काठमाडौं- कैलालीमा लागुऔषधसहित ४ युवक समातिएका छन्। जिल्लाको घोडाघोडी नगरपालिकामा लागुऔषधसहित ४ जना पक्राउ परेका हुन्।
प्रहरीका अनुसार घोडाघोडीको वडा नम्बर १ को बेलारबाट उनीहरुलाई समातिएको हो। पक्राउ पर्नेमा २० वर्षीय दीपेश धामी, १९ वर्षीय शिव गुरुङ, २३ वर्षीय सुमन बोहरा र २१ वर्षीय उपेन्द्र बम रहेका छन्।
उनीहरुको साथबाट २ सय मिलीग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीले बताएको छ। बिहीबार राति बेलारबाट उनीहरूलाई गस्तीमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो। उनीहरूलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box