Author: Dipak Dhamala

काठमाडौं- कैलालीमा लागुऔषधसहित ४ युवक समातिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा लागुऔषधसहित ४ जना पक्राउ परेका हुन्।  प्रहरीका अनुसार घोडाघोडीको वडा नम्बर १ को बेलारबाट उनीहरुलाई समातिएको हो। पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन्।  उनीहरुको साथबाट २ सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं- मोटरसाइकल दुर्घटनामा परि कञ्चनपुरका युवकको मृत्यु भएको छ। मृत्यु हुनेमा पुर्नवास नगरपालिका–२ बस्ने २८ वर्षीय सुगम तामाङ रहेका छन्। शुक्रबार बिहान काठमाडौंको चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गास्थित सडकमा ना ४ ख १०६२ नम्बरको ट्रक र उनी सवार सुप्रप्र ०१–११ प २८५८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौं- नेपाली काँग्रेस (विपी) का वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्लले आगामी निर्वाचनमा चुनाव लड्ने घोषणा गरेका छन्। विपी कोइरालाको १०९औं जन्मजयन्तीको अवसरमा आयोजना भएको वृहत् कार्यकर्ता भेलामा उनले प्रतिनिधिसभाका लागि आफ्नो उम्मेद्वारी रहने घोषणा गरेका हुन्।  नेपाली काँग्रेस विपीका केन्द्रीय सभापति तथा पूर्वमन्त्री शुशिलमान शेरचन अतिथि रहेको कार्यक्रममा उनले आगामी निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद लड्ने उद्घोष गरेका हुन्। ‘हामीलाई जिताउनु भयो भने ३१ वर्षसम्म शेरबहादुर देउवाले नगरेका काम हामी गर्नेछौं। यदि त्यस्तो गर्न सकेनौ भने आगामी दिनमा राजनीति गर्ने छैनौ’ मल्लले उम्मेदवारी घोषणा गर्दै भने। पार्टीको अधिवेशन तथा स्थानीय तहको निर्वाचनमा सभापति देउवाले गरेको अपहेलनाका कारण देउवाविरुद्द विद्रोह गरेको मल्लले बताउँदै…

Read More

काठमाडौं- जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पाँच दलीय गठबन्धनबाट आफ्नो पार्टी नबाहिरिने प्रष्ट पारेका छन् । गठबन्धन अझ सशक्त भएर अगाडि बढ्ने र त्यसमा जसपाको पूर्ण सहयोग रहने बताउँदै उनले यो पाँच दलीय गठबन्धन बनाउनमा जसपामा मुख्य भूमिका रहेको बताए । उनले यस्तो अवस्थामा त्यतिकै छाडेर जाने कल्पना पनि गर्न नसकिने बताए ।  गठबन्धन बैठकमा सहभागी हुनुअघि रातोपाटीसँग कुरा गर्दै अध्यक्ष यादवले सीट बाँडफाँटका कारण गठबन्धनमा कुनै प्रकारको संकट नआओस् भनि सचेत मात्र गराएको उनले बताए । जसपाले गठबन्धन छाड्छ भन्ने कुरा आफूले नभनेको बताउँदै अध्यक्ष यादवले अहिलेको अवस्थामा गठबन्धनको झन आवश्यकता रहेको बताए ।  गठबन्धन बैठकमा सहभागी…

Read More

काठमाडौं- नेपालीको ठूलो चाडपर्वको रुपमा रहेका दशैं तिहारको मुखमा सरकारले सर्वसाधारणलाई राहत पुग्नेगरी नीतिगत निर्णय गरेको छ । खाने तेलको कच्चा पदार्थ आयातमा लाग्दै आएको भन्सार महसुल घटाएर सरकारले उपभोक्तालाई परोक्ष रुपमा फाइँदा पुग्ने निर्णय गरेको हो । चालु आर्थिक वर्षको लागि बजेटमार्फत तय गरिएका करका दरहरु मन्त्रिपरिषद बैठकले निर्णय गरेर घटाइएको छ । अर्थमन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी करका दरहरु नयाँ तय गरिएको जानकारी दिएको छ । नयाँ दरहरु अहिले कार्यान्वयनमा रहेका दरभन्दा कम छन् । सरकारले एउटा समिति गठन गरी सोही समितिको सिफारिसका आधारमा करका दरहरु परिवर्तन गरेको हो । वनस्पति घ्यू तेल उद्योगहरूले औद्योगिक कच्चा पदार्थको रुपमा…

Read More

काठमाण्डौ – कैलाली भएर बग्ने मोहना किनारमा एक किशोरीको शव फेला परेको छ। भारततर्फको मोहना नदीमा किशोरीको शव फेला परेको हो। नेपालबाट बगेर भारतमा पर्ने हल्दुघाटस्थित मोहना नदीमा किशोरीको शव फेला परेको प्रहरीले बताएको छ। किशोरीको पहिचान नखुलेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Read More

काठमाण्डाै – नेपाली गायन क्षेत्रका सुप्रसिद्ध गायिका अरुणा लामाको आज स्मृति दिवस मनाइँदै छ ।  २००२ साल भदौ २४ गते दार्जिलिङको घुम पहाडमा जन्मिएकी लामाको २०५४ साल माघ २२ गते काठमाण्डौमा निधन भएको थियो । ‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’ बोलको गीत अरुणा लामाले गाएको पहिलो गीत हो भने ‘किन यौवन उदास छ मेरो’ भन्ने गीतबाट उहाँको गीति यात्रा अघि बढेको थियो । उहाँका ‘एक्लै बस्दा सधैँ मलाई’, ‘पोहोर साल खुशी फाट्दा’, ‘मनमा तिम्रो’, ‘हेर न हेर कान्छा’ लगायतका धेरै गीत अहिले पनि उत्तिकै लोकप्रिय छन् ।

Read More

काठमाण्डाै -बेलायती महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा गएराति निधन भएको छ । सन् १९२६ अप्रिल २१ मा लन्डनको माइफेरमा जन्मिनुभएकी एलिजाबेथ बेलायतमा सबैभन्दा लामो समय शासन गर्ने राष्ट्र अध्यक्ष हुनुहुन्छ । एलिजाबेथ सन् १९५२ मा बेलायतको महारानी बन्नुभयो । उहाँले ७० वर्षसम्म शासन गर्नुभयो । उहाँको निधनपछि जेठा छोरा चार्ल्स अब राजा चार्ल्स तृतीय बन्नुभएको छ । चार्ल्स तृतीयले आमाको निधन एउटा ठूलो दुःखको क्षण भएको बताउनुभएको छ । साथै विश्वभरबाट शोक व्यक्त गरिएको छ । यसअघि हिजो उहाँको स्वास्थ्यमा समस्या देखिएपछि बाल्मोरलमा डाक्टरको निगरानीमा राखिएको थियो । नवनियुक्त प्रधानमन्त्री लिज ट्रसले ट्वीट गर्दै बकिङ्घम प्यालेसबाट महारानीका बारेमा आएको खबरले…

Read More

काठमाडौं- साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो ।  तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर…

Read More

काठमाडौं- कैलाली क्षेत्र नम्बर ४ बाट नेकपा माओवादी केन्द्रले संघ र प्रदेशका लागि नाम सिफारिस गरेको छ। क्षेत्रीय समन्वय समितिले प्रतिनिधि सभाका लागि कृष्णकुमार चौधरी ‘कुन्दन’, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम माथिल्लो कमिटीलाई पठाएको हो। चौधरी २०६४ मा माओवादीबाट निर्वाचित संविधान सभा सदस्य हुन्। केही समयअघि मात्रै जसपाबाट माओवादी केन्द्र प्रवेश गरेका चौधरीको नाम प्रतिनिधि सभामा मात्र होइन प्रदेश सभामा पनि सिफारिस गरिएको छ। प्रदेश‘क’तर्फ प्रत्यक्षमा चौधरीसहित लक्षीराम आचार्यको नाम पनि दुवैतर्फ छ। त्यस्तै, हरि राम चौधरी ‘उत्सव’, मदनराज जोशी, लक्ष्मीप्रसाद दाहाल, हरि जोशी र उद्धव राज भट्टराई को नाम प्रदेशमा पठाएको हो। हरि राम चौधरी अहिले माओवादी केन्द्रका…

Read More