Author: Dipak Dhamala

काठमाडौं । बहालवाला राष्ट्रपति तथा उपराष्ट्रपतिले मासिक पारिश्रमिक, आवास, सुरक्षाकर्मी, इन्धन, सञ्चार, चाडपर्व खर्च, उपचार खर्च, बिमा सुविधा, विज्ञतासम्बन्धी व्यवस्था, निजी सचिवलायलगायत सेवासुविधा पाउने गर्छन्। ती सेवासुविधा उपलब्ध गराउन राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन, २०७४ को व्यवस्था गरिएको छ। उक्त ऐनले मासिक पारिश्रमिकलगायत अन्य सेवासुविधाको व्यवस्था गरेको छ। ऐनअनुसार बहालवाला राष्ट्रपतिले पारिश्रमिकबापत प्रतिमहिना १ लाख ५० हजार ४ सय ५० रूपैयाँ पाउँछन्। राष्ट्रपतिका लागि पोसाक भत्ता वार्षिक २५ हजार रूपैयाँ दिने व्यवस्था हुन्छ। उपराष्ट्रपतिले भने मासिक पारिश्रमकि १ लाख ८ हजार ३० रूपैयाँ तथा पोसाकका हकमा वार्षिक २० हजार भत्ता बुझ्ने गर्छन्।  राष्ट्रपति–उपराष्ट्रपतिलाई मासिक पारिश्रमिक बराबर अतिरिक्त रकम…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशको पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने छ।  आज दिउँसो  देशका  पहाडी भू–भागका थोरै स्थानहरूमा  चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ। साथै लुम्बिनी प्रदेशलगायत तराईका एक दुई स्थानमा अपराह्नतिर मेघ गर्जन र चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको छ।  राती भने कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा चट्याङ्गसहित क्षणिक र हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । देशका पहाडी भू–भागमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले…

Read More

काठमाडौँ । सर्वोच्च अदालत कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा चलेको १३ महिना पुगेको छ। २०७८ फागुन १ गते तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि संसद्मा महाभियोग दर्ता भएयता अदालत कायममुकायमका भरमा चलिरहेको छ।  वर्तमान सत्ता गठबन्धनमा रहेका बहुमत दलले त्यसबेला प्रधानन्यायाधीश जबरामाथि महाभियोग दर्ता गरेका थिए तर सात महिनासम्म प्रस्तावबारे कुनै निर्णय भएन। अदालत कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा चल्यो। असोज १७ देखि कार्कीले अवकाश पाएपछि पुनः हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी सम्हालेका छन् ।  महाभियोग लागेका प्रधानन्यायाधीश जबराले मङ्सिर २७ गते उमेरहदका कारण अवकाश पाएको तीन महिना पूरा भइसके पनि अझै प्रधानन्यायाधीश सिफारिस हुने अवस्था छैन।  प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्ने…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।   आज डलरको खरिद दर १३१ रूपैयाँ १० पैसा र बिक्री दर १३१ रूपैयाँ ७० पैसा रहेको छ। युरो एकको खरिद दर १३९ रूपैयाँ ८८ पैसा र बिक्री दर १४० रूपैयाँ ५२ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ०३ पैसा र बिक्री दर १५८ रूपैयाँ ७६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ८५ पैसा र बिक्री…

Read More

काठमाण्डौ – बहु प्रतिष्ठित ओस्कर अवार्डको ९५ औँ संस्करण भव्य कार्यक्रमका साथ भइरहेको छ। लस एन्जल्समा भव्य कार्यक्रमका साथ सुरु भएको समारोहमा ९५ औँ संस्करणको ओस्कर अवार्ड अन्तर्गत विभिन्न विधामा विजेता घोषणा भइरहेको छ । समारोहमा एडवर्ड बर्गर निर्देशित ‘अल क्वाइट अन द वेस्टर्न फ्रन्ट’ ले तीन विधाको अवार्ड जितेको छ । यो फिल्म यसपटकको ओस्करको उत्कृष्ट अन्तर्राष्ट्रिय फिचर फिल्म घोषणा गरिएको छ । यस फिल्मले उत्कृष्ट सिनेम्याटोग्राफी र बेस्ट ओरिजिनल स्कोरको अवार्ड समेत पाएको बीबीसीले जनाएको छ । फिल्मले विश्वयुद्धका बेला एक जर्मन युवा सैनिकको भोग्ने त्रासदीपूर्ण अनुभवलाई समेटेको छ । यस्तै, उत्कृष्ट सहअभिनेता र उत्कृष्ट सहअभिनेत्रीको अवार्ड ‘एभ्रिथिङ…

Read More

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा सम्बन्धी नियमावली सार्वजनिक गरेको छ। राष्ट्र बैंकले मौद्रिक नीतिमा घोषणा गरेको यो सुविधा कार्यान्वयन गर्ने उद्देश्यले नियमावली ल्याएको हो । बैंकदरमा २ प्रतिशत थप ब्याज लाग्ने गरी बैंकहरुलाई यस्तो सुविधा दिन लागिएको राष्ट्र बैंकले जनाएको छ । बैंकहरूले यसरी पाएको सुविधा ६ महिनासम्म तिर्नुपर्ने हुन्छ । बैंकहरूले विभिन्न दायित्व पूरा गर्न नसकेको अवस्थामा राष्ट्र बैंकले अन्तिम ऋणदाता सुविधा दिने गर्छ । कुनै एक वा एकभन्दा बढी अवस्थामा आफ्नो दायित्व पूरा गर्न समर्थ नभएको कारण देखाइ इजाजतपत्र प्राप्त संस्थाको संचालक समितिले अन्तिम ऋणदाता सुविधाको लागि अनुरोध गरेमा र त्यस्तो अनुरोध मनासिव लागेमा अन्तिम…

Read More

काठमाण्डौ – सहिद स्मारक ए डिभिजन लिग फुटबलमा आजदेखि चाैथाे चरणका खेल सुरु हुँदैछन् । प्रतियोगितामा आज दुई खेल हुँदैछन् । दिउँसो साढे २ बजे च्यासल मैदानमा हिमालयन शेर्पा क्लब र एफसी खुमलटार खेल्ने छन् । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् । हिमालयन ३ खेलमा ४ अङ्क जोडेर नवौँ स्थानमा छ भने खुमलटार ३ खेलमा ३ अङ्क जोडेर दशौँ स्थानमा छ । यस्तै बेलुका साढे ५ बजे दशरथ रंगशालामा रोयल ब्लू सातदोबाटो युथ क्लब र थ्री स्टार क्लब खेल्ने छन् । आज सातदोबाटो लगातार चाैथाे जित निकाल्ने दाउमा हुनेछ भने थ्री स्टार दोस्रो जितको खोजीमा हुनेछ । सातदोबाटो ३…

Read More

काठमाडौं । नेपाली कलाकारको साझा संस्था चलचित्र कलाकार संघमा यतिबेला चुनावी सरगर्मी बढेको छ । संघको १९ औं महाधिवेशनको मिति (४ चैत) नजिकिँदै गर्दा नेतृत्वका आकांक्षीहरु चुनावी रस्साकस्सीमा छन् । केही उमेम्दवार प्यानल सहित अगाडि आउने तरखरमा छन् भने कोही एकल प्रतिस्पर्धामा विश्वस्त देखिएका छन् । कतिपय भने राजनीतिक पार्टीको लाइन अनुुसार अगाडि बढ्नुपर्ने अवस्थामा छन् । कलाकार संघमा आफ्नो पक्षको नेतृत्व ल्याउन संघभन्दा बाहिर व्यक्ति पनि सक्रिय देखिएका छन् । महाधिवेशन ४ चैतमा हुने भए पनि शनिबार कार्यसमितिको विभिन्न पदका लागि उम्मेदवारी दर्ता तोकिएको थियो । जसमा अध्यक्षमा २, उपाध्यक्षमा ७, महासचिवमा ५, सचिवमा २, कोषाध्यक्षमा २, सहकोषाध्यक्षमा २…

Read More

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा उम्मेदवारी फिर्ता लिने समय आज छुटाइएको छ । त्रिभुवन विश्वविद्यालयका अनुसार गत फागुन २७ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरुका लागि अपरान्ह १ बजेसम्म उम्मेदवारी फिर्ता लिनका लागि समय सिमा छुटाईएको हो । कार्यतालिकाअनुसार आज सोमबार दिनको १ बजे उम्मेदवारको नाम फिर्ता लिने अन्तिम समय र दिनको २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ । उम्मेदवारको नामावलीउपर दाबी विरोध गर्ने र छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने तालिका थियो । कार्यतालिका अनुसार चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ । स्ववियु निर्वाचन चैत ५ गते हुँदैछ । शनिवार समानुपातिक…

Read More

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि आफू सक्रिय रहँदै आएको पार्टी नेपाली कांग्रेसबाट अलग भएका छन्। पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम छ। उनले आइतबार नै कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै कांग्रेस पार्टीको पद, जिम्म्वारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए। पौडेल कांग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए। ‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेल २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग…

Read More