुई आङ्गिक र केही सम्बन्धन प्राप्त क्याम्पसमा निर्विरोध निर्वाचित भइसकेको त्रिविका स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले जानकारी दिए ।  विगत १४ वर्षदेखि हुन नसकेको स्ववियु निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नका लागि सहयोग गर्न विज्ञप्तिमार्फत त्रिविले अपिल पनि गरेको छ ।

Read More