Author: Saru Shrestha

काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा विमान दुर्घटनामा ज्यान गुमाएकाहरूको शव परीक्षणलगायत स्वास्थ्य उपचारको व्यवस्था गर्न काठमाडौँ उपत्यकाका ‘हब’ अस्पताललाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ । मन्त्रालयका सह प्रवक्ता डा। समीरकुमार अधिकारीले स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रद्वारा काठमाडौँ उपत्यकाका हब अस्पतालमा आगोले पोलेको, फोरेन्सिक जाँच र शव पहिचानका लागि सम्भावित आउने सक्ने ‘केस’ व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । उनले प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र, हब अस्पताल तथा स्वास्थ्य सम्बन्धित निकायसँग पनि निरन्तर समन्वय गरिरहेको जानकारी दिए । मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा शव व्यवस्थापन गर्दै आएको र थप समन्वयका लागि तथा सहयोगका लागि…

Read More

महेन्द्रनगर – सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले पोखरा जहाज दुर्घटनाप्रति दुुख व्यक्त गरेका छन् । रावलले विमान दुर्घटनामा मृत्यु भएका यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। मुख्यमन्त्री रावलले एक शोक वक्तव्य जारी गर्दै उक्त दुःखद खबरले स्तब्ध र मर्माहत भएको बताउदै उक्त दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मुख्यमन्त्री रावलले शोक सन्तप्त परिवारजनमा संवेदना व्यक्त गरेका छन्। ‘घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै खोज, उद्धार तथा उपचारको यथोचित व्यवस्थापनका लागि अनुरोध गर्दछु,’ जारी वक्तव्यमा भनिएको छ। चार जना चालक दलका सदस्य र ६८ यात्रु बोकेको जहाज दुर्घटनाग्रस्त भएको थियो। नागरिक उड्डयन प्राधिकरणले उक्त दुर्घटनामा अहिलेसम्म…

Read More

काठमाडौँ – पोखरा घुम्न आएका हरि परियारको परिवारले नै जहाज दुर्घटनामा ज्यान गुमाएको छ । काठमाडौँ स्वयम्भुका परियारसहित उनकी श्रीमती लक्ष्मी परियार, १६ वर्षीया छोरी रीता परियार र १४ वर्षीय छोरा कृश परियारले आइतबार पोखरामा यति एयरको जहाज दुर्घटनामा ज्यान गुमाएका हुन् । उनको परिवार विगत केही वर्षदेखि अमेरिकामा बस्दै आएको थियो । बिदा मनाउन काठमाडौँ आएको केही दिनमा उनीहरू पोखरा घुम्न निस्किएका थिए ।

Read More

महेन्द्रनगर – पोखरामा आज भएको विमान दुर्घटनामा महेन्द्रनगरका एक व्यवसायीका परिवारका सदस्य पनि परेका छन्। व्यवसायी सञ्जिवचन्द्र भट्टकी श्रीमती सुष्मा पाण्डेय भट्ट र कान्छो छोरा स्लक दुर्घटनामा परेका हुन्। उनीहरु आइतबार बिहान घुम्नका लागि यती एयरलाइन्सको जहाजमा पोखरा उडेका थिए। आफन्तको निम्तामा घुम्नका लागि पुस २८ मा ब्यवसायी भट्ट पोखरा पुगेका थिए। त्यसपछि उनले घुम्नुका साथै माघी मनाउन परिवारका अन्य सदस्यलाई पोखरा बोलाएका थिए । भट्टका दुई छोरी र दुई छोरा छन्। कान्छा छोरा दुर्घटनामा परेका हुन्।

Read More

काठमाडौं – पोखरामा भएको विमान दुर्घटनाप्रति भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले दुःख व्यक्त गरेका छन् । उनले सामाजिक संजाल फेुसबुक मार्फत दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा पशुपतिनाथले धैर्य धारणको शक्ति प्रदान गरन् भन्ने प्राथना समेत गरेका छन् । काठमाडौंबाट पोखराका लागि आज बिहान उडेको यति एयरलाइन्सको विमान पोखरामा अवतरण गर्नुअघि दुर्घटनामा परेको थियो । विमानमा चालक दलका चार सदस्यसहित ६८ यात्रु सवार थिए । ६८ जनाकै मृत्यु भएको पनि पुष्टि भईसको छ ।

Read More

काठमाडौं – यती एयरलाइन्सले जहाज दुर्घटनाको शोकमा सोमबार निर्धारित सबै उडान रद्द गरेको छ । एक सूचना प्रकाशित गर्दै कम्पनीले आपत्कालीन र उद्दार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । कमपनीको ९एन एएनसी एटीसआर ७२-५०० जहाज आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका दौरान दुर्घटनामा परेको छ । दुर्घटनामा अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ ।

Read More

विराटनगर – राष्ट्रपति बिदादेवी भण्डारीले सुनसरीमा रहेका धार्मिक स्थलमा दर्शन गरेकी छिन् । मकर सङ्क्रान्तिको अवसर पारेर नेपाली सेनाको हेलिकप्टरबाट आएकी राष्ट्रपतिले धार्मिक स्थल वराहक्षेत्र मन्दिर दर्शन गर्दै सप्तकोसी र कोका कौशिकी खोलाको सङ्गम स्थलमा स्नान गरेकी हुन् ।  उनले वराहक्षेत्र भित्रका विभिन्न मठमन्दिर प्रवेश गर्दै दर्शन गरेकी थिइन् । वराहक्षेत्र मन्दिरमा एक घण्टा बिताएकी राष्ट्रपति भण्डारीले तिर्थालु तथा भक्तजन सगं पनि भेट गरेकी थिइन । त्यस लगतै उनी धरानमा रहेका बुढासुब्बा, दन्तकाली र पिन्डेस्वर मन्दिर दर्शन गरेकी थिइन् । 

Read More

भक्तपुर – भक्तपुरको देकोचास्थित ख्वप कलेज नजिक आइतबार साँंझ भएको दुर्घटनामा परी तीनजना घाइते भएका छन् । घाइते हुनेहरुमा बाँके राप्ती सोनाली गाउपालिका १ घर भई हाल भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने बर्ष २४ को नरेश बाठा, रोल्पा रुम्तीगढी गा.पा ८ घर भइ हाल जिल्ला काभ्रे बासडोल बस्ने बर्ष २३ को कमल रोक्का मगर र रोल्पा लुङ्ग्री गाउँपालिका ७ घर भई हाल कमलबिनायक बस्ने बर्ष २० को प्रदिप कुमार खाती रहेको प्रहरीले जनाएको छ । उनीहरुमध्ये नरेको नजिकैको डा.ईवामुरा अस्पतालमा उपचार भइ भक्तपुर ईन्टरनेश्नल अस्पताल कौशलटार रिफर गरिएको जनाइएको छ । साथै कमलको भक्तपुर अस्पतालमा उपचार भइरहको भक्तपुर प्रहरी परिसरले…

Read More

काठमाडौँ – नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी डा। आरजु राणा देउवा भारत गएकी छन् । काँग्रेस केन्द्रीय समिति सदस्यसमेत रहेकी राणा आइतबार बिहान भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका धुम्बाराही स्रोतले बताएको छ । चुनावअघिको गठबन्धन भएर काँग्रेस सत्ता बाहिर पुगेपछि राणा पहिलो पटक दिल्लीको भ्रमणमा निस्किएकी हुन् । यसअघि गत पुस २० गते काँग्रेस नेता विमलेन्द्र निधि पनि दिल्ली गएका थिए । चार दिने भारत भ्रमणका क्रममा निधिले भाजपाका विदेश विभाग प्रमुख विजय चौथाइवाला लगायतसँग भेटवार्ता भएको थियो । काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिनुका पछाडि निधिको भारत भ्रमणलाई पनि हेरिएको थियो । काँग्रेसले प्रचण्डलाई…

Read More

विराटनगर – जारी प्रधानमन्त्री कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल एपीएफ क्लब लगातार दोस्रो जित निकाल्दा मधेस प्रदेशले पहिलो जित हात पारेको छ । इटहरी स्थित जनता क्रिकेट पार्कमा जारी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्ने क्रममा एपीएफले आज बागमती प्रदेशमाथि ५३ रनको जित निकालेको हो । यो जित सँगै एपीएफ एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको छ ।  एपीएफले दिएको १ सय ३७ रनको लक्ष्य पछ्याएको बागमती २० ओभरमा ९ विकेट गुमाएर ८३ रनमा समेटियो । बागमतीका लागि ओपनर हेलिशा गुरुङले सर्वाधिक २२ रन बनाउँदा सोनी पाख्रिनले १३ रन बनाइन् ।  यस्तै कन्चन श्रेष्ठले ११ तथा कप्तान अस्मिना कर्माचार्यले…

Read More