Author: Dipak Dhamala

एक महिनाअघि सरकारको नेतृत्वमा पुगेको माओवादी केन्द्रले एकपछि अर्को गर्दै सत्ता साझेदार एमालेसँग टाढिने संकेत गरेको छ। प्रधानमन्त्री र प्रतिनिधिसभाको सभामुख आलोपालोमा नेतृत्व गर्ने र नयाँ राष्ट्रपति एमालेलाई दिने समझदारी गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए। तर पछिल्लो समय माओवादीले राष्ट्रपति साझा पद भएको बताउँदै त्यसमा राष्ट्रिय सहमति हुनुपर्ने प्रस्ताव अघि सार्दै आएको छ। प्रधानमन्त्री नियुक्तिदेखि प्रतिनिधिसभाको सभामुख र उपसभामुख निर्वाचनसँगै प्रमुख राजनीतिक दलहरूको ध्यान नयाँ राष्ट्रपति निर्वाचनमा केन्द्रित भएको छ। पूर्वसहमतिअनुसार एमालेले उठाउने उम्मेदवारलाई वर्तमान सत्ता साझेदार दलको समर्थन हुनुपर्ने र रहने एमाले अध्यक्ष केपी ओलीले दोहोर्‍याउँदै आएका छन्। एमालेको समर्थनमा प्रधानमन्त्री…

Read More

दैलेख – मध्यपहाडी राजमार्ग अन्तर्गत दैलेखकाे नारायण नगरपालिका–१ गहतारी नजिक ट्र्याक्टरबाट खसेर एक युवकको ज्यान गएको छ । छामघाट खोलाबाट ढुङ्गा लोड गरी किमुगाउँतर्फ जाँदै गरेकाे भे २ त १४७८ नम्बरको ट्र्र्याक्टरबाट खसेर नारायण नगरपालिका–१० ग्वातीका २३ वर्षीय रमेश विकको ज्यान गएको हाे । ट्र्र्याक्टरको टायरले च्यापेको अवस्थामा प्रहरीले उद्धार गरी अस्पताल पुर्याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक दीपकसिंह विष्टले बताउनु भयाे । ट्र्र्याक्टरका चालक भगवतीमाई गाउँपालिका–७ बडाभैरवका कृष्णबहादुर विक घटनालगत्तै फरार रहेकाले खाजी भइरहेकाे प्रहरीले जनाएको छ । मृतक विक पनि ट्र्र्याक्टर चालक हुन् ।

Read More

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष पनि माध्यमिक शिक्षा परीक्षा(एसईई) केन्द्रीय स्तरबाटै लिने भएको छ । बोर्डले गत वर्ष एसईईको परीक्षा तालिका सार्वजनिक गर्दा सो परीक्षा प्रदेशबाटै गर्ने जनाएको थियो । तर, त्यो विषय कार्यान्वयन नभए पनि यो वर्ष पनि प्रदेश सररकारको एसईई परीक्षा गर्ने अधिकार खोसिएको छ । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले २०७९ सालको एसईईको नियमित र ग्रेडवृद्धि परीक्षा केन्द्रबाटै सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेको छ । कक्षा १० का परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले भन्नुभयो– ‘प्रदेश कार्यालयहरूमा श्रोतसाधन, जनशक्ति र सुरक्षाको कमी हुने भएकोले केन्द्रबाटै सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरेका हांै ।’ उहाँको अनुसार प्रश्नपत्र…

Read More

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। आज दिउँसो सुदुर पश्चिम प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति सुदुरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यी दुई प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा बिहानीपख हुस्सुलागेर दैनिक जनजीवन, स्वास्थ्य, सडक…

Read More

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग पूरा नभएसम्म सरकारमा सहभागी नहुने बताएको छ। सरकारलाई समर्थन गरेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी लगायतका टीकापुर घटनाका बन्दीलाई रिहाइ नगरेसम्म सरकारमा सहभागी नहुने बताउँदै आएको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ (चौधरी)ले आफ्नो पार्टीको माग सम्बोधन नभएसम्म संघ वा प्रदेशको कुनै पनि सरकारमा सहभागी नहुने अडान राखेकी हुन्। शनिबार बुटवलमा आयोजित कार्यक्रमपछि सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले सरकारले माग सम्बोधन गर्ने भनेकाले त्यो पूरा भएपछि मात्रै सरकारमा जाने बताइन्। आफ्नो पार्टीको माग र मुद्दा सम्बोधन नभएसम्म सुदूरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने पक्षमा आफ्नो पार्टी नरहेको पनि अध्यक्ष श्रेष्ठको प्रष्टीकरण थियो। “सुदूरपश्चिम सरकारलाई पनि…

Read More

पोखरा- पोखरामा जारी तेस्रो टाइगर कप महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा रवि केसी र सरस्वती चौधरी सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।गण्डकीका रवि पुरुषतर्फ र नेपाल एपिएफ क्लबकी सरस्वती सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । च्याम्पियनसिपमा उत्कृष्ट सेटरमा महिलातर्फ न्यु डायमण्डकी ललिता नाथ र पुरुषतर्फ गण्डकीका विवश आले मगर भए । यस्तै डिफेन्सतर्फ आर्मीकी सरस्वती जैसी र एपिएफका विनोद चन्द भए । सर्भरतर्फ महिलामा गण्डकीकी अरुण शाही र पुरुषतर्फ गण्डकीकै घनश्याम चौभरी चुनिए । यस्तै वेष्ट ब्लकरमा महिलातर्फ आर्मीकी संगम महतो र पुरुषतर्फ गण्डकीका नितिन रहे । महिलातर्फ एपिएफकी निरुता ठगुन्ना र पुरुषतर्फ एपिएफका टेकराज अवस्थी वेष्ट स्पाइकर बने । वेष्ट कोचमा…

Read More

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतले दिएको आदेशलाई स्वभाविक रुपमा लिनु पर्ने बताएका छन् । कानुनअनुसार जोकोही माथि मुद्दा चल्न सक्ने भएकाले यसलाई आश्चर्यका रुपमा लिन नहुने उनले बताएका हुन् । शनिबार पार्टी कार्यालय च्यासलमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै नेम्वाङले लामिछाने अब उपनिर्वाचनमा लड्न सक्ने पनि बताएका छन् ।नागरिकता लिएर लामिछानेले उपनिर्वाचनमा फेरि उम्मेदवार बन्न सक्ने भएकाले यसलाई सामान्य रुपमा लिनु पर्ने उनले बताएका हुन् ।

Read More

काठमाडौं : सरकारको केन्द्रीय सर्भर फेरि बन्द भएको छ। राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीका अनुसार शनिबार साँझ साढे ७ बजेदेखि फेरि सर्भर बन्द भएको हो। केही समयअघि मात्रै पाँच घन्टा बन्द रहेको सर्भर सञ्चालमा आएको थियो। प्राविधिक कारणले समस्या आएको बताइए पनि सर्भरमा गम्भीर समस्या देखिएको ती अधिकारीको भनाइ छ। ‘सर्भरमा ह्याकरहरूले अट्याक गर्ने प्रयास गरेको थियो। त्यस विषयमा हामी अध्ययन नै गरिरहेका छौं,’ उनले भने। उनले दोस्रोपटक पनि सर्भर डाउन भएपछि गम्भीर समस्या भएको हुनसक्ने आँकलन गरे। उनले समस्या समाधानका लागि प्राविधिकहरू खटिरहेको बताए।

Read More

कालिकोट – कालिकोट जिल्लाको रास्कोट नगरपालिकाका र सान्नीत्रिवेणी गाउँपालिकामा बाढिपहिरो पीडित परिवारहरूलाई राहत वितरण गरिएको छ । गत असोज १९ गते देखि लगातार परेको अविरल वर्षासंगै बाडि पहिरो बाट प्रभावित भएका रास्कोट नगरपालिका वडा नं.३ साँकाटिया बस्ती भित्रका २५ घरधुरिलाई र सान्नीत्रिवेणी गाउँपालिकाका २५ घरधुरीलाइ १४५०० को खाध्य सामाग्री भौचरका माध्यम बाट वितरण गरिएको छ । गतसनिबार एक कार्यक्रमका विच प्लान इन्टरनेशनल नेपाल र पेस नेपाल जुम्लाको साझेदारीमा संचालित बाढि पहिरो तथा प्रतिकार्य परियोजना कार्यक्रम अन्तर्गत खाद्य भौचर राहत बितरण कार्य सुरु गरिएको हो । यो राहत बितरण रास्कोट नगरपालिका र सान्नित्रिवेणी गाउँपालिकामा एकैसाथ बितरण गरिने छ । रास्कोट नगरपालिका…

Read More

काठमाडौं – रवि लामिछानेले नागरिकता पुनः प्राप्तिका लागि आइतबार नै प्रक्रिया थाल्ने भएका छन् । सर्वोच्च अदालतले शुक्रबार रवि नेपाली नागरिक नरहेको फैसला गरेसँगै उनी पुनः नागरिकता प्राप्ति प्रक्रियामा जान लागेका हुन् । अमेरिकी नागरिकता त्यागेका लामिछानेले नेपाली नागरिकता प्राप्त गर्ने प्रक्रिया पूरा नगर्दा अदालतको फैसलाबाट एक साथ सांसद, मन्त्रीसहित चार पद गुमाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं प्रवक्ता मुकुल ढकालले लामिछानेले आइतबार नै पुनः नागरिकता प्राप्तिका लागि प्रक्रिया थाल्ने बताए । रवि नेपाली नागरिक नभएको सर्वोच्चको फैसलापछि उनी नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको भविष्य के हुने भन्ने अन्योल देखिएको छ । ढकाल रविकै नेतृत्वमा पार्टी अघि बढ्ने बताउँछन्…

Read More