Author: Dipak Dhamala

काठमाण्डाै – न्याय खोज्दै पैदल काठमाण्डौ आएका मिटरब्याज पीडितहरुले आजदेखि माइतीघर मण्डलामा धर्ना दिँदैछन् । आफ्नो समस्या सरकारलाई सुनाउनको लागि ७२ जना पीडितहरु महोत्तरीको बर्दिवासबाट पैदल हिँडेर हिजो ११औँ दिनमा काठमाण्डौ आइपुगेका छन् । मिटरब्याजविरुद्ध यसअघि पनि धर्नामा बसेका उनीहरु सरकारले माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि फर्किएका थिए । तर सरकारले माग सम्बोधन नगरेपछि उनीहरु हिँडेरै फेरि काठमाण्डौ आएका हुन् । गएको जेठ अन्तिममा पनि देशभरबाट आएका पीडितहरु न्याय माग्दै माइतीघर मण्डलमा धर्ना बसेका थिए ।

Read More

 काठमाडाैं – आगलागीमा परी गम्भिर घाइते भएका अछाम जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका–८ कोसेडीका हिमराज रोका मगरको निधन भएको छ । २१ वर्षको उमेरमा आइतवार राति कीर्तिपुर बोर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो । फागुन १३ गते घरमा आगलागी हुँदा मगर गम्भिर घाइते भए पछि उपचारका लागि कीर्तिपुर बोर्न अस्पतालमा लगिएको थियो । उनको आज अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले बताएको छ ।

Read More

 काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टीले मंगलबार बिहान ९ बजे  केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएको हो ।    उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई बोलाइएको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए । बैठकमा पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको विषयमा आवश्यक निर्णय हुने बताइएको छ । 

Read More

काठमाण्डाै – साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिपमा नेपाल रुससँग पराजित भएको छ । बङ्लादेशको ढाकामा हिजो बेलुका भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको हो । रुसका एलिना गोलिकले दुई तथा पोलिना फिलसिनाले एक गोल गरिन् । रुसले तीन वटै गोल खेलको दोस्रो हाफमा गरेको थियो । जितसँगै अपराजित टोली रुस ३ खेलमा ९ अङ्क जोडेर शीर्षस्थानमा रहेको छ । समान खेलमा भारत र बङ्लादेशको ६ अङ्क छ । नेपालको उपाधि जित्ने सम्भावना सकिएको छ । नेपालको ३ खेलमा ३ अङ्क छ । अब नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि आयोजक बङ्लादेशसँग खेल्नेछ । साफ १७ वर्षमुनिको च्याम्पियनसिपमा नेपाल, बङ्लादेश,…

Read More

काठमाडौँ – नेपाली सेना र संयुक्त राज्य अमेरिकाको सेनाको संयुक्त बैठक आज सुरु हुने भएको छ। हरेक वर्ष हुँदै आएको सो संयुक्त बैठक यो पटक तीन दिन (चैत १३ गतेदेखि १५ गतेसम्म) काठमाडौँमा ‘बाइल्याटरल ल्यान्ड फोर्सेस टक’ हुन लागेको हो। यसअघि सो बैठक अमेरिकाको हवाईमा सम्पन्न भएको थियो। नेपाली सेनाका अनुसार यसपटकको छलफल शान्ति सेना, मानवीय सहायता र विपद् प्रतिक्रिया, तालिम र विज्ञता आदानप्रदान गरी चार विषयमा केन्द्रित रहनेछ। नेपाली टोलीको नेतृत्व उपरथी अशोकराज सिग्देलले गर्दैछन् भने अमेरिकी सेनाको नेतृत्व प्यासिफिक कमान्डको डेपुटी कमान्डर मेजर जनरल क्रिस्टोफर स्मिथले गर्नेछन्। जसको कमान्डमा २२ सदस्यीय टोली सहभागी हुनेछन्। सन् २०१८ देखि हरेक…

Read More

मुम्बई । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो । दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो, जुन मुम्बईले अन्तिम ओभरमा नेट सिभर-ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो। सिभर-ब्रन्ट प्लेयर अफ द म्याच चुनिइन्। उनले ५५ बलमा ६० रन बनाइन् ।  तर, मुम्बई इन्डियन्सको सुरुवात खासै राम्रो भएन । दोस्रो ओभरमा यास्तिका भाटिया चार रनको व्यक्तिगत स्कोरमा आउट भइन्। चौथो ओभरमा हेली म्याथ्युजलाई जेस जोनासेनलाई प्याभिलियन फर्काए । यसपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर ब्रन्टबीच राम्रो साझेदारी देखिएको थियो । हरमनप्रीत कौर ३७ रन…

Read More

काठमाडौँ । नेपाल सरकारले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको भन्दै द्वन्द्वपीडितहरू त्यसविरुद्ध रिट लिएर सर्वोच्च अदालत पुगेका छन् । सरकारले आगामी वर्षको सार्वजनिक बिदामा जनयुद्ध दिवससहित पृथ्वी जयन्तीलाई बिदाको रूपमा थप गरेको छ । आइतबार ज्ञानेन्द्र राज आरनसहित कल्याण बुढाथोकी, रिता कार्की, गंगामाया अधिकारी, पूर्णप्रसाद पौडेललगायतले रिट दर्ता गर्न सर्वोच्च पुगेका हुन् । उनीहरूले अदालतका सह-रजिस्ट्रार विमल पौडेललाई भेटेर रिट दर्ताको फाइल छोडेर गएका छन् । रिट दर्ताको फाइल अध्ययनमा नै रहेकाले आइतबार रिट दर्ता भने भएन ।

Read More

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । मंगलबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा सामान्य बदली, देशका बाँकी पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

Read More

काठमाण्डाै – साफ १७ वर्षमुनिको महिला च्याम्पियनसिप फुटबलमा आज नेपाल र रुस खेल्दैछन् । खेल बङ्लादेशको ढाकामा रहेको बीएसएसएस मोस्ताफा कमल मैदानमा बेलुका ७ बजेदेखि सुरु हुनेछ। नेपाल २ खेलमा ३ अङ्कका साथ तालिकाको चौथो स्थानमा छ । नेपाल पहिलो खेलमा भारतसँग ४–१ गोल गोलले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० गोलले हराएको थियो । रुसले पहिलो खेलमा बङ्लादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो। प्रतियोगितामा आयोजक बङ्लादेशसहित नेपाल, भारत, भुटान र रुस सहभागी छन् । नेपालले अर्को खेल मङ्गलवार आयोजक बङ्लादेशसँग खेल्नेछ । राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ ।

Read More

काठमाडौँ । उपराष्ट्रपति रामसहाय यादव महागढीमाईको दर्शनका लागि आज बारा जाने भएका छन् । चैत ३ गते उपराष्ट्रपतिमा निर्वाचित भएपछि उनी पहिलो पटक उपत्यका बाहिर जान लागेका हुन् । उनले आज बाराको महागढीमाईको दर्शन गर्ने कार्यक्रम तय भएको उनका निजी सचिवालयले जनाएको छ । महागढीमाईको दर्शनपछि उनलाई त्यहाँको गढीमाई नगरपालिकाले सम्मान गर्ने कार्यक्रम समेत राखेको छ । त्यस्तै भोलि चैत १३ गते उनले बाराकै करैयामाइको दर्शन गने कार्यक्रम रहेको छ । सो दर्शनपछि करैयामाई गाउँपालिका र सिम्रौनगढ नगरपालिकाले उनलाई सम्मान गर्ने कार्यक्रम राखिएको छ । त्यही दिन उनले कचोर्वास्थित आफ्नो निवासमा जाने कार्यक्रम तय भएको निजी सचिवालयले जनाएको छ ।

Read More