Author: Dipak Dhamala

काठमाडौँ । माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै छन् । जनयुद्धकालिन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट सम्बोधन गर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले आज अपराह्न २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन् । माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालका अनुसार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू सो पत्रकार सम्मेलनमा उपस्थित रहनेछन् । पत्रकार सम्मेलन नेपाल प्रज्ञा प्रतिष्ठानमा हुनेछ ।    सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थाले पछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै प्रतिवाद गर्ने यसअघि नै धारणा…

Read More

काठमाडौँ । उपराष्ट्रपतिको निर्वाचन अन्तर्गत उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुुने भएको छ । उम्मेदवारविरुद्ध परेको उजुरीउपर जाँचबुझ गरी आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने निर्वाचन आयोगले जनाएको छ ।  यसअघि हिजो जनता समाजवादी पार्टीबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी परेको थियो ।  नौ दलीय गठबन्धनमा रहेको जसपालाई उपराष्ट्रपति दिने सहमतिअनुसार यादवको उम्मेदवारी दर्ता गरेका थिए । उपराष्ट्रपतिमा सत्तारुढ दलहरूकै गठबन्धनबाट तीन जना र एमालेको एक गरी चार जनाको उम्मेदवारी परेको छ । सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टी नेपालबाट दुई र जनमत पार्टीबाट एक गरी तीन जनाको उम्मेदवारी परेको छ । जसपाबाट जसपा संसदीय दलका नेता रामसहायप्रसाद यादव र…

Read More

काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले यतिवेला देशको पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति पनि देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। सोमबार पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखी सामान्य बदली रहने महाशाखाले जनाएको छ । आगामी केही दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।

Read More

काठमाडौँ । सत्ता साझेदार दलका शीर्ष नेताहरूको बैठकमा आम जनता पार्टीका अध्यक्ष प्रभु साह पनि सहभागी भएका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा साह पनि उपस्थित भएका हुन् ।  २०७९ साल मङ्सिर ४ गतेको प्रतिनिधिसभा निर्वाचनमा रौतहट क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका प्रभु साह निर्वाचित भएका थिए।  उनले निर्वाचित भएपछि नयाँ पार्टीको नाम आम जनता पार्टी राखी निर्वाचन आयोगमा दर्ता गराएका थिए।  आम जनता पार्टी पनि सहभागी भएसँगै नौ दलीय सत्ता गठबन्धन दश दलीय भएको छ । उपराष्ट्रपति निर्वाचन, उम्मेदवार चयन र पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो ।

Read More

काठमाण्डाै – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज दशरथ रङ्गशालामा दुई वटा र च्यासल मैदानमा एउटा खेल हुनेछ । दशरथ रङ्गशालामा हुने खेलमा जावलाखेल युथ क्लब र एपीएफ दिउँसो साढे २ बजे खेल्दैछन् । त्यस्तै दिउँसो साढे २ बजे नै च्यासलमा नेपाल पुलिस क्लब र सङ्कटाबीच खेल हुनेछ । बेलुका साढे ५ बजे दशरथ रङ्गशालामा फ्रेड्स क्लब र सातदोबाटोबीच खेल हुनेछ । लिगमा हिजोदेखि तेस्रो चरणका खेल सुरु भएका हुन् । यस सिजनको ‘ए’ डिभिजन लिग डबल राउण्ड रोबिनको आधारमा भइरहेको छ । यस पटकको लिगमा कुल १ सय ८२ खेल हुनेछन् । यस…

Read More

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको भएकोले नेता भट्टराईले उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।  आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पाटी सभापति शेरबहादुर देउवाले ‘चुनावको प्रचारमा हिँड्नु टिकट तपाईले पाउनु हुन्छ’  भनेको बताए । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश भट्टराई, एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर चितौरे मगर, आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शालिग्राम अधिकारी लगायतले  देशको निकास दिने र विकास दिने नेपाली कांग्रेस…

Read More

काठमाडौं – दार्चुला जिल्लाकाे मालिकार्जुन गाउँपालिका अन्तर्गत वार्ड नम्बर -४ औल्लेक (औतालेक) गाउँकाे माथि सिरानमा हुनैनाथ मन्दिर रहेकाे छ । हुनैनाथ छिप्लकेदार (पिता) र भागाश्री (माता) का पुत्र हुन तथा बैजनाथका भान्जा हुन । हुनैनाथलाई स्थानीय भाषामा विभिन्न ठाउँमा हुन्शिकर, हुष्कर आदि नामले पनि पुकारिन्छ । हुनैनाथ मन्दिरलाई वरदानी ढाेका पनि भन्ने गरिन्छ । हुन्शिकरकाे जप ध्यान गर्नाले मनले चिताएकाे पुराहुने जनविश्वास रहिआएकाे छ । आराध्यदेव हुनैनाथ प्रतिकाे आस्था, बिश्वास, महिमा, भराेसा आदिकाे बारेमा चर्चा गर्दा हुनैनाथकाे उत्पत्ति सम्बन्धमा पनि केही कुरा श्रुति, आख्यान र किम्बदन्तिका आधारमा उलेख गर्नु बाञ्छनिय देखिन्छ । वेद, पुराण, उपनिषद, धर्मग्रन्थ, लाेकश्रूति, झाेडाे, फाग, भक्तिगाथामा…

Read More

काठमाण्डाै – आउँदो चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन, स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयका आङ्गिक तथा सामुदायिक क्याम्पसहरुमा आज उम्मेदवारी दर्ता हुँदैछ । सम्बन्धित क्याम्पसमा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उम्मेदवार बन्न २८ वर्षे उमेरहद तोकिएको छ । १४ वर्षपछि हुन लागेको स्ववियु चुनाव प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीअनुसार हुँदैछ । स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली तथा उपाध्यक्ष, सहायक सचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् । चुनावमा सत्ता साझेदार दलका विद्यार्थी सङ्गठनहरुले तालमेल गरेका छन् भने एमाले…

Read More

कञ्चनपुर- पछिल्लो समय कञ्चनपुरका घरबास (होमस्टे) मा पाहुनाको भीड बढ्दैछ। कोरोना महामारीपछि सुनसान बनेका घरबासमा अहिले विदेशी पर्यटक बढेका हुन्। यहाँको भीमदत्त नगरपालिका–१४ स्थित नयाँ गाउँमा रहेका घरबासमा पर्यटक बढ्न थालेपछि यहाँका १६ वटा घरबास विदेशी पर्यटकले भरिएका सञ्चालक चेतराम रानाले बताए। “कोरोना महामारीले दुई वर्ष घरबास बन्द नै भए, अहिले विदेशी पाहुना आउन थाले, अहिले त अग्रिम बुकिङ हुने गरेका छन्”, उनले भने। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आएका विदेशीको रोजाइ घरबास हुने गरेको छ। “होटेलमा महँगो र हो–हल्ला हुने भएकाले पनि शान्त ठाउँ खोज्ने गरेका छन्”, रानाले भने, “विदेशीलाई स्थानीय खानाका परिकार र राना समुदायको नृत्यले स्वागत गर्ने गरेका…

Read More

बाजुरा- मुखमा अक्सिजन पाइप लगाइएको छ । यताउता हेर्छन् । पीडाले छटपटाइरहेका छन् । बोल्न सक्दैनन् । जिल्ला अस्पताल बाजुरामा रहेका बडिमालिका नगरपालिका–९ का ४ वर्षीय गौतम थापाको अवस्था हो यो । उनी तिन दिनदेखि सो अस्पतालमा छन् । चिकित्सकका अनुसार गौतमको उपचार बाजुरामा सम्भव छैन । मुटुमा समस्या भएका कारण दुई वटा भल्ब फेनुपर्ने चिकित्सकले बताएका छन् । तर, आर्थिक अभावमा थापाका परिवारले उपचार गराउन काठमाडौं समेत लैजान सकेका छैनन् । उनका बुबा हिमाल थापाका अनुसार करिब ६ महिना अगाडि परिवारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ल्याएका थिए । अस्पतालले सात दिन भर्ना गर्यो । ‘अप्रेसन लागि भोलि तोकिएको…

Read More